ट्रेंडिंग:

>> कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै >> वडा नं. ३ लाई उजिरसिह वडा कप क्रिकेटको उपाधि >> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो

निर्वाचनको जानकारी दिन विद्यालयमा चुनाव

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

विद्यार्थीहरु लामबद्ध उभिएका छन् । ठाउँठाउँमा मतपेटिका राखिएका छन् । मतपत्रमा छाप लगाउँदै विद्यार्थीहरुले मत हाल्दै गरेका देखिन्छन् । यो दाङ घोराहीको शान्ति निकेतन विद्यालयमा देखिएको दृश्य हो ।
विद्यार्थीहरुलाई निर्वाचन कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको निर्वाचनमा विद्यार्थीहरुले क्याप्टेन र भाइस–क्याप्टेन चयन गरेका छन् । बुधबारदेखि सुरु भएको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार भएको मतदानमा कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो प्रतिनिधि चयन गर्नुका साथै निर्वाचन प्रक्रियाका बारेमा जानकारी प्राप्त गरेको बताएका छन् । पुस्तकमा पढ्दा निर्वाचन कार्यक्रमबारे स्पष्ट हुन नसकेको बताउँदै विद्यार्थी साजना थारु कुमालले प्रयोगात्मक रुपमा निर्वाचन गर्दा सवै प्रकृया बुझेको प्रतिकृया दिईन् । “पुस्तकमा भएको ज्ञान भदा व्यवहारिक ज्ञान प्रभावकारी हुने रैछ” कुमालले भनिन् । निर्वाचनको बारेमा धेरै सुनेको बताउँदै कक्षा ६ की अर्की विद्यार्थी सुजाता पोख्रेलले स्वयं निर्वाचनमा सहभागी भएर यसलाई नजिकबाट बुझ्न पाएको बताईन् । “चुनाव आउँदा नेताहरु भोट माग्न आएको देखेकी थिएँ, किन घर घर आउँछन् भनेको त आज आफु सहभागि हुँदा प्रष्ट भयो” पोख्रेलले भनिन् । आज विद्यालयमा चुनावको कार्यक्रम राखेकोले सहभागी भएर जान्न पाएकोमा विद्यार्थी सुजाताले खुशि ब्यक्त गरीन् । “सुनेको र देखेको भन्दा आफै सहभागी हुँदा धेरै कुराहरु सिकिने रहेछ र बिर्सिदो पनि रहेनछ” पोख्रेलले भनिन् ।
उनीहरु त उदाहरण मात्रै हुन् । विद्यालयका १ सय ४६ जना विद्यार्थीहरु निर्वाचनमा सहभागी भएर धेरै कुरा सिकेका छन् । विद्यार्थीहरुले निर्वाचन प्रक्रिया मार्फत् ४ वटा क्याप्टेन र भाईस क्याप्टेन पदमा उम्मेदवारी दिएका ८ जना विद्यार्थीबाट २ जनालाई छानेका छन् । निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिन गत वर्षदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले जानकारी दिए । “यस कार्यक्रमबाट विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा बुझाउन सजिलो भएको छ” पौडेलले भने । विद्यालयका हरेक गतिविधिमा विद्यार्थीहरुलाई जोड्दै आइएको भन्दै प्रिन्सिपल पौडेलले निर्वाचन कार्यक्रमले २ वटा फाइदा दिएको बताए । एकातिर विद्यार्थीहरुले निर्वाचन प्रक्रियाका बारेमा बुझ्न सक्छन् भने अर्कोतर्फ क्याप्टेन र भाइस–क्याप्टेन मार्फत् विद्यालयका गतिविधिमा विद्यार्थीहरुको सहभागीता जुटाउन मद्दत पुग्ने पौडेल तर्क गर्छन् ।
विद्यालयका प्रबन्ध निर्देशक एवं मुख्य निर्वाचन अधिकृत सुनिल गौतमले मतदानवाट ममता बस्नेत क्याप्टेनमा र सुदन भण्डारी भाईस क्याप्टेनमा विजयी भएको जानकारी दिए । गौतमका अनुसार बस्नेतले ७८ मत ल्याएकी थिईन् भने उनका प्रतिद्वन्दी अस्मिता पौडेलले ५१, समिक्षा भण्डारीले १३ र मनिका पोख्रेलले २ मत ल्याएका थिए । त्यस्तै भाइस–क्याप्टेनमा विजयी भण्डारीले ५५ ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी समुद्र ओलीले ४०, प्रकाश खनालले ३३ र प्रदिप अधिकारीले १७ ल्याएको थिए । मतदान प्रकृयामा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएको भन्दै निर्वाचन अधिकृत गौतमले ९४.८० प्रतिशत मत खसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?