ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम

२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

न्युयोर्क, अमेरिका ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ’सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताए । थापाले मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिशाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्युजनको वातावरण बढेको बताए ।

‘विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको छ,’ थापाले भने । उनका अनुसार गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर गएको पाइने गरेको छ । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत उनले आग्रह गरे । नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गरे । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत उनले आग्रह गरेका थिए । थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गरे ।

कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहेका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा प्रकाश पारेका थिए । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबिच ठूलो भिन्नता रहेको बताए । साथै, आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरक–फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताए । साथै, विषयवक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिनसमेत आग्रह गरे ।

सो कार्यक्रममा सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा बोल्दै नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले प्रवासमा रहेका पत्रकार र नेजाले सामुदायिक पत्रकारिताको नमुना पेस गर्न सफल भएको बताए । यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने बताए ।

नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राखेका थिए । अध्यक्ष भण्डारीले नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताए । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताए । महासचिव दाहालले समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउनसमेत आग्रह गरेका थिए ।

यसैगरी, कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले सन् २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताए । साथै, अमेरिमा बसेर नेपाललाई नेपाली आँखाले होइन अमेरिकी आँखाले हेर्न आग्रह गर्दै आफू र आफ्ना सन्ततिलाई छुट्टीको समयमा नेपाल जाने वातावरण मिलाउनसमेत आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताका आवश्यकतामा जोड दिंदै प्रवासमा रहेका पत्रकारहरूले गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताका बुलन्द आवाज उठानुपर्ने बताए । यस्तै, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आमजनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे । यसैगरी, अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकारसमक्ष आग्रह गरे । यस्तै, एनआरएनए अमेरिका उत्तर–पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पाले सकारात्मक प्रभाव पार्ने समाचार सामग्री सम्प्रेषण गर्न विशेष जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले वातावणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गरे ।

कार्यक्रममा नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, नेजाका उपाध्यक्ष सुजन पण्डित, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, नेजाका सदस्य कल्पना घिमिरे, उत्तर–पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेत, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रमका अवसरमा नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?