ट्रेंडिंग:

>> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली

अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्राएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्राएर कलकारखाना, उद्योगधन्दा स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको हो । दुई दिन चल्ने सम्मेलनमा ९ खर्ब रूपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिएको छ भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन् । त्यसै त विगत दुई बर्षदेखिको आर्थिक मन्दी, रुस युक्रेन युद्ध र कोरोनाले निम्त्याएको संकटका बीच नेपालमा व्यावसायिक लगानीको वातावरण केही बर्षयता कमजोर बन्दै गएको बेला लगानी सम्मेलनले महत्वपूर्ण आशाको सञ्चार गरेको छ । विगतमा भएका लगानी सम्मेलनले केही आशाको सञ्चार गरेको थियो तर पछिल्लो विश्व आर्थिक मन्दी त्यसमा तगारो बनिदिएको छ । त्यसै त नेपालमा उद्यम गर्ने राम्रो वातावरण नै अहिलेसम्म तयार भएको छैन, त्यसमाथि बेलाबेलामा आईपर्ने झमेलाले समस्या निम्त्याउने गरेको छ । नेपालमा अहिलेसम्म भएका लगानी सम्मेलनले बाताबरण बनाउने प्रयास गरेपनि सरकारको नीति र नियम बाधकका रूपमा देखापरेको छ । त्यसै त नेपालमा हुने राजनीतिक खिचातानी र जालझेलको प्रत्यक्ष असर लगानीमा परिरहेको छ । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासावाहेक केही छैन । नेपालमा जारी राजनीतिक अस्थिरताका बीचमा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाईरहेका छन् । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । २०५२ साल यता मुलुकमा सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । बडो दुःखका साथ भन्नुपर्छ ऋण धन गरेर लगानी गरेको उद्योग व्यवसाय बन्द गर्नुपर्दा उद्योगीहरूको अवस्था कस्तो हुन्छ ? केही समय अघिसम्म मुलुकको आर्थिक क्षेत्रमा करिव २० प्रतिसत योगदान पु¥याएको नीजि क्षेत्रको योगदान अहिले झर्दै गएको छ । यस्तो अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कहाँ पुग्ला ? मुलुकको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले समयमै सोँच्न जरुरी छ ।

लगानी सम्मेलन सुरु भैरहेको आजको परिवेशमा नेपालमा अझैपनि नयाँ व्यवसाय दर्ता गर्ने प्रक्रिया झन्झटिलो रहेको छ । बिद्युतका लागि एक बर्षसम्म कुर्नुपर्ने अवस्था छ । कर्मचारीहरूले समयमा काम नगरिदिदा लगानीकर्ता निरास हुनुपर्ने अवस्था अझैपनि छ । नेपालका व्यवसायीहरूले सरकारलाई नियमित रूपमा तिर्नुपर्ने कर बुझाउनकै लागि मात्र वर्षमा ३ सय ३९ घण्टा समय खर्चनुपर्ने स्थिति रहेको छ । नेपालमा सहजताका साथ व्यवसाय गर्ने वातावरण बिग्रनुमा नियामक निकायहरूको नियमनकारी भूमिका विश्वका उदाहरणीय नियमनकारी निकायहरूको भूमिकाभन्दा धेरै फरक रहनु नै एक कारण हो । मुलुकमा लगानीयोग्य व्यवसायिक वातावरण धमिल्याउने सन्दर्भमा अन्य विभिन्न पक्षबाट सिर्जित समस्याहरू लामै समयदेखि कायमै छन् । तगाराहरू कायमै रहँदा सरकारले गरेको लगानी सम्मेलनले मात्रै केही हुँदैन । लगानीका लागि जबसम्म सहज र सरल प्रकृया हुँदैन तबसम्म नेपालमा जति नै लगानी भित्राएपनि विदेश लगानीकर्ता छोडेर जाने अवस्था हुने छ । तसर्थ लगानी सम्मेलन गर्दैगर्दा लगानीको बाताबरण तयार गर्नेतर्फ ध्यान दिनु जरुरी छ । लगानी सम्मेलनमा विश्वका करिब आठ सय विदेशी र चार सय नेपाली लगानीकर्ताले सहभागिता जनाएका छन । यो खुसीको कुरा हो । लगानी सम्मेलनले काठमाडौं दुलहीजस्तै सिंगारिएको छ । तर, सहर जति नै सिंगारेपनि जबसम्म लगानीको वातावरण हुँदैन तबसम्म लगानीको वातावरण तयार नहुने भएकोले लगानीमैत्री वातावरण तयार गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?