ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल,२४ बैशाख ।   लुम्बिनी प्रदेशकी महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले तिलोत्तमाको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (बनबाटिका ) लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्दै गएको बताएकी छन् । बनबाटिकाले मन्त्री अधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पुर्व पश्चिम र सिद्धार्थ दुईवटै राजमार्गबाट नजिक, समथर र फराकिलो हरियालीयुक्त ठाउंमा प्रशस्त पुर्वाधारहरु बनेकाले वनबाटिका प्रदेशकै नमूना पर्यटकीय स्थल बनेको बताइन् ।

बनबाटिकालाई महिला, बालबालिका र जेष्ठ नागरिकमैत्री बनाउंदै थप आकर्षक र सुविधासम्पन्न बनाउन आवश्यक वजेट व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाइन् । आफ्नो मन्त्रालय ५ वटा महाशाखा भएको सामाजिक विकास मन्त्रालय फुटालेर एउटा मात्र महाशाखा सहितको मन्त्रालय भएकाले निकै कम वजेट हुने हुंदा अन्य मन्त्रालयसंग समन्वय गरेर भएपनि वजेटका लागि पहल गर्ने बताइन् ।

आफू सांसद मात्र हुँदा पनि पाएको बजेटको केही अंश वनवाटिकालाई पारेको स्मरण गर्दै मन्त्री अधिकारीले सामुदायिक वन र अन्य संघ संस्थासँग समन्वय गरेर अघि बढ्न सुझाव दिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाकी सदस्य रहेकी व्यक्तित्व विद्यार्थी राजनीतिदेखि संघर्ष गर्दै सांसद र मन्त्री पदसम्म पुगेकोमा संस्था गौरवान्वित भएको उल्लेख गर्दै वनवाटिका भित्र एक लाख लिटर क्षमताको खानेपानी ओभरहेड ट्यांकी, बाबुराम स्मृति पार्क र सडकका लागि बजेट आवश्यक भएकाले सहयोगको आग्रह गरे ।

संस्थाका उपाध्यक्ष खिमलाल पाण्डेले मन्त्री अधिकारीको सहयोगले यसअघि पनि विभिन्न काम भएको चर्चा गर्दै आगामी वजेटमा पनि सक्दो धेरै वजेट व्यवस्था गरिदिन माग गरे । कार्यक्रममा मन्त्री अधिकारीलाई दोसल्ला,कदरपत्रले सम्मान गरिएको थियो । यस्तै उमेर हदका कारण अवकास पाएका कर्मचारी शेरबहादुर गुरुङलाई ५४ हजार रुपैया नगद सहित विदाई गरिएको र नवनियुक्त व्यवस्थापक राजेन्द्र कंडेल र लेखापाल महेन्द्र बस्नेतलाई स्वागत गरिएको संस्थाका सचिव फर्शुराम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?