ट्रेंडिंग:

>> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति

इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

बुटवल, १६ बैशाख ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद हुने भएको छ। बिगो रकमको दोब्बर जरिवाना हुने सजाय पनि तोकिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार उनलाई यो सजाय तोकेको हो। जसअनुसार, बिगो १२ करोड ८४ लाखको दोब्बर अर्थात् २५ करोड ६९ लाख ७५ हजार रूपैयाँ जरिवाना असुल्ने निर्णय भएको छ।

विभागले न्यौपानेसहित कलेजका तत्कालीन ९ सञ्चालकहरूविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपसहित चलाएको मुद्दामा सरकारी वकिलको कार्यालयले दाबी गरेअनुसारकै बिगो विशेष अदालतले निर्धारण गरेको हो। तर अदालतले अन्य प्रतिवादीहरूलाई भने सफाइ दिएको छ।

न्यौपानेविरुद्ध १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो। कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग थियो।

उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईविरुद्ध दुई करोड ७९ लाख र सूर्यबहादुर केसी (मृत्यु) विरुद्ध दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेविरुद्ध दुई करोड ४३ लाख र दीपक भट्टराई (मृत्यु) विरुद्ध ३६ लाख ५९ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग थियो।

त्यसबेला विभागले मृतक दुवैजनाको परिवारका सदस्यहरूलाई समेत विपक्षी बनाएर उनीहरूको सम्पत्ति जफत हुनुपर्ने माग गरेको थियो।

कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदरविरुद्ध मुद्दा हालिएको थियो। न्यौपानेलाई ठगी मुद्दामा पनि चलेको थियो।

न्यौपानेले दिएको घुस लिएपछि विवादमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए।

पाठक पनि घुस मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन्। तर, लिइसकेको घुसमा विशेष अदालतले लिने प्रयास (उद्योग) मात्र गरेको ठहर गरेपछि उक्त फैसला विवादित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?