ट्रेंडिंग:

>> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग

२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

बुटवल, २३ बैशाख । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुले शिवनगरस्थित नन्दिनी गौ संरक्षण केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । शुक्रबार एक कार्यक्रम गरि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले गौशाला संरक्षक एवं बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन ।

छाडाचौपायालाई ब्यवस्थापन गर्न भन्दै शुरुभएको महाअभियानलाई साथ दिने गरि अस्पतालका कर्मचारीहरुबाट स्वतस्फूर्त सहयोग जुटाएका हुन । अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले उपमहानगरपालिकाबाट सुरुवात भएको पुण्य काममा सानो सहयोग गरेको बताए ।

केन्द्रका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफै पालिकाको पहलमा गौशाला संचालन गरेको देशकै पहिलो पालिका भएको बताउदै यो पवित्र कार्यमा सबै नगरबासीको सहयोग जरुरी रहेको बताए । सबै सहयोगी दाताहरुको सहयोगबाट आगामी १५ दिनको लागि गौशालामा आवश्यक दाना भण्डारण गरिएको उनले बताए । सडकमा भएका गाईलाई गौशालामा ल्याएर राख्ने कार्य मात्र नभई धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गर्ने उपमहानगरपालिको उद्धेश्य रहेको बताउदै गौशालामा गहुत प्रशोधन केन्द्र, आयुर्वेदिक केन्द्र, योग केन्द्र, आध्यात्मिक केन्द्रको रुपमा विकास गर्दै फायरलेन र शालिग्रामको स्थापना समेत गर्ने जस्ता दिर्घकालिन योजनामा सम्पूर्ण नगरबासी र स्थानीय संघसंस्थालाई नगरप्रमुख पाण्डेले सहयोगको अपिल गरे । नन्दिनी गौ संरक्षण केन्द्र बुटवलमा करीव आठ सय छाडाचौपाया राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?