ट्रेंडिंग:

>> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत

एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

भैरहवा, १७ वैशाख ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एकल महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई एकजना एकल महिलालाई ब्ल्याक मेल गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वैशाख ६ गते पक्राउ गरेको हो ।

बुटवल १३ मा बस्ने गुरुङले २०७८ सालदेखि धाक धम्की दिएर पटक पटक एकजना महिलालाई करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) रन्जित सिंह राठौरले जबर्जस्ती करणी अभियोगमा सिद्धार्थ गुरुङलाई पक्राउ गरिएको बताए । एसपी राठौरले भने, ‘एकजना महिलाले जबर्जस्ती करणी गरेको मुद्दा दिएकोले पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’

सिद्धार्थले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि विश्वासमा पारी पटक पटक बलत्कार गरेको पीडित महिलाले बताइन् । पीडित महिलाले भनिन्, ‘उसले मलाई धाक धम्की दिने, मेरो निजी तस्विरहरु, भिडियोहरु सामाजिक सञ्जालमा राखेर दुस्प्रचार गर्नेगरेर इमोशनल ब्ल्याक मेल गरेर मलाई पटक पटक जबरजस्ती करणी गरेका हुन् ।’

सिद्धार्थले पहिलो पटक जबरजस्ती करणी गरेको तस्वीर र भिडियो बनाएर राखेको र त्यसपछि भनेको नमाने उक्त भिडियो र तस्विर सबैलाई देखाउने भन्दै ब्ल्याक मेल गर्दै पटकपटक करणी गर्ने गरेको पीडित महिलाको आरोप छ । सिद्धार्थले ती महिलासँग पटक पटक गरेर ५ करोड भन्दा बढी रकम पनि लगेका छन् । उक्त रकम बापत दिएको चेक समेत बाउन्स भएको प्रमाण ती महिलासँग सुरक्षित रहेको छ ।

भाटभटेनी सुपरमार्केटका सन्चालक मिनबहादुर गुरुङको विश्वासीलो पात्र मानिने सिद्धार्थले प्रहरीलाई दबाब र प्रभावमा पारेर पक्राउ परेकै दिन विरामीको कागजात पेश गरी भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालको डिलक्स रुममा बसेका छन् ।

रुपन्देही प्रहरीकोे हिरासतमा जबरजस्ती करणीका २ वटा मुद्दा दायर भएका छन् । जसमध्ये सिद्धार्थ अस्पतालको एसी डिलक्स रुमको क्याबिन नं ५ मा बसेका छन् । तर सोही प्रकृतिको अर्को मुद्दाको अभियुक्त प्रहरीको हिरासत कक्षमा मच्छड, उडुस मार्दै पसिना चुहाउंदै आफ्नो अपराध कर्मको पश्चताप गरिरहेका छन् ।

यसरी प्रहरीले समेत उस्तै प्रकृतिको मुद्धाको अभियुक्तहरुलाई पहुँचको आधारमा फरक व्यवहार गर्ने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?