ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

बुटवल, १८ वैशाख ।

मानवसेवा आश्रम बुटवलको संरक्षणमा रहेका असहाय, अनाथ, अभिभावकविहिन वालवालिकाहरुलाई लुम्बिनी केबलकार लिमिटेडले निःशुल्क केबलकारको यात्रा गराएको छ । बुटवल उपमहानगरपालिका वडा नं.–३ बमघाट देखि तिनाउ गाउँपालिका वडा नं.–३ बसन्तपुर पाल्पा सम्म सञ्चालित लुम्बिनी केबलकारले मानवसेवा आश्रममा रहेका असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरु समेत आश्रममा ती बालबालिकाहरुको रेखदेख गर्ने कर्मचारीहरु र स्वयंसेवकहरुलाई निशुल्क यात्रा गराएको हो ।

मानवको रुपमा जन्मिएर पनि सामान्य मानिस सरह जीवन बाँच्न नपाइरहेका, खुल्ला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका, स्वयम आफ्ना लागि केही गर्न नसक्ने अवस्थामा रहेका, संरक्षण र पालन पोषण गरिदिने कोही नभएका, सामान्य अभिभावकत्व समेत नपाई जीवन नै जोखिममा रहेका मानिसहरुलाई मानवसेवा आश्रमले संरक्षण, भरणपोषण र प्रवद्र्धन गर्दै आईरहेको रुपन्देही शाखाका प्रमुख सरु अधिकारीले बताइन् ।

अहिले मानवसेवा आश्रम लुम्बिनी प्रदेशमा रुपन्देही, दाङ्ग र नेपालगञ्ज गरी ३ वटा शाखा रहेको र तीनै वटा शाखामा गरी ३ संय २० जना रहेको र जसमध्ये सबैभन्दा बढी रुपन्देही शाखामा १ सय असी जना रहेको शाखा प्रमुख अधिकारीले बताइन् ।

मानवसेवा आश्रम सञ्चालनको मुख्य स्रोतको रुपमा विभिन्न व्यक्तिहरुले गर्ने मुट्ठी दान, जन्मदिन, विवाह वर्षगाठ उत्सव, पितृहरुको पृण्यतिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नति, पर्वहरु लगायत विभिन्न अवसर वा दिनहरुमा मानवीय सेवा भावले प्राप्त हुने नगद वा जिन्सि सहयोग एवं तीनै तहका सरकारहरुबाट प्राप्त हुने अनुदान सहयोग नै रहेको शाखा प्रमुख अधिकारीले बताइन् ।

अहिले बुटवल शाखामा रहेका १ संय ८० जनामध्ये एक संय १४ जना वृद्धबृद्धाहरु रहेको र जसमध्ये १६ जना असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरु रहेकामा ती मध्ये २ जना बौद्धिक अपाङ्ग रहेका छन् । सबै वालवालिकाहरु शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत रहेको मानवसेवा आश्रम रुपन्देही शाखाले जनाएको छ ।

बालबालिकाहरु भविष्यको कर्णधारको रुपमा रहेको र असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरुको सेवा गर्नु सबैको साझा दायित्व हुने भएकोले बालबालिकाहरुलाई केबलकारको निःशुल्क यात्रा गराईएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताए । उनका अनुसार यसका साथै लुम्बिनी केबलकार लिमिटेडले जेष्ठ नागरिक, मुटु तथा मृगौला पीडित नागरिकहरु, रक्तदाता समाजमा आबद्ध रक्तदाताहरु लगायत परोपकारी सामाजिक सेवामा आवद्ध सामाजिक संस्थामा आवद्ध सदस्यहरुलाई निःशुल्क केबलकारको यात्रा गराउने गरेको छ । लुम्बिनी केबलकार लिमिटेडको लुम्बिनी प्रदेशको बुटवलमा वटम स्टेशन र पाल्पा तिनाउँ गाउँपालिका वडा नं.–३ वसन्तपुर डाँडामा टप स्टेशन रहेको छ । बुटवल वाट १२ मिनेट केबलकारको यात्राबाट वसन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशनमा नेपालमा एक मात्र शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखि दक्षिण तर्फ नेपालको गौतमस्थल विमानस्थलका साथै भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्राबाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।

गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल हुदै केवलकारको माध्यमबाट तिनाउ–३ पाल्पा वसन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै १ हजार मिटरको उचाईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पाइएको छ । लुम्बिनी केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुबाट र भारतको उत्तर प्रदेशबाट दैनिक संयौको संख्यामा यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा रहेको केबलकार कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?