ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
काकाकूल कोइलाबास

भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

लमही, ७ जेठ । करिब एक महिनायता कोइलाबासबासीलाई खानेपानीको अभाव हुन थालेको छ । जेठको पहिलो हप्तादेखि खानेपानीको समस्या सुरु भएको स्थानीयले बताए । पानीको समस्या भएसँगै पानीका लागि भारतको निर्भर पर्नुपर्ने बाध्यता रहँदै आएको छ । सो क्षेत्रमा पानीको भरपर्दो स्रोत नहँुदा सुख्खायामसँगै इनार र कुवा सुक्ने गरेको वडा अध्यक्ष खालिम सिद्दिकिले बताए । प्रत्येक बर्ष गर्मीसँगै यस्तै समस्या आउने उनले बताए ।

कोइलाबास खोलाबाट पानी संकलन गरि १ लाख ५० हजार लि. को ट्याङ्कीबाट पानी खाइरहेका स्थानीयहरूलाई अहिले ट्याङ्कीको पानी सुकेपछि खोलाको दूषित खानेपानी पिउन बाध्य भएका हुन् । पानी ट्याङ्की र खोलाबाट संकलन हुँदै आएको पानी सुकेको र पानीको मुहान र ट्याङ्की फोहोरो रहेकोे छ । कोइलाबासका करिब १ सय २० घर परिवारलाई खानेपानीको समस्या भएको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सिद्दिकिले बताए । खानेपानी ब्यबस्थापनका लागि कोइलाबासमा २ वटा बोरिङ गाडीएको छ । अन्य समयमा पानीको अभाव नभए पनि गर्मिसँगै प्यास मेटाउन भने भारतको परनिर्भर बन्नुपर्ने बाध्यता रहेको छ । कोइलाबासमा पानीको समस्या भएपछि भारतीय व्यापारीले ल्याउने जारको पानी किनेर प्यास मेट्ने गरेका हुन । अहिले कोइलाबासमा पानीको समस्या रहेको स्थानीय गोविन्द अधिकारीले बताए । गत बर्ष गढवा गाउँपालिकाले पानीको समस्याका लागि दमकलबाट पानी बितरण गरेको थियो ।

करिब एक महिनादेखि पानीको समस्या भएको उनको भनाइ छ । ‘अहिले कोइलाबास काकाकुलजस्तै भएको छ,’ अधिकारीले भने । भएका कुवा, इनार तथा खोलामा समेत पानी सुकेको उनले बताए । कोइलाबासमा रहेका अधिकांश कुवा सुकेको र १÷२ वटा कुवामात्र केही पानी भए पनि पिउन योग्य नरहेको उनी बताउँछन् । त्यसमा पनि फोहोर भएका कारण पानी पिउने जस्तो नभएको अधिकारीको भनाइ छ ।
मानिसले पिउने पानी भारतीय व्यापारीले ल्याउने जारको पानी किनेर खाने गरेका छन् । त्यसो पनि सबै नागरिकले किन्न पाउँदैनन् । ‘व्यापारीले २५÷३० वटा जारमा पानी ल्याउने गर्दछन् तर किन्ने धेरै छन् त्यसैले सबैले किन्नसमेत पाउँदैनन्,’ अधिकारीले भने । सीमामा नै व्यापारीले ल्याउने पानीको जार सकिने गरेको छ । भारतबाट ल्याउने व्यापारीले समेत पानी ल्याउने कुनै निश्चित समय हुँदैन । ‘नियमित नहुँदा थप समस्या हुने गरेको छ,’ उनले भने । आफैं पानी ल्याउन जानुपर्दा भारतको बलरामपुर पुग्नुपर्ने बाध्यता छ । जुन कोइलावासबाट करिब आठ किलोमिटरको दूरी छ । नाकामा आवतजावत गर्नका लागि सहज छैन ।

भारतीय व्यापारीले कोइलाबासमा जारको पानी ल्याएर भारतीय ३० रूपैयाँमा बिक्री गर्ने गर्दछन् । यसअघि २० रूपैयाँमा एक जार पानी पाइने गरेको अधिकारीको भनाइ छ । ‘पानीको माग बढेसँगै मूल्य पनि वृद्धि भएको छ त्यही पनि भनेको समयमा आवश्यक मात्रामा पाइँदैन,’ उनले भने । सामान्य परिवारको नागरिकलाई पानी किनेर खानसमेत समस्या छ । बिहान बेलुका कसरी खाने भन्ने नागरिकलाई यसले थप पीडा दिएको छ । ‘मानिसले कपडा धुने, नुहाउने, गाईवस्तुलाई खुवाउने र चराचुरुङ्गीले खाने पानी समेत पाउन समस्या छ,’ उनले भने । अहिले खोलामा खाडल बनाएर त्यसैबाट आएको पानी ट्यांकीमा जम्मा गरेर ३/४ दिनमा वितरण गर्ने गरिएको छ । अघिल्ला वर्षमा पालिकाबाट दमकलमा पानी ल्याएर वितरण गरिए पनि यस वर्ष हालसम्म कोइलाबासमा ट्यांकर तथा दमकलबाट पानी पु¥याइएको छैन ।
प्रदेश सरकारसग शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले कोइलाबासको खानेपानीको अवस्था बारे स्थलगत निरिक्षण तथा अनुगमन गर्दै समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने बताए । अहिले खोलामा खाडल बनाएर त्यही पानी ट्यांकीमा संकलन गरेर वितरण गर्ने गरिएको उनको भनाइ छ ।

‘खोलामा बनाइएको खाडल बनाएर जम्मा गरिएको पानी ३/३ दिनमा वितरण गर्ने गरिएको छ,’ सिद्धिकीले भने । अहिले स्थानीयबासीले यही पानी खाने गरेको उनले बताए । ‘धेरैले यही पानी खाइरहनु भएको छ भने कसैले जारको पानीसमेत किनेर खाने गर्नु भएको छ,’ अध्यक्ष सिद्धिकीले भने । यसरी विरतण गरिएको पानी के कस्तो छ भनेर परीक्षणसमेत गरिएको छैन । पानीको समस्या समाधानका लागि प्रयास भइरहेको उनी बताउँछन् । बोरिङ खन्नका लागि ६० लाख बजेट विनियोजन गरेर ठेक्कासमेत भएको उनले बताए । ठेकेदारसँग सम्झौता भइसकेको बताइएको छ । तर ठेकेदारले हालसम्म काम सुरु गरेको छैन । केही वर्ष अघिसम्म भारतीय सुरक्षाकर्मीले नाकानजिकै धारामा पानी दिने गरेको थियो । तर पछिल्ला वर्षमा भारतीय सुरक्षाकर्मीले पानी दिन छोडेको छ । लामो समयदेखि यस प्रकारको समस्या भए पनि समस्या समाधान हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

राजनीतिक दलहरूले चुनावको समयमा समस्याको समाधान गर्दछौं भनी आश्वासन दिए पनि समस्याको समाधान हुन नसकेको उनीहरूको भनाइ छ । कोइलाबास पुग्ने नेताहरू डाँडा काटेर यता आएपछि सबै भुल्ने गरेको स्थानीयबासीको आरोप छ । खोलाको ढुंगा अवैध रूपमा उत्खनन् हुँदै जाँदा खोला गहिरिँदै गएको कारणले पनि पानी सुक्दै गएको स्थानीयबासी बताउँछन् । पानीको मुहान संरक्षणका लागि समेत काम हुन नसकेको उनीहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?