ट्रेंडिंग:

>> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना

भ्रुण पहिचानको नाममा बढ्दै अपराध

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

केही दिनअघि सार्वजनिक भएको स्वास्थ्य तथ्याँकले लिंग पहिचानको नाममा बालिकाहरूको भ्रूणमै हत्या हुने गरेको देखाएको छ । यो गंभीर चिन्ताको बिषय हो । भ्रुणभित्र पहिला छोरा छोरी पहिचान गर्ने र छोरी भए गर्भ तुहाउने काम मानवका लागि शोभनीय हुँदै होइन । यो क्रम बढ्दै गएको र यसले सामाजिक जीवनमा ठूलो खाडल उत्पन्न गर्ने देखिएको छ । पछिल्लो १० बर्षयता नेपालमा बालिकाहरूको संख्यामा कमी आउँदै गरेको कुरा राष्ट्रिय जनगणना २०७८ ले औंल्याएको छ । त्यसको प्रमुख कारण भनेको भ्रूण पहिचान गरि छोरी भए गर्भपतन गर्ने गंभीर अपराध देखिएको छ । समाजलाई नै लज्जित बनाउने यस्ता जघन्य अपराधका घटना बारम्बार दोहोरिँदै आउनु गम्भीर चिन्ताको विषय हो । केही क्रूर मानसिकता बोकेका नरपिशाचबाट हुने भ्रुण हत्याका घटनाले समाजलाई नै स्तव्ध बनाएको छ । छोरा भए राख्ने र छोरी भए गर्भपतन गराउने जुन पछिल्लो संस्कार विकास भैरहेको छ यसले मुलुकको जीवनचक्रमै असन्तुल सिर्जना गरिदिने देखिएको छ । सभ्य समाजमा यस्तो कुरा त परको बिषय हो । कुनैपनि प्रकारको यौनजन्य हिंसा सह्य हुँदैन । छोरी भ्रूणमा हुनु पनि अपराध भैरहेको छ । कस्तो बिडम्वना छोरीलाई गर्भमै मार्न थालिएको छ । आखिर छोरीमाथि किन यति निर्मम बनिरहेको छ नेपाली समाज ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच बर्ष भयो । अपराधी अझै पत्ता लाग्न सकिरहेको छैन । गृहमन्त्री रबि लामिछानको पहिलो प्राथमिकतामा परेको यो काण्ड सेलाएको छ । गृहमन्त्रीको प्रतिवद्धता हावामै उडेको छ । छोरी भएकै कारण निर्मलाको बिभत्स हत्या भएको कुरामा दुई मत छैन । हरेकपटक परिवर्तन हुने सरकारले अपराधी पत्ता लगाउने दाबी त गर्छ तर अपराधी पक्राउ परेको कुनै संकेतसम्म देखिदैन । जुन समाजमा व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुँदैन, त्यस मुलुकमा सरकार सामाजिक सुरक्षा र समृद्धिको कुरा गर्छ भने त्यसलाई लज्जास्पद मान्नुपर्छ । वास्तवमा अहिले बढ्दोरूपमा देखिएको भ्रूण हत्याको अपराधलाई निस्तेज गर्नेतर्फ प्रयास जरुरी छ । सामाजिक विकृति बढ्दै छ । न्यायको कुरा मर्दैछ ।

बालिकाहरू गर्भमै हुँदा मर्नुपर्ने कस्तो बिडम्वना छ १ छोरा पाउने नाममा लिंग पहिचान गर्दा छोरीहरूको हत्या भैरहेको छ । यो क्रम बढ्दो छ । यस्तो अपराधमा संलग्नमाथि हदैसम्मको कारवाही जरुरी छ । खासगरी पैसाको लोभमा स्वास्थ्यकर्मीहरू यो काममा बढी नै लागेका छन । स्वास्थ्यकर्मीहरूले भ्रुण पहिचान गर्न रोकिदिए भने यो समस्या समाधान हुन्छ तर पैसाको नाममा स्वास्थ्यकर्मीहरूबाट ठूलो अपराध भैरहेको छ । यहीकारण छोरी जन्मने क्रम छोराको तुलनामा आधा बढीले घटेको छ । निश्चितरूपमा यस प्रकारका कृयाकलापले समाजलाई नै असन्तुलित बनाउने छ । भूण हत्याको असर सृष्टिमै पर्ने अवस्था आउने छ । अहिले जसरी छोरा भए राख्ने र छोरी भए गर्भमै हत्या गरिदिने प्रवृत्ति देखिएको छ । यो गंभीर चिन्ताको विषयमा सम्बन्धित निकायको गंभीर ध्यानाकर्षण होस् । खासगरि नेपाल सरकारले भ्रुण पहिचान गर्ने काम तत्काल बन्द गराउन पहल गरोस् । यस प्रकारका कुकर्ममा जो संलग्न छ, उसमाथि कारवाही गरोस् । गर्भको भ्रुण पहिचान गर्ने काममात्र होइन भ्रुण पहिचानपछि गर्भपतन गराउने काम समेत बन्द गर्नेतर्फ सरकारको ध्यान जाओस् । यस्ता काममा संलग्नमाथि कडा कारवाहीको व्यवस्था नगरेसम्म यस प्रकारका कु–कृत्य कम नहुने भएकोले सम्बन्धित निकायको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np