ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

मार्सी र मेरो साइनो

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

वसन्त पोखरेल

गाई भैँसी किन्दा रूप हैन, थुन हेर्नुपर्छ । कल्चौँडो हेर्नुपर्छ । त्यसको गुन हेर्नुपर्छ । बाबाले भैँसी किनेर ल्याउँदा मैले भैँसीको रूप राम्रो लागेन भनेर प्रश्न उठाएपछि उहाँले यो जवाफ दिनु भएको थियो । हुन पनि भैँसी हेर्दा वास्तवमा त्यसको दुध नै नखाउँ कि जस्तो थियो । सिंगहरू तेर्छाेबाट बढ्दै भुइँतिर निहुरिएर फेरि आकाशतिर निस्केका थिए । सर्लक्कको ज्यान नभएर डल्लो परेको थियो । बसेको अवस्थामा उसले सिंगको शिरानी हालेको हुन्थ्यो । घरको पुरानो भैँसी कति राम्रो थियो । गोरो, घाँटीमा कण्ठ भएको, जसलाई पनि ज्यानमा बस्न दिन्थ्यो, दुहुन दिन्थ्यो । नुहाइदियो भने सफा देखिने, सर्लक्कको ज्यान भएको थियो । बोलायो भने वाँ..एँ गथ्र्यो । त्यस्तो भैँसीका अगाडि बाबाले ल्याएको त्यो कुरूप भैँसी एकै भकारोमा राख्न नसुहाउने खालको थियो । भएन भनेर हामी केटाकेटीलाई राता आँखा बनाएर हेथ्र्यो । नजिक जान डर लाग्थ्यो । सिंग नआएको हुँदा पाडी भने राम्रै देखिन्थ्यो । त्यसलाई दुहुने काम बाबा आफैले गर्नुहुन्थ्यो । मैले त यहाँसम्म पनि भनेँ कि दुईओटा भैँसीको दूध अलग अलग कुँडाइमा तताए हुन्छ ।
साउनमा ल्याएको त्यो भैँसी असौजमा फाँट खुल्थ्यो, चर्न जाँदा चिदी खेतको हिलोमा गाडिएछ । चिदीको फाँटमा भैँसीले खाने घाँस हुन्थ्यो । पहिले देखि चर्दै आएको भए सायद कहाँकहाँ चर्ने भन्ने मेसो पाउने थियो । त्यसले मेसै पाएन । चिदीको हिलोमा मुण्टो र अलिकति ढाड बाहेक सबै डुबेछ । रातीको अँध्यारोमा फाँटमा देखिने कुरा भएन । भोलिपल्ट बिहानमात्र कसैले देखेर खबर गरे । आमालाई नदेखेर पाडी कराएर रातभरी सुत्न पाइएन । खान त घाँस दाना खायो । अर्को भैँसीको दुध पनि दुहेर खुवाइयो । तर, यति धेरै करायो कि टिठ पनि लागेर आयो । भोलिपल्ट मान्छे जुटाएर बाँसका घारा, फलियाहरू, फरुवा, कोदाली लिएर भैँसी निकाल्न जानुप¥यो । दश बाह्रजना मानिसहरू गयौँ चिदी खेतमा । आधा घण्टा लगाएर बडो मुस्किलले निकालियो । त्यतिबेला त्यसका सिंगले निकाल्नको लागि केही मद्दत ग¥यो । त्यसपछि सुरुसुरु हिँडेर भैँसी घरमा आयो । त्यो दिन भने मलाई भैँसीप्रति टिठ लागेर आयो । कुँडो पकाएर ख्वाएँ । दुध दुहेँ । मेरो त्यसलाई हेर्ने स्वभाव नै बदलियो ।
चिदी खेतमा धानबाहेक अरू उत्पादन हुन्थेन । वास्तवमा त्यो सिमसार क्षेत्र भित्र पर्छ । सबैको खेतको लालपूर्जा छ । त्यहाँ अलिकति लालपूर्जावाला खेत हाम्रो पनि थियो । धान काट्न जाँदा त्यहाँ टेक्नको लागि आधार चाहिन्छ । काट्दै काठका फलिया सार्दै त्यसमाथि टेक्दै अगाडि बढ्नुपर्छ । धानका पाँजा हिलोमा राख्न मिल्थेन । कसको ओभानो खेत नजिक छ त्यहाँ ल्याउने र सुकाउने हो । धेरैले त्यसै गर्थे । एकपटक धान काट्दै गर्दा फलियाको सन्तुलन डग्मगायो । हिलोमा टेक्न पुगेँ । खुट्टा भासियो । त्यहाँ यस्तो दलदल रहेछ कि खुट्टा त आफ्सेआफ गड्दै गए । माथि निस्कन मैले जोड गर्थेँ । तर, त्यो जोडवल हिलोको लागि मलाई तल धकेल्ने बाटो पो बन्दोरहेछ । हेर्दा हेर्दै कम्मर, पेट, छाती, हुँदाहुँदा घाँटी नै हिलोले छोयो । तर, पनि गोडाले साह्रो खालको माटो भेट्न सकेन । त्यतिबेला मेरो उचाइ सायद चार फिटको थियो होला । अहिले पाँच फिट छ इञ्चीको छ । बैदार कान्छा दाइले फलियामा टेकेर हात समाएर मेरो उद्धार गरेका थिए । उनले सायद ढीलो गरेका हुन्थे भने म त्यहि चिदीको सिमसारभित्र नरकंकाल बन्ने थिएँ ।
धानको कुरा गरौँ । अरूको खेतमा आफ्नो धानको पाँजा सुकाउँदा कहिलेकाहिँ आफ्नो पाँजा कुन हो भन्ने छुट्टाउन समस्या हुन्थ्यो । किनभने सबैको धान काट्ने बतेली एकैचोटी हुन्थ्यो । सबैको समस्या पनि एउटै खालको थियो । खेतैभरी धानका पाँजैपाँजा सुकाइएका हुन्थे । कुन धान कसको हो छुट्टाउन सकस पथ्र्यो । कसैले त यस्तो समस्या नआओस् भनेर आफ्नो पाँजामा केही न कुनै चिनो राख्थे । कसैले घाँसको मुठा राख्थे । कसैले सिमलीका हाँगा राख्थे । कसैले घरबाटै बाँसको लिंगो लैजान्थे चिनो राख्नको लागि । कसैले त कपडाका टालाटुली पनि लैजान्थे । हामीले घरबाट बाँसका सानासाना लिँगा लिएर जान्थ्यौँ । बेलाबेलामा त्यसरी सुकाएका पाँजाहरू बेपत्ता हुन्थे । राती धान चोर जाँदोरहेछन् । खेतमै माडेर बोराका बोरा धान लैजाँदा रहेछन् । नजिकका बाठाहरूले त मेरो पाँजा यो हो भनेर नमाडिएको धान माडेर ल्याउँथे । टाढाका सोझा सिदा मानिस मर्कामा पर्थे । त्यस्तै मर्कामा एकसाल हामी पनि प¥यौँ । आफ्नो पाँजा यहि गरामा थियो भन्ने लाग्छ । तर, अर्कोले यो त मेरो हो भन्छ । धमाधाम झटाइ गर्छ । यस्तै पाँच मुरीजति धान आउँथ्यो । एक बर्ष त्यो गुमाउनु प¥यो । सिमसार खेतमा मात्र आएको समस्या हो त्यो । अरू खेतमा यो समस्या आउँथेन ।
प्युठानको त्यो फाँटमा सँधै जेठमा धान रोप्ने र भदौमा काट्ने गरिन्थ्यो । सबैले मार्सी धान रोप्थे । अहिले धानको प्रजाति फेरिएको छ । जुन धान बढीमात्रामा फल्छ त्यसको खेती गरिन्छ । मार्सी धान त लगभग लोप भई सकेको छ । केही बर्ष अगाडि प्युठान गएको बेला कता पाइएला मार्सी धानको चामल भनेर निकै खोजी गरियो । दुई सय नै किलोलाई किन नपरोस् दुई चार किलो मार्सी चामल ल्याउनु पर्ला भनेको थिएँ । तर, सफल हुन सकिएन । धान त लोप भई सकेछ । कतिपय नयाँ, युवा पिँढीका मानिसले त मार्सी धानको नाम पनि भुलिसकेछन् । धन्न गएको बर्ष जुम्लाको मार्सी धानको चामल बुटवलको ब्यापार मेलामा राखेको रहेछ दुई सय रूपैयाँ किलोको भाउमा । त्यहाँबाट दुई किलो जति ल्याएको थिएँ । मज्जाले खिर पकाएर खाइयो । मार्सी चामल वास्तवमै खिर पकाउनको लागि प्रकृतिले उत्पादन गरेको हो भन्ने लाग्छ । मार्सी चामलसँग मेरो अर्को साइनो के छ भने मेरो भात खुवाइ कार्यक्रम नै मार्सी चामलबाट भएको थियो । अरू प्रजातिका चामल नै त्यहाँ उत्पादन हुन्थेनन् । जता हेर्यो मार्सी, जहाँ गयो मार्सी । घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु भन्ने उखानजस्तै थियो मार्सीको उपलब्धता । मेरो मुखमा पहिलो दाना त्यहि मार्सी चामलको दाना परेकोले त्यससँग न्यानो मायाँ गाँसिएको छ । आत्मीय सम्बन्ध गाँसिएको छ । जैविक सम्बन्ध गाँसिएको छ । म जिउँदै छु । तर, मार्सी धान फाँटबाटै मृत्युशैयामा पुगिसकेछ ।
क्वाडीको त्यो हाम्रो भैँसी भासिएको, म आफै भासिएको सिमसार खेतलाई सिमसार क्षेत्र घोषणा गर्ने र संरक्षण गर्ने हो भने सायद प्युठानमा एउटा नयाँ आयाम थपिने थियो । त्यहाँ अनेक प्रजातिका चराहरू आउँछन् । आहार टिप्छन् । भदौ लाग्ने बेलामा उत्तरतिरबाट कर्यांग कुरुंग गर्दै तालचराहरू आउँछन् र केही दिन सुस्ताउँछन् । साइबेरियन चराहरू त आउँथे आउँथेनन् थाहा भएन, तर, त्यो सिमसार खेतमा चराहरू नबसेको कुनै बेला छैन । त्यहाँमात्र सिमसार छैन, टाहारीमा पनि सिमसार खेत छ । यी सबै सिमसार क्षेत्रको संरक्षण गर्न सक्ने हो भने प्रकृतिको संरक्षणमा अलिकति टेवा मिल्ने थियो । यत्ति हो कि त्यहाँ उत्पादन हुने अनाज, खासगरी धान बराबरको क्षति सरकारले ब्यहोर्नु पर्ने हुन्छ । किनभने किसानले पेट पाल्ने आधार हो त्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?