ट्रेंडिंग:

>> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

आज मिति २०८१ साल बैशाख १८ गते मङ्गलवार । तदनुसार सन् २०२४ अप्रिल ३० तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४६। बैशाख कृष्णपक्ष, सप्तमी तिथि । उत्तरषाढा नक्षत्र । मानस योग। भद्रा करण। धनु राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ५.२७ / सूर्यास्तः १८.३६ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले तपाईको मन केहि चन्चल रहनेछ । आज महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो यात्रा हुन सक्ला। साहित्य लेखनको लागि शुभ दिन रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला । यात्राको आयोजना सफल हुने छैन। घरपरिवारबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। लेखन क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। उठ्न नसकेको पैसा हात लाग्नेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग खुशीसाथ दिन बिताउनुहुनेछ। साथै उपहार प्राप्त गर्नुहुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा चिन्ताको अनुभव हुनेछ। परिवारमा मतभेदका कारण पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनसक्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक कारोबारमा सफलता प्राप्त होला। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। वैवाहिक जीवन राम्रो रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला। स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण रमणीय रहला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ। छोटो दुरिको रमाइलो यात्रामा जाने सुअवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ ।स्वास्थ्यमा सुधारको अनुभव गर्नुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिएला। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आनन्दमा बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। नयाँ व्यक्तितर्फ आकर्षण रहनुको साथै उनीहरुसँगको भेट रोमाञ्चक रहनेछ। तपाईको विचार भने स्थिर रहनेछैन। प्रणय सम्बन्धमा सुखानुभुतिको अनुभव रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक हुनेछ। शीर तथा आँखा सम्बन्धि समस्या देखापर्ला। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको आजको दिन त्यति राम्रो छैन। आफन्त र साथीभाइसग वादविवाद हुन सक्ला। शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ । कुनै पनि जटिल परिस्थिति उत्पन्न हुन सक्छ जसले समस्यामा पनि पार्न सक्ला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?