ट्रेंडिंग:

>> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते

भारतको प्रदुषणले बढाएको चिन्ता

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

एकपटक फेरी काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्ड अनुसार नेपाल थाइल्याण्डको चियाङमाई पछिको दोश्रो प्रदुषित सहरको सूचिमा परेको हो । आईक्युएयरका अनुसार नेपालको संघीय राजधानी काठमाण्डौंको प्रदुषणस्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ । आईक्युएयरको रिपोर्टले मात्रै होइन, केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरू जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालकै वन जंगलमा समेत आगलागीका धेरै घटना भएका छन । मौसम शाखाका अनुसार अहिले नेपालकै धेरै पहाडी जिल्लाहरूमा वन डढेलो लागिरहेको अवस्था छ । अर्कोतर्फ उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेकोले नेपालमा बायु प्रदुषणको स्तर धेरै माथि पुगेको छ । अझै केही दिन पानी नपर्ने अवस्थामा तुवाँलो नहट्ने हुँदा सवै सचेत बन्नुपर्ने अवस्था छ । पछिल्ला केही दिनयता राजधानीमा विकराल बनेको वातावरण प्रदुषणको समस्या हटाउन सम्बन्धित निकायबीच समन्वय जरुरी छ । एकातिर वन जंगलमा आगलागीका घटना बढेका छन भने अर्कोतिर वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको छ । सरकारले पुराना सवारीलाई प्रतिबन्ध लगाउन सकेको छैन । अर्कोतर्फ तुवाँलो र बायु प्रदुषणले मानिसको स्वास्थ्यमा गंभीर असर पुग्ने देखिएकोले सवै सचेत हुनुपर्ने अवस्था आएको छ । बायुमण्डलमा रहने धुलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर समेत हुने गरेको पटकपटक स्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले औंल्याउँदै आएकोले अव सचेत हुनुपर्ने बेला आएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमै बायु प्रदुषण बढेको औंल्याउँदै औद्योगिकरण, डढेलो, पुराना सवारीका साधन लगायतका कारण विश्व मानवजगत असुरक्षित बन्दै गएको भन्दै चेतावनी दिएको छ । बायु प्रदुषणका कारण संक्रमितहरूको संख्या वर्षेनि थपिँदै गएको छ । विज्ञहरूका अनुसार नेपालमा वार्षिक १५ हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरको प्रदुषण ५ गुणाले बढिरहेको छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलँदै गएको बाताबरणबिदहरूले औंल्याएको अवस्थामा अव पूर्व सतर्कता अपनाउनु जरुरी छ । वातावरणबिदहरूको भनाइमा शहरी क्षेत्रमा बसोबास गर्ने विश्वका करिब ८० प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदुषणको शिकार भइरहेका छन् । पछिल्लोपटक विश्व स्वास्थ्य संगठनले औंल्याएको काठमाण्डौं सहित देशका विभिन्न सहरको बायु प्रदुषणको स्तरले चिन्ता उत्पन्न गरिदिएको छ । खासगरी भारतका विभिन्न सहरमा फैलिएको प्रदुषण हावाको माध्यमबाट नेपालमा फैलिएको छ । हावालाई रोकेर सकिदैन तसर्थ भारतको बायु प्रदुषणको असर नेपालमा परेको छ । प्रदूषणले मानव स्वास्थ्यका अतिरिक्त कृषि क्षेत्रमा समेत नकारात्मक असर पुगेको छ । कृषि उत्पादन समेत घटाउने गरेको तथ्यांक छ । अतः डरलाग्दो गरि सार्वजनिक भएको बायु प्रदुषणबाट थोरै भएपनि बच्नेतर्फ हामी सवैको ध्यान पुग्नु जरुरी छ । बायु प्रदुषण न्यूनिकरणका लागि सरकारले अहिलेदेखि नै प्रयास गरेन भने भोलीको दिनमा यो गंभीर समस्या हुनेछ । मानव जीवनकै लागि जोखिम बनिरहेको प्रदुषण नियन्त्रणको उपायको खोजी जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?