ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो >> पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपियाँ घट्यो >> बुटवल टाईगर्स राउण्ड टेवलद्वारा शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण >> पहिले गाउँमा मोही मागेर खान्थ्यौं, अहिले पानी >> पाल्पाको निस्दीमा जिप दुर्घटना १४ जना घाइते >> सिद्धार्थ गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश >> अन्तत: सन्दीप लामिछाने निर्दोष ठहर,क्रिकेटप्रेमी र आम सर्वसाधारणमा छायो खुशी >> रगत खपत घटाउने बिकल्प खोजौ

आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

लमही, १८ वैशाख ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँबासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटना प्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ ।

बैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २४ घरगोठ जल्दा दर्जनौ चौपाया, पंक्षी मर्नुका साथै अन्नपात, लत्ता कपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटना प्रति दुख व्यक्त गर्दै पीडित गाउँलेहरुको उद्धारपछिको उचित राहत व्यवस्थापनमा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ

‘सिंगो गाउँ विपदमा परेर दुख व्यहोरि रहेको यो विषम् परिस्थितिमा नागरिकलाई बचाउने कार्यमा सरकारको तर्फबाट दैविप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्वद्ध सरोकार सबैलाई मानवीय सहायतामा जोडिन हार्दिक अपिल गर्दछौँ’, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात गरेर उदारमनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था, व्यापार संघ, रेडक्रस, उद्योगी, व्यवसायी एवंम् सबै मनकारीहरुमा नागरिक समाज दाङले अनुरोध गरेको छ ।

आगलागीका कारण गाउँबासीको बसाइँ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज उपलब्धतामा पनि ध्यान दिन आग्रह गरेको छ । आगलागीका कारण गाउँबासीहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ ।

विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना बिस्थापन गरी टीन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपदबाट ठूलो मात्रामा क्षति भईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो बिस्थापन कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराईएको छ ।

बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए ।

साथै, नागरिक समाजले आगलागीको घटना लगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियाबासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?