ट्रेंडिंग:

>> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो

विद्यालयमा शैक्षिक सामग्री वितरण

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

गैंडहवा ।

रुपन्देहीका सामाजिक अभियान्ताहरुले विद्यालयमा शैक्षिक सामाग्री वितरण सुरु गरेका छन । आफ्नो नास्ता खर्च कटाएर गरिब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण सुरु गरेका हुन् ।

अभियान्ताहरुले मंगलबार रूपन्देहीको कञ्चन गाउँपालिका १ लौसामा रहेको दुर्गा माध्यमिक विद्यालयका ६० जना गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सामाजिक अभियान्ताहरु डोलराज भण्डारीको नेतृत्वमा नेत्र लामिछाने, आनन्द गिरी, सुदर्शन अवधको टोलीले मंगलबार विद्यालयमा पुगेर विद्यार्थीलाई कापी, कलम वितरण गरेको हो । सामाजिक अभियान्ता डोलराज भण्डारीले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापि कलम वितरणको अभियान सुरु गरिएको बताए । जेहेन्दार तथा गरिब बिपन्न परिवारका विद्यार्थीलाई पढ्नको लागि सहयोग गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको उनको भनाई छ । रुपन्देही जिल्लामा रहेका १४२ जना अभियान्ताहरुले शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरणको लागि अभियान सञ्चालन गरिएको भण्डारीले बताए ।

कञ्चन गाउँपालिका वडा न. १ का वडा अध्यक्ष हरिनारायण थारूले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापी कलम वितरण गरेर अभियान्ताहरूले उदाहरणीय काम गरेको बताए । दुर्गा माविमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको बताउँदै उनले विद्यालयको भवन निर्माणको लागि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर कार्कीले गरिब तथा विपन्न वर्गका बालबालिका दुर्गा माविमा पढ्न आउने गरेको र शैक्षिक सामग्रीको अभावले पठनपाठनमा प्रभावित नहोस् भन्दै अभियान्ताहरुको सहयोग आएको बताए । विद्यालयमा प्रयाप्त भवन नभएको बताउँदै उनले भवन निर्माणको लागि समेत सहयोग गर्नको लागि आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक जागेश्वर अधिकारीले २०४८ सालमा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि १० कक्षासम्म ४ सय विद्यार्थी रहेको र भवनको अभावले पठनपाठनमा समस्या हुने गरेको बताए । यस्तै सैनामैना ९ भरैयाका अग्नि पीडितलाई पनि शैक्षिक सामग्री र पोशाक प्रदान गरिएको अभियान्ता आनन्द गिरीले जानकारी दिए । गरिबीको कारणले भर्ना हुनबाट बञ्चित रहेका बालबालिकालाई पनि विद्यालय भर्नाको सहयोग गरिने उनले बताए । विद्यालयका शिक्षक निर्मल अधिकारीले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?