ट्रेंडिंग:

>> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड
राजधानीकै दुर्गम गाउँः

दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी

कम्तिमा पनि दमकल पुग्ने सडक भएको भए यति धेरै क्षति नहुने नागरिक समाज दाङका संयोजक निम बहादुर थापा बताउँछन । उक्त आगलागीको घटनावारे जानाकारी नै नभएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव खिमानन्द ज्ञवालीले बताए ।
१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

लमही, १७ बैशाख । लुम्बिनी प्रदेशको राजधानीमा दमकल समेत गाउँ जाने बाटो बन्न नसक्दा डढेलोले सिंगो गाउँ नै सखाप बनाएको छ । देउखुरीको स्थानीय सरकारसँगै प्रदेश सरकार भएको गाउँमा दमकल नपुग्दा स्थानीय आफ्ना घर आफै अगाडि जलेको टुलुटुलु हेर्न बाध्य भएका छन् । राजपुर ७ हाडबासमा भएको घटनाले प्रदेश राजधानीलाई नै गिज्याएको छ ।

आइतबार लुम्बिनी प्रदेश राजधानी देखि करिब १ सय किलो मिटरको दुरिमा भीषण आगलागी हुँदा २५ बढी घर–गोठ जलेर नष्ट भए । गोठ सहित अरू क्षतिको एकिन भएको छैन । जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप बनायो । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीकै आँखा अगाडि गाउँ सखाप भयो । उनी भन्छन–‘हाम्रो अगाडीनै घर–गोठहरू जलिरहेका छन् । गोठहरू कति जलेका छन् एकिन भएको छैन, तर २५ घर जलेर नष्ट भए, क्षतिको बिवरण आएको छैन अध्यक्ष बुढाथोकीले भने । अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाका सबै गाउँमा सडक सन्जाल पुराउने नारा सहित निर्वाचित भएका थिए । निर्वाचन भएको २ वर्ष पूरा हँुदा सम्म पनि विकट पालिका भएका कारण प्रदेस सरकारले सहयोग नगरेको गुनासो गरे ।
कम्तिमा पनि दमकल पुग्ने सडक भएको भए यति धेरै क्षति नहुने नागरिक समाज दाङका संयोजक निम बहादुर थापा बताउँछन । उक्त आगलागी घटनामा पुगेका पालिका अध्यक्ष बुढाथोकीको सडक नभएकै कारण क्षति भएको तर्फ ध्यानाकर्षण हँुदैन बरु राहतको लागि पालिकाबाट आइतबारै अग्नि पीडितहरूलाई खाद्यान्न स्वरूप राहत प्रदान गर्न नेपाल रेडक्रस सोसाइटी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, भिटा परियोजनालाई राहत संकलन कार्य गरिदिन आग्रह गर्छन ।

उता लुम्बिनी प्रदेश सरकार उक्त आगलागीको घटनावरे जानाकारि नै नभएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव खिमानन्द ज्ञवालीले बताए । यो पहिलो घटना होइन केही दिन अगाडि राजपुरका आधा दर्जन र लमही नगरपालिका–९ तेलियामा वनको डडेलो गाउँमा पसेर ३ धर जकेर नस्ट भएका थिए भने एक बृद्दको आगलागीमा परेर ज्यान गएको थियो । एक पुरुषले आफ्नो घर जोगाउन घरको धुरिमा पानीको बाल्टी राखेर बसेको कारुणिक दृश्य देखियो ।

चैतको दोस्रो साता देखि देउखुरीका अधिकांश वनमा डडेलो सुरु भएको हो । आगलागीबाट केही सामुदायिक वनमा कटान मुद्दान गरि घाटगद्दी गरिएका करडौका काठ, जरिबुटी नष्ट भैअहेका छन । तर सरोकारवाला निकायहरू स्थानीय, प्रदेश सरकार, वन डिभिजन कार्यलयहरू मौन देखिन्छन । आइतबार भएको आगलागीको क्षतिको विवरण भने यकिन नभएको आगलागी भएको स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरूको सक्रियतामा कुवाको पानीमा मोटर जडान गरि आगो निभाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख (प्रहरी निरीक्षक) नवीन वलीले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?