ट्रेंडिंग:

>> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै

बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप

अवैध तरिकाले चिरान काठ बेचेको भन्दै वन कार्यालयले थाल्यो छानविन
१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

बुटवल,१७ बैशाख ।   कपिलवस्तुको एक फर्निचर उद्योगबाट कानुन विपरीत बेचिएका काठसहित पक्राउ परेका व्यक्तिलाई छुटाउन नेपाली कांग्रेसका नेताहरुको दौडधुप चलेको छ ।
बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले संचालन गरेको महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योगबाट दुई साताअघि कानुन विपरीत चिरान काठ बुटवल पठाउन लागेको समयमा गाडीसहित पक्राउ परेपनि गुपचुपमा मिलाउन नेताहरुको दौडधुप गरेका थिए तर कर्मचारीले जति दवाव आएपनि आफूहरु नफस्ने र कानुनी प्रकृया अघि बढाउने जनाएपनि यो विषय अगाडि बढेको हो ।
बुद्धभूमि नगरपालिकामा रहेका तीन सामुदायिक बन जुरपानी जयवन शक्ति बसन्तपुर सामुदायिक बन उपभोक्त समूहले उपभोक्ताको हित र समूहको लागि महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योग संचालन गरेका छन् । अहिले त्यो मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले सबै जिम्मेवारी लिएर संचालनमा ल्याएका छन् । यो फर्निचरमा समूहका काठ टाँचासहित आएर चिरान हुने पछि पनि टाँचा लगाएर बाहिर पठाउने गरिन्थ्यो । तर बैशाख १ गते नयाँ वर्षको दिन लु १ च ८२१७ नम्बरको बोलेरो जीपमा कानुन विपरीतका चिरान काठ बुटवल लैजाँदै गरेको अवस्थामा बुद्धभूमि नगरपालिका वडा नं ३ बाट चालक मधु न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको प्रकृयामा अघि बढाइएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । चिरान काठ ३८.७ घनफिट कानुन विपरीत बुटवल लैजाँदै गरेको अवस्थामा गाडीसहित बैशाख १ गते पक्राउ गरिएको र गोरुसिंगे सवडिभिजन कार्यालयले यसको अनुसन्धान गरिरहेको छ, कानुन विपरीत भए सोही अनुसार अघि बढने उनले भने ।
जुरपानी सामुदायिक बनका अध्यक्ष  शालिकराम बन्जाडेले तीनै सामुदायिक बनले संचालन गरेको फर्निचर उद्योग संचालनको सबै जिम्मेवारी मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले लिएको र आफूले बन कार्यालयका अनुसन्धान अधिकृतसँग पनि यथार्थ कुरा सबै बताएको जनाए । आफ्नो क्षेत्रभन्दा बाहिरको जिल्लामा बेच्न जान नपाइने कानुन थाहा नपाएर यस्तो भएको भन्ने आयो, अब जिम्मेवारी जसले लियो उसैले त बहन गर्नुपर्यो, हामीले गर्ने पहल गर्योै, सबैलाई नजानेर यस्तो भएको हो मिलाउनुस भनेर अनुरोध गर्योै तर सबैतिरबाट कर्मचारीलाई दवाव भएपछि छिटो अदालत पठाइदिएजस्तो लायो उनले भने–‘बनको मुद्दा अदालतमा पुग्यो, अब सबैलाई समस्या पर्यो, कति धेरै समूहको काठ मिलमा छ, अब मिलमा पनि ताला लाग्यो, वनको मुद्दा त्यति सजिलो पार लाग्दैन ।’ उनले फर्निचर उद्योगका संचालक दीपुले आफ्नो गाडीमा सामान नपठाएर भाडाको गाडीमा पठाएकाले पनि समस्या भएको बताए ।
दुई साताअघि पक्राउ परेपनि यसलाई आन्तरिक हिसाबले मिलाउने भन्दै सार्वजनिक गरिएको थिएन । कांग्रेस नेता तथा मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठलाई यो विषयमा जोगाउन पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्र आचार्यसहितका नेताहरुले निकै कसरत गरेका छन् । पक्राउ परेका चालक मधु न्यौपाने यसको भरिया मात्रै भएको, भ्याट बिल र कागज भएकाले सामान लिएर हिंडेकाले उनी निर्दोष रहेको दावी उनी निकटकाले गर्दै घटनाको सबै छानविन गरी दोषी पत्ता लगाउन आग्रह गरेका छन् ।
‘आफैले गल्ती गरेको विषयलाई अनावश्यक रुपले दवाव सृजना गर्न खोजियो, हामीले कानुनले जे भन्छ त्यही गर्ने हो, अनुसन्धान प्रकृयामा अगाडि बढेको छ’ वनका एक कर्मचारीले भने ।

Photo : File

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?