ट्रेंडिंग:

>> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

‘समानतापूर्ण संसारको लागि मलेरियाविरुद्धको लडाईलाई तीब्र पारौं’ भन्ने नाराका साथ बुधबार विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । यो दिवस मनाउँदै गर्दा तराईमा औंलोले फेरी आफ्नो भयावह रूप देखाउने संभावना बढेको छ । आजभन्दा ५०–६० बर्ष अगाडि औलोकै कारण तराईमा बस्ने अवस्था नभएपछि धेरै मानिस तराईबाट पहाड सरेका थिए । अव फेरी यस्तैगरी औलो बढ्दै जाने हो भने पहाडबाट भैरहेको बसाईसराई फेरी पहाडतिरै फर्किन अवस्था आउन सक्छ । विश्वभर विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसको रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्वाकांक्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र एक बर्ष छ । यसमा पनि औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य भने चुनौतिपूर्ण छ । औलो नेपालको पुस्तैनी संक्रामक रोग हो । हाम्रा बाबु बाजेको पालामा औलोका कारण ठूलो क्षति भएको थियो । पहाडबाट तराईमा बसाईसराई गरेकाहरू पनि तराईमा औलोको डरका कारण फेरी पहाड नै फर्किएको धेरै उदाहरण छन । खुसीको कुरा के हो भने पहिलेको अवस्था अहिले भने छैन तर औलोको संक्रमण भने अझै हटिसकेको छैन । पछिल्लो समय औलोको जोखिम तराइमा मात्र होइन पहाड र हिमाली क्षेत्रमा समेत देखिएपछि यसको नियन्त्रणमा नयाँ रणनीति आवश्यक रहेकोमा चिकित्सकहरूले जोड दिएका छन ।

नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । अर्को चुनौति भनेको औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । नेपालमा औलोको जोखिम भारत लगायत तेश्रो देशबाट बढी भैरहेको छ । आयतित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन । नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । तसर्थ सवैभन्दा सुरक्षित तरिका भनेको यसको जोखिमबाट बच्नु नै हो । नेपालमा सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये ४७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए । त्यसअघि सन् २०१५ सम्म हजार भन्दामाथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको मृत्यु भएको थियो । सरकारको अवको चुनौति तराईबाट पहाड हुँदै हिमाली जिल्ला सर्दै गरेको औलोको नियन्त्रण हो । औलो नियन्त्रणका लागि नेपाल सरकारले दिर्घकालीन रणनीति अनुसार काम गर्नु आवश्यक छ । मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, तसर्थ हामी सबैजना सतर्क हुन जरुरी छ । औलो नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास त्यति प्रभावकारी नभएको गुनासो पनि छ । तसर्थ अवको दिनमा औलोको जोखिम बढ्ने अवस्थालाई नियन्त्रणमा लिन सरकारले अभियान नै सञ्चालन गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np