ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा ४८,विपक्षमा २८ , राप्रपा र लोसपा तटस्थ >> संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस >> ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै >> गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण >> वर्षको अन्तिम दिन,सुनको भाउमा नयाँ रेकर्ड >> म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर >> बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प >> वाणिज्य बैंकहरूले घटाए ब्याजदर >> एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै >> लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने >> कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…! >> देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला >> पशु बधशालाः १५ वर्षदेखिको सपना पूरा हुँदै >> विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा >> उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण >> पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छ: पौडेल >> गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना >> हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल >> ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन >> ‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न >> जेसीआई तिलोत्तमाको नया वर्ष शुभकामना तथा क्यालेण्डर विमोचन >> बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि >> सुप्रिम सहकारी पीडितको गृहमन्त्रीलाई प्रश्न : जिबि र सागर कहिले पक्रिन्छन् ? >> अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान >> स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई >> नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित) >> आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास >> गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री >> `ई-ड्राईभ नेपाल´ को सेवा लुम्बिनीमा >> झाडापखाला नियन्त्रणमा ढिलाई किन ? >> अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला >> कार्यालयमा नारा, वनमा डढेलो >> चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो >> ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना >> इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना >> एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी >> रुपन्देही ईभेन्टसको ईफतारीमा सहयोग >> बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा >> गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ >> नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ >> कोशीमा बैसाख ६ गते विशेष अधिवेशन >> होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न >> राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी >> बुटवलको प्लान बी मा ‘न्यू ईयर ईभ’ >> भारतका ब्रेन मास्टर सुधिरलाई उपाधि

अनुत्तरित प्रश्न

१७ चैत्र २०८०, शनिबार
१७ चैत्र २०८०, शनिबार

नाति–नातिनी भएको घर, आँगन उज्यालो हुन्छ, रमाइलो हुन्छ । हुन पनि हजुर बा ! हजुर आमा ! भन्दै लुटपुटिंदै नाति–नातिनी काखमा घुस्रिन आउँदा कसलाई आनन्द नलागेको हो र । कलानाथ पतिपत्नीको अधिकांश समय नातिनी कै हेरचाहमा बित्ने गरेको थियो ।
“बुढापाकाका लागि नाति–नातिनी रहर मात्र हुन् । जिम्मेवारी होइनन् । सन्तानको पालनपोषण, देखरेख, हेरचाह र उनीहरूको शिक्षादीक्षा र करियरसम्मको पहिलो जिम्मेवारी आमाबुवाको हो । आफ्नो छोराछोरीलाई कतिसम्म अनुशासनमा राख्ने हो, कस्तो संस्कार दिने ? कस्तो शिक्षादीक्षा दिने ? यी सबै आमाबुवामाथि भर पर्ने कुरा हो ।” यो कलानाथको ठम्याइ थियो ।
उनी भन्थे, “वृद्ध अवस्थामा पुगिसकेका हजुरबाआमा त केवल उनीहरूको बालसुलभ हेरेर उनीहरूको चर्तिकला हेरेर रमाउने मात्र हुन् । बाबु नानी यसो नगर, उसो नगर भन्न र अर्ती उपदेश दिनुबाहेक हजुरबा हजुरआमाबाट बढी अपेक्षा राख्न पनि मिल्दैन ।”
कलानाथ सही थिए वा गलत तर उनी आफ्नो भनाइमा अडिग थिए ।
लकडाउनले लामो समयसम्म विद्यालय बन्द भएपछि सरकारले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्ने बाटो खोलिदियो । त्यसपछि श्रोत साधन सम्पन्न विद्यालयहरूले कक्षा सञ्चालन गर्न थाले ।

दिनभरि हजुरबाआमासित खेलेर बस्ने नातिनीको मन्टेश्वरीले पनि अनलाइन कक्षा सुरु गयो । टिभीमा कार्टुन हेरेर, मोबाइलमा गेम खेलेर समय बिताउने बानी परेकी बच्चीलाई डेढ घण्टा कम्प्युटर अगाडि बसेर पढ्नु सजिलो विषय पक्कै थिएन ।
नातिनीसँगै हजुरबा पनि कक्षामा होमिनुपर्ने भयो । टिचरले उताबाट के के भन्छन् सबै सुनेर सोही बमोजिम गर्न गराउन कलानाथका लागि बुढेसकालमा सबैभन्दा कठिन कार्य बन्यो । कक्षा चलिरहेकै बेला कहिलेकाहीँ प्याट्ट हिर्काउनु पर्ने त कहिले ठूलो स्वरमा बोल्नु परिहाल्थ्यो । जुन कुरा उनकी हजुरआमालाई पटक्कै मन पर्दैन थियो । उनी नातिनीलाई मायाले, ललाई फकाई फुल्याई पढाओस् भन्थी ।
कहिलेकाहीँ त बच्चाको पढाइको विषयलाई लिएर कलानाथ पतिपत्नीबीच चर्के वादविवाद समेत हुने गर्दथ्यो । दश वर्षअगाडि नै अयोग्य घोषित भई जागिरबाट अवकाश पाइसकेका पैसठ्ठी वर्षीय कलानाथले ६ वर्षकी चञ्चली नातिनीको पढाइको जिम्मेवारी कसरी लिन सक्दथे र ?
पढाउनु मात्र हो र ? होमवर्कसमेत जस्ताको त्यस्तै सारेर लेखाउनु पर्ने । लेखेको काम सबै फोटो खिचेर पोष्ट्याउनुपर्ने । भनेको नमान्दा र नटेर्दा उच्च रक्तचापका रोगी बुढाको पारा चढ्नु स्वाभाविकै थियो । रिसको झोकमा अलिक ठूलो स्वर निस्किहाल्थ्यो ।
“ल, बच्चीलाई किन हप्काउनु भाको ? किन तर्साउनुभाको ?” भन्दै हजुरआमा बुढी काँचै खाउँलाझैँ गरी छोप्न आइपुग्थी । नातिनीकै पढाइको विषयलाई लिएर बुढाबुढीबीच दिनदिनै वादविवाद हुन थालेपछि चार दशक लामो वैवाहिक जीवनको जग बुढो दाँत हल्लेसरह हल्लन थालेको कलानाथले महसुस गरे ।भनाभैरी, वादविवादको क्रममा विगतका तितो टर्रो सबै ओकल्न थालेका थिए बुढाबुढीले ।
स्थिति शान्त भएपछि कलानाथलाई आफ्नो व्यवहार सम्झेर साह्रै पछुतो हुन्थ्यो, लज्जाबोध हुन्थ्यो ।बुढेसकालको सहारा बन्नुपर्ने पतिपत्नीको सम्बन्ध दिनदिनै टाढा हुँदै गएको कलानाथलाई लाग्न थाल्यो । पत्नीलाई आफ्नो कारण अशान्ति भएको, तनाव भएको, दुःख भएको र पतिपत्नीको सम्बन्ध बिग्रँदै गएको सबै दोष आफैले बेहोर्दै उनले केही समयका लागि घरबाट टाढा कतै जाने निर्णय गरे । अनि, एक दिन मौका हेरेर कलानाथ घरबाट हिँडे पनि ।

छोराबुहारी सधैँ झैँ साँझ अबेर घर छिरे । कोठामा बुवालाई नदेखेपछि छोरा सुवासले सोध्यो, “आमा ! बुवा कता हुनुहुन्छ ? ”
“खै, कता गए । यतिञ्जेलसम्म आएका छैनन् ।” व्यस्तताका कारण थकित वृद्धाले झर्को मान्दै जवाफ दिइन् ।सुवासले बुवाको मोबाइलमा घण्टी हान्यो । घण्टी त गयो तर कोठाभित्र । कलानाथले मोबाइल घरैमा छाडेर गएका थिए । खोज तलास जारी रह्यो तर बुढालाई भेटेनन् ।
घर परिवार, आफन्त, नाता गोता, इष्टमित्र सबै बुढा बेपत्ता भएकोमा चिन्तित भए ।
महिना दिनसम्म खोज्दा पनि नभेटेपछि परिवार बाध्य भएर काजक्रिया गर्ने निर्णयमा पुगे ।
एक दिन पुरेत बोलाएर कुराकानी गरिरहेकै बेला छोरा चाहिँको मोबाइलमा परिचित मान्छेको भिडियो कल आयो ।
स्क्रिनमा पहिले त चिनजान मान्छे देख्यो सुवासले । भिडियोमा देखा परेका मानिसले भनिरहेका थिए, “सुवासजी ! आमालाई लिएर तीर्थाटनमा देवघाट पुगेको बेला हजुरको बुवा कलानाथजीसित भेट भएको छ । महिना दिनदेखि यिन यतै हुनुहुँदो रहेछ । ल कुरा गर्नोस् ।”
लगत्तै कलानाथ झुल्किए अनि भने, “सुवास ! मेरो चिन्ता बिलकुल नगर्नू, म जहाँ छु ठीक छु । आमाको ख्याल राख्नू, नातिनीको ख्याल राख्नू । म समय भएपछि आफै आउँछु आमालाई भनिदिनु ।”यति भनी बुढा ओझेल पर्न के आँटेका थिए यताबाट सुवास बोल्यो, “एकक्षण बुवा, आमा आउनु भो ल कुरा गर्नोस् ।”

कलानाथकी पत्नीले भक्कानिएको आवाजमा सोधिन्, “हजुरलाई सञ्चो, आरामै छ नि सुवासको बुवा ? हजुर बेपत्ता भएदेखि न भोक लागेको छ न निद्रा । कहाँ जानु भाको भन्दै नभनी ? मलाई एक्लै छाडेर जाँदा हजुरलाई अलिकति पनि चिन्ता लागेन ? के लाग्छ, हजुर बिना म एक्लो जीवन बाँच्न सक्छु होला त ?”कलानाथसित पत्नीको प्रश्नको जवाफ थिएन । प्रश्नहरूले उनलाई चस्चस् घोचे पनि पत्नीको एकतर्फी कुरा सुनिरहे, केही बोलेनन् ।
“किन नबोल्नु भाको ? कहाँ हुनुहुन्छ फर्कनोस्, सके आजै गाडी चढनोस् ।” कलानाथकी पत्नीले सबै कुरा एकै श्वासमा भनी सिध्याई र सुकसुकाउन थाली ।
अहिले भने कलानाथ बोले, “भो भो रुञन पर्दैन । मन बलियो गरेर बस् । म समय भएपछि आउँछु, अहिले राखें ।”
कलानाथले मोबाइल सुम्पियो ।

लोग्ने मेरै कारणले घर छोडेर गएको भन्ने लागेकोले होला कलानाथकी पत्नीको आँखाबाट बरर आँसु खस्यो ।आमाबुवा बीचको फोनवार्ता सुनेपछि सुवासको मनमा अनेकन् प्रश्नहरू जन्मिए तर ऊसित तत्काल कुनै पनि प्रश्नको जवाफ थिएन ।
(साहित्यपोष्टबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np