ट्रेंडिंग:

>> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा

विद्या कसम

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

वसन्त पोखरेल

मलाई राम्रो सम्झना छ एकपटक खेतबाट धानको पाँजा गायब भएपछि छिमेकी मानबहादुरले चोरको आरोपमा नरे दर्जीलाई आँगनमा उभ्याए । नरेको चरित्रमा गाउँघरमा चोरी गर्ने छाप लागेको थियो । त्यो छाप हामीमा पनि परेको थियो । गाउँघरका मानिसले जे जसो भन्छन् त्यहि कुरा सुन्ने र त्यहि छाप हाम्रो दिमागमा पनि भरिने कुरा भयो । त्यो अर्थमा हामीले नरेलाई भेट्दा सासै सासको भाखामा ऊ चोर आयो भन्ने गथ्र्यौं । यद्यपि उसले हाम्रो केही पनि चोरेको थिएन । नरेलाई आँगनमा उभ्याइएको थियो । मानिसहरु खिरिम्म जम्मा भएका थिए ।
तैँले नचोरेर कसले चोर्छ हँ ? कहाँबाट चामल आयो र तेरो भान्सामा भात पाक्यो ? मैले बुझेछैन भन्याछस् ? तेरो छोरालाई के खाएको भनेर सोध्दा भात खाएको भन्याथ्यो । भात कहाँबाट पाक्यो खेतै नभएको मानिसको घरमा ? मेरो खेतबाट धानको पाँजा हराउनु, तेरो भान्सामा भात पाक्नु ल भन् त तँ चोर होस् कि हैनस् ? तामा तुलसी भकाउँछु । मानबहादुर कड्के ।
नखाएको बिष त लाग्दैन हो बराजु । म माडीखोलातिर काम खोज्न गएको थिएँ । धान काट्ने काम मिल्यो । तीन दिनसम्म काम गरेर ज्याला बुझेर दुकानबाट चामल किनेर ल्याएको हो । नपत्याए प्रभुदयालको दुकानमा सोधे हुन्छ । नरेले सफाइ दियो ।
यसलाई तामा तुलसी नभकाई भएन । आज मानबहादुरको पाँजा हरायो । भोलि अरुको हराउँछ । चोर त पत्ता लाग्नुपर्यो नि । प्रेमनारायणले कुरा थपे । नरेले हुन्छ भकाउनुस् भनेर स्विकारोक्ति दियो । भित्रबाट तामाको अम्खोरा र मैराबाट तुलसीको पात ल्याएर नरेलाई छुन पठाउँदै कसम खान लगाइयो । नरेले कसम खायो । मानबहादुरले प्रभुदयालको दुकानमा सोधे । नरेले एक पाथी चामल किनेर लगेको प्रमाणित भयो । मानबहादुर आफै लज्जित भए ।
हामी टुकुर टुकुर विद्यालयमा पढ्न जाने क्रममा ठूला तरेलीका विद्यार्थीले निकै कसम खान्थे । उनीहरुको कसम हुन्थ्योः बिद्या कसम । मेरो कापी कल्ले लग्यो हँ, तैँले लग्याहोलास् भनेर कसैले किटेर कसैलाई भन्यो भने उसले विद्या कसम मैले तेरो कापी देखेको पनि छैन भन्थ्यो । पढ्न जाने केटा केटीहरुले त यसो भन्थे नै, उनीहरुको कसम सुनेर स्कूलको मुख नदेखेकाहरुले पनि बिद्या कसम भनेर कसम खान्थे । तामा तुलसी भाक्ने देखि विद्या कसमतिर कसमले फड्को मार्यो । स्कूलहरुमा विद्या कसमले निकै प्रख्याति पाएको थियो । हामीले पनि कसैले आरोप लगाउँदा यहि कसम खान्थ्यौँ ।
देशअनुसारको भेष भने झैँ कसमका पनि ठाउँअनुसारका बान्की हुन्थे । कसैले सूर्य नारायणले भष्म पारुन् भनेर कसम खान्थे । कसैले आजको रात काट्न नपाम् भन्थे । कसैले एक पाइलो सार्न नपाम् भन्थे । कसैले नजिकैका ख्याति चलेका मन्दिर, थान आदिलाई छोएर ती देउताले भष्म पारुन् भन्थे । कतिले छोराछोरी भन्न नपाम् भन्थे । कतिले बाबुआमा भन्न नपाम् भन्थे । साँझको बेला छ भने बत्ति छोएर कसम खान्छु मैले त्यो गरेकै हैन भन्थे । थरि थरिका कसम यी कानले सुनियो र कतिपयबेला आफूले पनि खाइयो । आवश्यकता र परिस्थितिमा कसम खानु र खुवाउनु पनि पर्दोरहेछ । जब कसैले कसम खान्थ्यो त्यसपछि विश्वस्त भइन्थ्यो कि त्यो मानिसबाट गलत काम भएको छैन ।
आजभोलि अदालतका कठघरामा जब कसैलाई बयान लिन थालिन्छ त्यो मानिसको अगाडि गीताको पुस्तक राखेर हातले छुन लगाईः म जे भन्छु सत्य कुरा भन्छु, सत्यबाहेक अरु केही भन्दिन भन्न लगाइन्छ । त्यो पनि कसम हो । साँचै भन्ने हो भने यो देशको सम्बिधानले मान्यता दिएको कसम हो । यो कसम खाएपछि असत्य कुरा बोल्न हुँदैन भन्ने मानिसलाई छाप परेको छ । गीताको कसम खाएको कारणबाट असत्य बोल्न मानिस डराउँछ । कसम ख्वाएपछि वकिलहरुले अनेकखाले प्रश्नहरु सोध्न थाल्छन् । उल्टो, सुल्टो, घोप्टो, उत्तानो, चेप्टो, सोझो अनेकथरी प्रश्न सोध्छन् । एउटा प्रश्नको पूरा उत्तर दिन नपाउँदै अर्को प्रश्न सोधिसक्छन् । विचरालाई हायल कायल पारिदिन्छन् । उनीहरुले कसम नखाएको कारणले हुन सक्छ अनेक तरहका प्रश्न सोध्न छुट पाएका छन् । त्यसमाथि झन् न्यायाधीशहरुले पनि गीता छोएर कसम खान नपरेकै कारणले हुन सक्छ अन्याय गर्नेको पक्षमा न्याय दिन्छन् । अन्यायमा परेकालाई सजाय ठोक्छन् । वास्तवमा वकिल, न्यायाधीशलाई पनि बहर पैरबी गर्दा, फैसला गर्दा गीतामाथि हात राख्न पठाएर दिनदिनै कसम ख्वाउनु पर्ने हो । तर, उनीहरु त अरुलाई कसम ख्वाउने वर्गका परे । यसकारण पनि होला नेपालमा न्याय निसाफको अर्धमृत्यु भएको छ ।
कुनै पनि नयाँ सरकार गठन हुन थाल्छ त्यतिबेला नवनियुक्तहरुलाई सपथ खान पठाइन्छ । त्यसरी ख्वाइने सपथ पनि कसम नै हो । यो कसमले पनि सम्बैधानिक मान्यता पाएको छ । त्यो कसममा देशको हित गर्ने कुरा, कुनै पनि गलत काम नगर्ने कुरा, सम्बिधानलाई सर्बोपरी मान्ने कुरा, अनुशासन, आचरणमा शुद्धता राख्ने कुरा, देशलाई भ्रष्टाचारबाट मुक्त राख्ने कुरा, गोपनीयताका कुरा समेटिएको हुन्छ । यो सार्बजनिक रुपमा खाइएको कसम हो । कसम त खाइन्छ । तर, भ्रष्टाचार नगर्ने यहाँ कुनै पदाधिकारी नै छैन । कसैको पनि अनुशासन, आचरणमा शुद्धता भेटिँदैन । देश र जनताको हित त यिनीहरुले कति गरे कति अहिलेसम्मको मुलुकको हुलिया नै प्रष्ट देखिने साछी छ । कसम पनि खाइरहेकै छन् । र, कसमले आदेश नदिएको काम पनि गरिरहेका छन् । कसम खानु त लत लागेका मानिसले पान सुपारी खाएजस्तो भई रहेको छ । अथवा बच्चाहरुले चुइंगम र चक्लेट खाएसरह भई रहेको छ । घुस खाने गोपनीयता बाहेक अरु सबै गोपनीयता यिनीहरुबाट भंग भई रहेका छन् ।
मैले जीवनमा एकचोटी झुठो कसम खाएको छु । झुठो कसम खानुपर्ने वाध्यता आइपर्यो । भयो के भने आफ्नो कलम थिएन, अर्धबार्षिक परीक्षा चल्दै थियो । बाबाको कलम चोरेर परीक्षा दिन गएँ । मागेर लानुपथ्र्यो । त्यहाँनिर गल्ती भयो । आफूले अलि छिटै लेख्ने बानी थियो । दुई घण्टाको जाँचमा एकै घण्टामा सबै प्रश्नको हल गरियो । किन बसीराख्नु भनेर कापी बुझाएर घर फर्कने क्रममा कलम बाटोमा हरायो । झोलामा कलम हालेको हो त्यो थाहा छ । तर, घर आइपुग्ने बेलामा झोला छाम्दा कलम फेला परेन । झोलाको पिँदमा हेर्दा प्वाल परेको रहेछ । त्यहि प्वालबाट कहाँ खसेछ थाहै पाइन । अब कसरी घरमा जानु ? धर्मसंकटमा परियो । नजिकै खसेको छ कि भनेर खोज्न पनि गइयो । तर, फेला परेन । कसैले जिप्टाएको भए पनि किन दिन्थ्यो र खखर्ति लेख्ने राइटर कलम । घरमा आउँदासाथै बाबाले कलमको कुरा उठाइहाल्नु भयो । त्यसको पनि कारण रहेछ । एकजना मानिसको चिना लेखिदिनु पर्ने । कलम गायब छ । लगिस् कि भनेर सोध्नै पर्यो । मैले हैन भनेँ । बच्नको लागि कसम नै खाइदिएँ । विद्या कसम भनेँ । सूर्य नारायणले भष्म पारुन् भनेँ । बाबाले चित्त नबुझेर झोला छाम्नु भयो । केल्ले लेखेर परीक्षा दिइस् त भन्दै सोध्नुभयो । कैयौँ दिन देखि साथीको कलम माग्दै लेख्दै बुझाउँदै गरेको कुरा भनेँ । कसम खाएको कारणबाटै होला बाबाले त्यसअगाडि केही भन्नुभएन । बरु दिउँसो घर फर्कंदा नयाँ कलम ल्याइदिनु भयो ।
त्यतिबेला गल्ती गरेर पनि कसम खाएकोमा निकै डर लाग्यो । कतै सूर्य नारायणले भष्म पार्ने त हैनन् भन्ने भयो । विद्या कसम खाएकोले परीक्षामा फेल भइने त हैन भन्ने डर लाग्यो । तर, परीक्षाको रिजल्ट राम्रो आयो । सबै विषयमा पचास कटेको थियो । सूर्य नारायणले पनि भष्म पारेका छैनन् आजका मितिसम्म । त्यसपछि लाग्यो कसम भन्ने कुरा पनि केही रहेनँछ । यो जाबो खानु र नखानुमा केही अर्थ रहेनँछ । त्यहि भएर त अदालतमा गीतामाथि हात राखेकाले पनि झुटो बयान दिइरहेका छन् । सपथ खानेहरुले घुस, नजराना, कमिशन खाइरहेकै छन् । त्यसैले अचेल त्यतिबेला कसम खाँदाका दिनहरु सम्झँदा मनमा अचम्ममात्र हैन, हाँसो लागेर आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np