ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

न्युज बुटवलटुडे
बुटवल,१८ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार बनाउने प्रयास नगर्न प्रदेश प्रमुख परशुराम खापुङलाई आग्रह गरेका छन् ।

मंगलबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई एक पत्र दिँदै अर्को सरकार गठनको प्रक्रिया नथाल्न आग्रह गरेका हुन् ।

२६ चैतमा एमाले र माओवादी केन्द्रका गरी ५२ प्रदेशसभा सदस्यले केदार कार्कीको विकल्पमा अर्को सरकार गठन गर्न प्रदेशसभा सक्षम रहेको भन्दै प्रदेश प्रमुखलाई एक पत्र बुझाएका थिए ।
त्यसपछि ७ वैशाखमा कोशी प्रदेशसभाले मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्गप्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सक्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

मंगलबार मुख्यमन्त्री कार्कीले तीन पृष्ठ लामो जानकारी पत्र बुझाउँदै संकल्प प्रस्तावकै कारण गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्रीले पत्रमा भनेका छन्, ‘संविधानको धारा १६८ (५) को विकल्पमा १६८(२) र १६८(३) को सरकार बन्न सक्दैन । संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याशंलाई प्रदेशसभाको संकल्प प्रस्तावले निस्तेज बनाउन सक्दैन । मुख्यमन्त्री पदको संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुनसक्दैन ।’
मुख्यमन्त्री कार्कीले राजीनामा नदिए २६ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमाले माओवादी केन्द्रले प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् । सत्ता गठबन्धनमा आवद्ध दल निकटकै भएका कारण प्रदेश प्रमुख खापुङ दबाबमा छन् ।

प्रदेश प्रमुख खापुङ परामर्शमा रहेका बेला मुख्यमन्त्री कार्कीले १६८ (५) अनुसार नियुक्त आफू संवैधानिक तवरबाटै पदमुक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुन नसक्ने जानकारी गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पारित संकल्प प्रस्तावमा उल्लिखित विषय संविधानको मर्म र भावना विपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई बुझाएको पत्रको बोधार्थ राष्ट्रपति रामचन्द्र पौडेललाई पनि दिएका छन् । संविधानको संरक्षक राष्ट्रपति भएका कारण जानकारीका लागि बोधार्थ दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
२१ फागुनमा एमाले–माओवादीसहितको सत्ता गठबन्धन बनेपछि कोशीमा २६ चैतमा माओवादीले कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छाडेको थियो ।

तर मुख्यमन्त्री बनेका कार्कीले भने १६८ (५) अनुसारको मुख्यमन्त्रीलाई दिएको समर्थन कुनै दलले फिर्ता लिँदैमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था नभएको भन्दै विश्वासको मत परीक्षण नगर्ने अडानमा छन् ।

मुख्यमन्त्रीलाई अल्पमतमा परेको ३० दिनभित्र अर्थात २५ वैशाखसम्म विश्वासको मत परीक्षण गर्न वा मार्गप्रशस्त गर्न निर्देशन दिनुपर्ने भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव ७ वैशाखमा प्रदेशसभाबाट पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?