ट्रेंडिंग:

>> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन

इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

काठमाडौँ, १७ वैशाख । 

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो ।

सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको छ । शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् ।

मानव संसाधन विभाग (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार नौ हजार ४२८ जनाको नाम प्राप्त भएका छ । यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने शाखाले सूचनामार्फत स्पष्ट पारेको छ ।

सो शाखाका निर्देशक मैया कँडेलले रोस्टरमा रहेका नौ हजार ४२० नेपालीमध्ये इच्छुकले क्षेत्र परिवर्तन गरी सेवा क्षेत्रमा जान सक्ने जानकारी दिइन् । उनका अनुसार यसलाई नेपालले अवसरका रूपमा लिएको छ । रोस्टर परिवर्तन गरेर सेवा क्षेत्रमा गए पनि करार सम्झौता नभए रोस्टरको अवधिभित्र पुनः साबिकको क्षेत्रमा फर्कन पाउने विकल्पलाई अवसरका रूपमा लिनु पर्छ । सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्नेको नामावली २०२४ मे ३ तारिख सम्ममा कोरिया पठाउनुपर्ने र तत्कालै श्रम सम्झौता आउने शाखाले जनाएको छ ।

सो शाखाका अनुसार सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन । सेवा क्षेत्रमा हालसम्म कोरियाले नेपालबाट श्रमिक लिएको छैन । यो रोस्टर परिवर्तनपछि भने नेपालबाट पहिलो पटक सेवा क्षेत्रमा नेपाली कोरिया प्रवेश गर्न पाउने छन् ।

हाल रोस्टरमा रहेका कतिपय युवाको दुईवर्षे रोस्टर अवधि समाप्त हुने क्रममा छ । कति नेपालीलाई सेवा क्षेत्रमा लैजाने भन्नेबारे कोरिया पक्षले केही जानकारी दिएको छैन । कोरियाको सेवा क्षेत्रलाई अन्यभन्दा रोजगारीको राम्रो क्षेत्र मानिन्छ ।

यसअघि कोरियाको सेवा क्षेत्रमा चिनियाँ नागरिकले धेरै अवसर पाउने गरेका थिए । अन्य क्षेत्रको तुलनामा सेवा क्षेत्रलाई कम जोखिम र सजिलो कामको क्षेत्रका रूपमा मानिँदै आएको छ । रोस्टरमा रहेका कतिपय नेपालीको रोस्टर अवधि समाप्त हुने चरणमा रहेका कारण उनीहरूलाई क्षेत्र परिवर्तन गरेर भए पनि तत्काल रोजगारीको अवसर दिन लागिएको हो ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौँ युवाले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याललाई अनुरोध गर्दै आएका छन् । गुनासो प्राप्त भएपछि मन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक पटक छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?