ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

उपनिर्वाचनः आचारसंहितामा कडाई गर

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बैशाख १५ गते हुने उपनिर्वाचनको प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचनले खासगरी इलाम निर्वाचनमय बनेको छ । उम्मेदवारहरू अहिले जनताको घरदैलो गर्नमै व्यस्त देखिएका छन । मूख्य तीन दलका बीच हुन लागेको उपनिर्वाचनले देशकै ध्यान तानेको छ । उमेदवारसंगै दलका शीर्ष नेताहरू पनि घरदैलो कार्यक्रममा ब्यस्त छन । इलामको गाउँदेखि शहरसम्म उपनिर्वाचनको माहोल सिर्जना भएको छ । घरदैलो गर्दै उम्मेदवार निर्वाचनमा ब्यस्त भैरहँदा निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाई गरेको छ । आचारसंहिता उल्लंघन भैरहेको समाचार सार्वजनिक भएपछि यसपटक विगतमा भन्दा आचारसंहितामा कडाई गरिएको छ । दुई दिनपछि मौन अवधी सुरु हुँदैछ । उमेदवारमात्र होइन सञ्चार माध्यमहरूले पनि मौन अवधीमा मतदाता प्रभावित हुने अथवा उम्मेदवारको प्रचार हुने किसिमले समाचार तथा विज्ञापन प्रकाशन प्रसारण गर्न पाउने छैनन् । जति प्रचार गर्ने हो मौन अवधी सुरु हुुनु अगावै गर्नुपर्नेछ । निर्वाचन आयोगले मौन अवधिमा कुनैपनि किसिमको प्रचारप्रसार हुन नहुने र आयोगको आचारसंहिता अक्षरशः पालना गर्ने भनी दलहरूले प्रतिबद्धता पनि जनाएको स्मरण गराएको छ । तर, एकथोक भन्ने अर्थोक गर्ने दलहरूको विगतको परम्परा अहिले नदोहोरिएला भन्न सकिन्न । रातारात मतदातालाई प्रभावित पार्ने, यही अवधिमा उम्मेदवारहरूले मोटो रकम खर्च गर्ने, भोजभत्तेर खुवाउने, मतदाता किन्ने जस्ता क्रियाकलाप गरी मत आफ्नो पक्षमा पार्न दल तथा उम्मेदवारहरू र तिनीहरूका कार्यकर्ता नलाग्लान् भन्न सकिन्न । सुरक्षाको दृष्टिकोणले पनि यही अवधिमा सुरक्षा व्यवस्थापनलाई कमजोर पार्ने खेल पनि नहोला भन्न सकिन्न ।

गृहमन्त्री रबि लामिछानेले उपनिर्वाचन प्रचार प्रसारका क्रममा मतदातालाई प्रभावित गर्ने काम हुन सक्ने बताउँदै सरकार सुरक्षाका लागि प्रतिवद्ध भएको जनाएका छन । नागरिकको सुरक्षाको जिम्मा सरकारको भएकोले विभिन्न दल तथा उमेदवारले दिने आश्वासन तथा मतदाता प्रभावित गर्ने काम कुनैपनि अवस्थामा स्वीकार नहुने सरकारको भनाई छ । तर, सरकारले जति नै सुरक्षाको बन्दोबस्त मिलाएपनि नागरिकहरूलाई डराउन दिने, मतदातालाई प्रभावित गर्ने, आर्थिक प्रलोभन दिने र साँझमा मासु र मदिरामा लट्ठ बनाएर आफूतिर आकर्षित गर्ने काम रोकिएको छैन । यस बिषयमा सरकार भन्दा पनि स्थानीय स्तरबाट त्यस्तो दल र उमेदवारलाई बहिष्कार गर्ने काम भयो भने त्यो प्रभावकारी हुनसक्छ । निर्वाचन आयोगले पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि अपनाएको आचारसंहिता पूर्णरूपमा पालना भएको छ कि छैन भनेर आम नागरिकले पनि निगरानी राख्नुपर्दछ । आचारसंहिता अनुसार निर्वाचन केन्द्रको ३ सय मिटर वरिपरि दलहरूले यसअघि राखेको आ–आफ्नो निर्वाचन चिह्न तथा प्रचार सामग्री निकाल्नुपर्ने मात्र हैन, अब यस्ता प्रचार सामग्री यहाँ प्रदर्शन गर्नसमेत पाइँदैन । मतदानको समयमा भोट हाल्न आउँदै गर्दा गौंडा ढुकेर मतदातालाई प्रभावित पार्ने काम पनि विगतमा भएको थियो । यस बारेमा पनि यस्ता गतिविधि भए स्वयं मतदाताहरूले सुरक्षा निकायलाई खबर गर्नुपर्छ । निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने र आचारसंहिता उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही नगरे निर्वाचन निष्पक्ष ढंगले हुनेमा शंका उत्पन्न हुन्छ । तसर्थ आचारसंहितालाई कडाइका साथ पालना गर्नेतर्फ दलहरू जिम्मेवार बन्नुका साथै निर्वाचन आयोगले समेत कडाई गर्नु जरुरी छ । जेहोस उपनिर्वाचनले इलाम र बझाङमा चहलपहल बढेको छ । मतदातामा आफ्ना उम्मेदवारलाई जिताउने उत्कट अभिलाषा छ । त्यो अभिलाषा उत्साहमा परिणत होस् । निर्वाचनले दिने परिणामले मतदाता निरास हुनु नपरोस् । यद्यपि योग्य उम्मेदवार छान्ने मतदाताको आफ्नो अधिकार हो । तरपनि मतदाताले विवेक प्रयोग गर्ने बेलापनि हो । त्यसैपनि इलाम उपनिर्वाचन चर्चामा छ । इलामको उपनिर्वाचनले दिने परिणामले मतदाताको रुझान कतातिर छ भन्ने समेत स्पष्ट हुन्छ । अतः उपनिर्वाचन सफल बनाउनेतर्फ सरकार र निर्वाचन आयोगको मात्रै होइन, सवैको दायित्व र कर्तब्य हो भन्ने बुझ्नुपनि पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?