ट्रेंडिंग:

>> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’

अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

सल्यान, १८ बैशाख । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरूको लागि छुट्टाछुट्टै परामर्श गरेका हुन । कार्यक्रममा बिद्यालयका शिक्षकहरू पनि सहभागी थिए । दुई वटा माध्यामिक र एउटा आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थी र उनिहरूका अभिभावकहरूलाइ उत्प्रेरक परामर्श गरिएको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनले छोराछोरीलाई सही बाटो हिडाउन अभिभाकवको भूमिका प्रभावकारी बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले उनले बालबालिकालाई अभिभावकले पढाइमा प्रोत्साहन गर्न ऊर्जा दिनुपर्ने र सधैँ सकारात्मक सोचको विकास गर्नुपर्ने बताइन् । कार्यक्रम उद्घाटन सत्रमा बोल्दै वडा सदस्य टंक बहादुर वली, महेन्द्र माविका विव्यस अध्यक्ष शिव प्रसाद खत्री, त्रिभुवन जनता माविका प्रअ घनश्याम वली, महेन्द्र माविका शिक्षक मान बहादुर केसी, कालिका आविका प्रअ बालाराम वली लगाएतकाले बोल्दै विद्यार्थीको क्षमता उजागर गर्न अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

उत्प्रेरक कक्षामा सहभागि भएपश्चात त्रिभुवन जनता माध्यमिक बिद्यालय लेखचौरपानीमा कक्षा ८ मा अध्ययनरत छात्रा चन्द्रकला वलीले आफुले पहिलो पटक यस्तो कक्षा लिएको भन्दै गलत संगत गर्न नहुने, सकारात्मक सोँच राख्नुपर्ने लगाएतका धेरै विषयमा जानकारी पाएको बताइन् ।
विद्यार्थीको पढाई संगै वडाको शैक्षिक अवस्था सुधारका लागि टेवा पुग्ने उद्देश्य सहित अनुभवि उत्प्रेरक वक्ता मार्फत परामर्श कक्षा सञ्चालन गरिएको वडा सचिव दुर्गा बहादुर केसीले जानकारी दिए । कार्यपालिका सदस्य तिला घर्ति, वडा सदस्य डुम ब खत्री लगाएत विभिन्न विद्यालयका शिक्षकहरू पनि कार्यक्रममा सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?