ट्रेंडिंग:

>> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

हिंसाका विरुद्धमा संकल्प (सम्पादकीय)

९ भाद्र २०७५, शनिबार
९ भाद्र २०७५, शनिबार

तथ्यांकअनुसार गत वर्ष औसतमा दैनिक ३ जना महिला र यो वर्ष हरेक दिन चार महिला यौन हिंसा तथा बलात्कारमा पर्ने गरेको देखिएको छ । नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसा रोक्नको लागि सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावमा पनि यो तथ्य उल्लेख गरिएको छ । अहिले छलफलमा रहेको यो संकल्प प्रस्तावमा १. महिलामाथि देशव्यापी रूपमा भएको सवै प्रकारका हिंसा, शोषण, विभेदविरुद्ध हामी जनप्रतिनिधिहरू एकातावद्ध भई अभियानकै रूपमा लाग्ने संकल्प गर्दछौं । २. महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूको उपचार, क्षतिपूर्ति एवं सामाजिक पुनस्र्थापनाको लागि यथोचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन जारी गर्दछ । ३. संविधान र कानुनले प्रद्धत गरेका हक अधिकारका विषयमा र महिलामाथि हुने सवै प्रकारका हिंसा, शोषण विभेदकाविरुद्ध सरकारले उपयुक्त समय मिलाई स्थानीय तह, प्रदेश तह, संघीय तहका जनप्रतिनिधि, सञ्चार जगत, नागरिक समाज र सरोकारवालाहरूको सहभागितामा व्यापक जनचेतना अभियानलागायतका उपयुक्त कार्यक्रम देशव्यापी रूपमा एकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन गरिन्छ । ४. त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा, परम्परा, अन्धविश्वास, महिला हिंसा, शोषण र विभेदकाविरुद्ध भएका कानुनी व्यवस्थाहरू, अन्तर्राष्ट्रिय महासन्धिहरू र समानता र सामाजिक न्यायका विषयमा विद्यालय तहका पाठ्यक्रम परिवर्तन गर्ने क्रममा समावेश गरी शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन गर्दछ भन्ने कुरामा सहमति भएको छ ।
महिला हिंसाकोविरुद्धमा संकल्प प्रस्ताव चलिरहँदा भीमदत्त नगरपालिकामा एक १३ बर्षे बालिका निर्मला पन्तलाई बलात्कार गरी उनको हत्या भएको विरोधमा आन्दोलन चलिरहेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । सरकारले जिल्लामै कफ्र्यु लगाउनु परेको छ । अपराधी अनुसन्धान गर्ने क्रममा खास अपराधीलाई खोज्न नसकी गाउँका सोझा, निरिह मानिसलाई पक्राउ गर्ने काम भएपछि जनता थप आक्रोशित बनेका छन् । एकातिर उमेर नै नपुगेका नाबालिगमाथि बलात्कार हुन्छ भने अर्कोतिर संकल्प प्रस्ताव यसै समयमा प्रस्तावित हुँदा भोलिका दिनमा महिला हिंसा न्यूनीकरण हुनसक्ला भन्ने आशा त राख्न सकिन्छ । तर, रक्षक नै भक्षक भएको मुलुकमा महिलाहरू ढुक्क भएर बस्ने अवस्था भने छैन । महिला हिंसा कुन कारणले हुने गरेको छ यसको जरोमा पुग्न सक्नुपर्छ । जरोबाटै महिला हिंसालाई उखेलेर मिल्काउनु पर्छ ।
महिला हिंसाकाविरुद्धमा संकल्प प्रस्ताव त ल्याइएको छ, यसलाई ध्वनीमतले पारित पनि गरिन्छ । सार्वजनिक मञ्चहरूमा नेताले महिला हिंसाकाबिरुद्धमा चर्का भाषण पनि गर्छन् । तर, उनीहरूले महिला हिंसा गरेका छन् कि छैनन् ? छोरी जन्मँदा भ्रुणहत्या गर्ने देखि लिएर छोरीको बिहेमा दाइजो दिने र लिने थुप्रै नेताहरू छन् । छोराको मूल्य तोकेर दाइजो माग्ने नेताहरूले महिला हिंसाविरुद्ध काम गर्लान् ? पत्याउन गाह्रो छ । बुहारी ल्याउँदासाथै उसको माइतीतर्पmको थर गोत्र मेटाउन, बुहारीलाई नोकरकोजस्तो ब्यबहार गर्न, कुटपिट गर्न नेता, नेतृहरू, प्रशासकहरू नै खप्पिस छन् । राज्यले सन्तानलाई आमाको नामबाट नागरिकता प्रमाणपत्र दिने भन्ने डंका पिटे पनि अहिलेसम्म फाँटवालाले बाबुलाई खोज्ने गरेको छ । सम्पति, भोगाधिकार, धार्मिक संस्कार र संस्कृतिमा समान अधिकार छैन । परम्परा देखि चल्दै आएको चलन भनेर पितृसत्ता नै जारी छ । सत्तामा होस् वा पार्टीमा महिलाको समान उपस्थिति छैन । किन हुँदैन समानता ? यसको मुल जरो काट्नै पर्छ । मुल जरो नकाट्दासम्म यस्ता संकल्प प्रस्तावले केही हुनेवाला छैन । त्यसैले समाजवादी उत्पादनसम्बन्धतर्फ महिलाको आन्दोलन केन्द्रित हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?