ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने
जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप

न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल, २४ बैशाख । रुपन्देहीमा जारी जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा न्यु होराईजन माबि र वेष्ट्रन क्रिकेट क्लब विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा आईतबार भएको खेलमा न्यु होराईजनले होराईजन जिबिएसलाई १०३ रन तथा वेष्ट्रन क्रिकेट क्लबले एमएसएमटी एकेडेमी नौतनहवालाई २७ रनले पराजित गरेको हो ।

नहरपुर माविस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको न्यु होराईजनले १९.२ ओभरमा सबै बिकेट गुमाएर २०२ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका अमित यादवले शानदार अर्धशतक पुरा गरे । यादवले २३ बलमा ६२ रन जोडे । यसैगरि अरुण कुमार नाउले १२ बलमा ३१ रन बनाए । होराईजन जिविएसका जुनेल रोका, अर्पसन जिसी र राजिव क्षेत्रीले समान २—२ बिकेट लिए । होराईजन जिबिएस पुरै २० ओभर खेल्दै ६ बिकेटको नोक्सानीमा ९९ रनमात्र जोड्न सफल भयो । कम स्कोरमा रोक्न न्यु होराईजनका अरुण कुमार नाउले ३ बिकेट लिए । खेलमा न्यु होराईजनका अमित यादव प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर वेष्ट्रनले निर्धारित २० ओभरमा ८ बिकेटको नोक्सानीमा १५२ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका केशव रायमाझीले ५५ बलमा शानदार अर्धशतक पुरा गरे । मोहमद आसिफले २२ बलमा २७ रनको योगदान दिए । पाहुना टोली एमएसएमटीका सचिन चौरासियाले ३ तथा फालचन्द प्रजापतीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको एमएसएमटी निर्धारित २० ओभर खेल्दै ९ बिकेट गुमाएर केवल १२५ रनमा समेटियो । उसका लागि सचिन चौरासियाले २५, शहिद रजाले २४ तथा ओपनर राज गौडले १८ रनको योगदान दिएपनि जित निकाल्न सकेनन । कम स्कोरमा रोक्न वेष्ट्रनका सुप्रिम कंडेल र श्रीयान्सु ज्ञवालीले समान ३—३ तथा निश्चल पौडेलले २ बिकेट लिए । खेलमा वेष्ट्रनका केशव रायमाझी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

सोमबार लिग चरणको पहिलो खेलमा एमएसएमटी क्रिकेट एकेडेमी र होराईजन जिबिएस तथा दोस्रो खेलमा स्टार क्रिकेट र बेष्ट्रन क्रिकेट एकेडेमी बिचमा खेल हुने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?