ट्रेंडिंग:

>> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या

युसीएमएस भैरहवाको २५ औं साधारणसभा

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

भैरहवा, १६ वैशाख ।

युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (युसीयमयस) शिक्षण अस्पताल) को ‘२५ औं वार्षिक साधारणसभा’ भैरहवामा सम्पन्न भएको छ । युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माको सभापतित्व तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले साधारण सभामा सहभागी शेयर सदस्यहरुबाट उठेका प्रश्न, जिज्ञासा लगायतका विषयहरुमा आफ्ना धारणा राखेका थिए ।

त्यस्तै अध्यक्ष रमेश शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदनसहितको आर्थिक विवरणहरु सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।

साधारण सभाले लर्डबुद्ध एजुकेशनल एकेडमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको केही शेयर प्राप्ति सम्बन्धी प्रस्तावलाई पारित गरेको छ । त्यस्तै संस्थाका अध्यक्ष रमेश शर्मा किर्गिजस्तानको अवैतनिक महावाणिज्यदुत नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना प्रस्ताव पनि पारित गरेको छ ।

सभामा युसीएमएसका निर्देशकहरु लोकहर्ष शाक्य, भेषराज अर्याल, संजिविनी ग्रुप अफ कम्पनीका जनरल म्यानेजर सन्तोष कुमार खनाल, युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.रविन्द्रमान श्रेष्ठ, नेपालगंज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.साधन मुखी, वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०५४ सालमा भैरहवामा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आफ्ना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता जाहेर गरेको छ । ’

हालसम्म यस कलेजबाट स्नातक कार्यक्रम अन्तर्गत एम.बी.बी.एस.मा २ हजार ५७, बी.डि.एस.मा ६ सय ७९, बी.एस्सी. नर्सिङ्गमा १ सय ९६, बि.एन.एस.मा १ सय ५, बी.फार्मेसीमा ९६, बी.एस्सी. एम.एल.टी.मा ४३, बी.पि.एच.मा ४७, वि.एस्सी. एम.आई.टी.मा ९, स्नातकोत्तर कार्यक्रम अन्तर्गत एम.डी./एम.एस.मा २ सय ३२, एम.डी.एस.मा ६६ र एम.एन.मा ६ गरी ३ हजार ५ सय ३६ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।

अस्पतालले प्रत्येक वर्ष करिब १ लाख ४० हजार ओ.पि.डी. बिरामी, ३५ हजार आई.पि.(भर्ना विरामी), ४ हजार ५ सय शल्यक्रिया, ६ लाख प्रयोगशाला परीक्षणमार्फत सेवा दिइरहेको युसीएमसएले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np