ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?
मुख्य शहरमा यस्तो छ, दुर्गममा के होला ?

सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल, २४ बैशाख । बुटवलको मुख्य सडकको साढे ३ किलोमिटर सडक ८ बर्षदेखि अलपत्र छ । केही ‘सडकको बेस’ कालोपत्र गरेपनि अन्य नाली निर्माण सहित सर्भिस लेनको सडक निर्माण अलपत्र नै छ । पटक–पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण ठेक्का रद्द गरिएको छ । साढे ३ किलोमिटर सडक ८ वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो । तर समयमा नै काम नसकेपछि अहिले निर्माण कम्पनी नै गायब भएको छ ।

बुटवलको मुख्य सडक यसरी अलपत्र परेपछि सडक डिभिजन कार्यालय बुटवलले उक्त निर्माण कम्पनीको ठेक्का रद्द गरेको हो । अब नयाँ ठेक्का आह्वान पछि मात्रै बाटो पुरा हुने छ । निर्माण कम्पनीले ४ बर्षमा निर्माण पुरा गर्ने भनेर जिम्मा लिएको भएपनि ८ बर्ष वित्दासमेत सडक निर्माण पुरा नभएपछि अहिले ठेकेदार कम्पनी नै गायव भएको छ । वि.सं. २०७३ सालमा निर्माणको जिम्मा लिएको कञ्चनजंगा बिरुवा जेभीले ठेक्का लिएको थियो । बुटवलको मुख्य व्यापारीक मार्गको रूपमारहेको सडक विस्तारको काम लामो समय सम्म पुरा गर्न सकेको भन्दै ठेक्का सम्झौता रद्द गरेको हो ।

पटक–पटक निर्माण गर्ने ठेकेदारलाई समय दिदा समेत समयमा काम गर्न नसकेको कारण सडक डिभिजन कार्यालय बुटवलले ठेकेदारको निर्माण सम्झौता रद्द गरेको बताएको छ । राजमार्ग चौराहा चिडीयाखोला सम्मको कुल ३ किलोमिटर सडक निर्माण ३ बर्षमा पुरा गर्ने गरी ०७३ सालमा सम्झौता भएको थियो । तर स्थानीयको बिरोध र अदालमा मुद्दा परेका कारण साईड किलीयरमा केही समस्या देखीएको भएपनि पछिल्लो समय गर्ने समय रहँदारहँदै ठेकेदार कम्पनीका सन्चालकहरू सम्पर्कमा नआउने फिल्डमा काम नगर्ने समस्या देखीएपछी ठेक्का रद्द गरीएको सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जीनियर महेश्वर लम्सालले बताए ।

सडक निर्माण गर्ने पटक पटक म्याद थप गरेपनी काम नगरेका कारण सम्झौता रद्द गरिएको बताए । त्यस्तै रूपन्देहीको बेलहियामा निर्माणाधिन रहेको सडकको समेत ठेक्का रद्द गरीएको छ । लामो समय सम्म काम नगरेपछी ठेक्का रद्द गरीएको लम्सालले बताए । ‘अब नयाँ ठेक्का प्रकृया सुरु हुन्छ, त्यसका लागि नयाँ स्टिमेट निकालेर अर्थमन्त्रालय बाट स्वीकृत लिएपछि काम अगाडी बढ्छ, ’– उनले भने । अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।

तीन वर्षमा सक्ने गरी २०७३/०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो । बुटवल उपमहानगरपालिकाले पनि ठेकेदारलाई राखेर निर्माण गति दिन आग्रह गर्दै आएको थियो ।

यस्तै सडक डिभिजन कार्यालय बुटवलले बुटवल–बेलहिया सडक खण्डको सिद्धार्थनगर–बेलहिया सडक खण्डको पनि ठेक्का रद्द गरेको छ । ७ सय ५० मिटर सडक समयमा निर्माण गर्न नसकेपछि विरुवा कन्स्ट्रक्सनको ठेक्का रद्द गरेको छ । १८ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएपनि समयमा काम पुरा गर्न नसक्दा ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकृत महेश्वर लम्सालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?