ट्रेंडिंग:

>> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड

नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

दाङ, १८ वैशाख ।

नीति निर्माण गर्दा र बजेट ल्याउँदा भौगोलिक विकटतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना, द एसिया फाउन्डेशनको सहकार्य र अपिल मिडिया प्रालिको समन्वयमा नीति, योजना र विकासमा जनसंख्या तथ्याङ्कको प्रयोग सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम दाङको भालुवाङमा भएको कार्यक्रमका सभासदले यस्तो धाराणा राखेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा बसाईसराई तीब्र रुपमा भएको बताए । पहाडका जिल्लाबाट तराईमा बसाईसराई भइरहेको छ । यसको कारण विषय विज्ञले अध्ययन गर्नुपर्ने बताए । सुबिधा र सेवा गाउँमा पुगिरहेको छ तर मानिस बसाइँसराइ गरेर शहरमा जाने क्रम बढेकोमा दुख व्यक्त गरे । गाउँमा जनसंख्या पातलो भएको छ । गाउँमा भएका मानिस सुबिधा खोज्नका लागि बसाइँसराइ धेरै भएकाले यसलाई कसरी रोक्न सकिन्छ यसमा सबैले चासो दिनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका तथ्याङ्क उपप्रमुख डा.हेमराज रेग्मीले नीति, योजना र विकासमा जनसंख्या तथ्याङ्कको प्रयोग विषयमा प्रस्तुति राखेका थिए । उनले तथ्याङ्कका आधारमा देशका नागरिकको अवस्थाको बारेमा जानकारी हुने र त्यसका आधारमा नीति प्रकृया, योजना बनाउन, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना र अध्ययन÷अनुसन्धानका लागि तथ्याङ्क आवश्यक रहेको बताए । उनले राष्ट्रिय जनगणना २०७८ का नतिजा र लुम्बिनी प्रदेशका १२ जिल्लाको जनगणना २०७८का बारेमा जानकारी दिएका थिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालय जनसंख्या विज्ञ पूर्व महानिर्देशक नेविनलाल श्रेष्ठले तथ्याङ्कले देशको अवस्थाको बारेमा जानकारी हुने बताए । यसले नेपालीको जीवनमा पक्षहरु जनसंख्याको आकार, प्रकार, संरचना, वितरण तथा विश्लेषण, आर्थिक अवस्था आदिका बारेमा चित्रण हुने बताए ।

लुम्बिनी प्रदेशका सभासद रामजीप्रसाद घिमिरेले जनसंख्या जहाँ धेरै छ त्यहाँ विकासका योजना धेरै लगिने गरिन्छ यसो नगरी विकास नपुगेका स्थान वा भुगोललाई पनि समेट्न जोड दिए । शहरमा जनसंख्या केन्द्रित गर्ने नीति राख्न नहुने बताए । शहरमा जनसंख्या थुप्रिने र गाउँघरका जमिन बाँझो रहने अवस्था आएको बताए ।

नेपाली काङ्ग्रेसका सचेतक निमा गिरीले डाटा सही आउन नसकेर देशमा विकास हुन नसेको बताइन् । उनले सही डाटा आएमा विकास र योजना अगाडि बढाउन सजिलो हुने बताइन् ।

अर्का सभासद बिष्णु पन्थीले गाउँगाउँमा बाटो, शिक्षा र स्वास्थ्यको सुविधा पुगेको छ तर मानिस रोजगारी वा अन्य सुबिधाका लागि बसाइ सर्ने गरेको बताए ।

अर्का सभासद वीरबहादुर राणाले योजना बनाउँदा पूर्व तयारी गरेर बनाउनपर्ने बताए । बसाँईसराइलाई रोक्नका लागि एकिकृत कार्यक्रम ल्याउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश नीति तथा योजना आयोगका सचिव खिमबहादुर कुँवर लगायतले आफ्नो धाराणा राखेका थिए । कार्यक्रममा द एसिया फाउन्डेसनका निर्देशक प्रनय स्थापित, अपिल मिडिया प्रालिका अध्यक्ष चेतन अधिकारी, वरिष्ठ पत्रकार शेखर अधिकारीलगायतले पनि बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?