ट्रेंडिंग:

>> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर

नेपालले विश्वकपमा छनोट हुन यूएईको सामना गर्ने

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

काठमाडौँ, १६ कात्तिक ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित हुँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो।

नेपालविरुद्धको जितले ओमान समूह ए को विजेताको रुपमा फाइनलमा पुगेको छ।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन मात्र बनाउन सक्यो।

विवेक यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक स्थितीमा ल्याएका थिए।

विवेकले २३ बलमा ५ चौका हान्दै ३९ रन बनाउँदा विलाल खानको बलमा आयान खानको हातबाट क्याच आउट भए।

घरेलु टोलीलाई कम स्कोरमा रोक्न ओमानका शकिल अहमद, मेहर खान र अकिब इलियासले समान २ विकेट लिए। विलाल खान र जेसन मक्सुदले समान १ विकेट लिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको २६ रन नै सर्वाधिक बन्यो। १८ बलमा१ चौका र ३ छक्का हानेका भुर्तेल मेहर खानको बलमा बोल्ड भए।

सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोरा समान १२ रनमा पवेलियन फर्के। कुशल मल्ल १० र आशिफ शेख ५ रनमा आउट भए। गुलसन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि करण केसी एक्लैले तिन विकेट लिए। करणले आफ्नो स्पेनलमा ४३ रन दिएर ३ विकेट लिए।

सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। किफायती बलिङ गरेका सोमपालले आफ्नो स्पेलमा मात्र १६ रन खर्चे। सन्दीपले ४ ओभरमा ३० रन दिए।

गुलसन झा र अविनास बोहोराले समान १ विकेट आफ्नो नाममा गरे।

लेग स्पिनर सन्दीप लामिछानेले चौधौं ओभरमा लगातार २ विकेट लिर्दै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए।

सन्दीपले चौधौं ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ रन बनाएका आयान खान सन्दीपको बलमा बोल्ड भए।

सोही ओभरको दोस्रो बलमा मेहन खान सन्दीप कै बलमा एलबीडब्लु धरापमा परे।

करणले २० औं ओभरको तेस्रो बलमा करिमुल्लह लाई ५ रन बनाउदा सोमपाल कामीको हातबाट क्याच आउट गराए।

करणले १८ औं ओभरको तेस्रो बलमा नसिम खुसीलाई क्याच आउट गराए। १४ बलमा २ चौका र २ छक्का हानेका उनले २५ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट भए।

अविनासले पन्र्धौ ओभरको चौथो बलमा कप्तान जेसन मक्सुदलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। मक्सुदले २६ बलमा १ चौका र ३ छक्का मद्धतमा ३२ रन बनाएर आउट भए।

त्यसअघि छैटौँ ओभरको चौथो बलमा सोमपालले शोयब खानलाई शुन्य रनमा नै बोल्ड आउट गरे।

पाचौं ओभरको अन्तिम बलमा गुलसन झा ले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए।

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे। अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np