ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन

अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

दाङ, २५ वैशाख ।

पश्चिम दाङसहित सल्यान, रुकुम, रोल्पाका नागरिक स्वास्थ्य उपचारका लागि तुलसीपुर पुग्नुपर्ने अवस्था छ । नागरिकको बढ्दो चापका बिच सहज स्वास्थ्य उपचारका लागि स्थापना गरिएको तुलसीपुरमा रहेको लुम्बिनी प्रदेश स्तरीय राप्ती प्रादेशिक अस्पतालको अवस्था भने सन्तोषजनक छैन । बढ्दो गर्मीका बेला बिरामीको चाप अत्यधिक बढेको छ । यो बेलामा बिरामीले सहज स्वास्थ्य उपचार सेवा पाउनु पर्ने हो तर, राप्ती प्रादेशिक अस्पतालले सेवा भन्दा बढी सास्ती दिने काम गरेको बिरामीहरुको दुःखेसो छ ।

सोमबार नागरिक समाजसहितको एक टोलीले राप्ती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा, प्रशासनिक अवस्थाका बारेमा गरेको स्थलगत अनुगमन निरीक्षण गर्दा उपचार सेवा सन्तोषजनक नरहेको भेटाएको हो ।

अस्पतालले प्रदान गर्ने सेवा प्रवाहका विषयमा नागरिक तहबाट गुनासोहरु आएपछि सरोकारवाला निकायबाट संयुक्तरुपमा अनुगमन गरिएको हो । अनुगमनमा बिरामीहरुको भीडभाड व्यवस्थापन हुन नसकेको, खरिद भएका औषधिको स्टक व्यवस्थापन भद्रगोल अवस्थामा रहेको, कुनै कार्यकक्षमा डाक्टरहरुको उपस्थिति नै नभएकोलगायत विभिन्न प्रकारका समस्या देखिएको नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्तले जानकारी दिए ।

अस्पताल जस्तो संवेदनशील संस्था चुस्त दुरुस्त हुनुपर्नेमा बिरामीको उपचारमा पनि ध्यान नपुगेको उनले बताए । ‘प्रदेश तहको अस्पतालको अवस्था जुनरुपमा हुनुपर्ने हो, त्यस्तो मानिएन, दयनीय नै देखियो । अस्पताल विकास समितिले पदीय जिम्मेवारी अनुसार काम गर्न नसकेको जस्तो छ, जिम्मेवार ठाउँमा बसेपछि जिम्मेवारी वहन गर्न सक्नुपर्छ’ उनले भने, ‘हामीले यो विषयलाई निकै गम्भीरतापूर्वक लिएका छौँ, । अस्पतालजस्तो संवेदनशील ठाउँ राजनीतिको चक्रव्युहमा फस्दा बिरामीले सहजै सेवा नपाउने अवस्था बनेको छ । यो असाध्यै गम्भीर कुरा हो, निकास दिनुपर्छ ।’

अनुगमनको क्रममा अस्पतालको डायलाइसिस सेवा भने प्रभावकारी देखिएको छ । अस्पतालमा थोरै जनशक्ति र थोरै मेसिनका बावजुद पनि सेवा प्रभावकारी भएको डायलाइसिस गराइरहेका बिरामीका आफन्तले बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजका सदस्य श्रीमन न्यौपानले सरकारले पूर्णरुपमा चासो नदिएका कारण र अस्पताल विकास समिति नै राजनीतिकरणको शिकार हुँदा भरपर्दो सेवा प्रवाह हुन नसकेको र अस्पतालका कर्मचारीहरु समेत मर्कामा परेको बताए ।

अस्पतालमा कार्यरत कर्मचारीले लामो समयसम्म तलब नपाएको जस्ता गुनासोसमेत गरेका छन् । एकातिर अस्पतालको स्वास्थ्य सेवा बिस्तार गर्दै बिरामीको सहज उपचारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ भने अर्कातिर कार्यरत कर्मचारीहरुको पारिश्रमिक समयमा भुक्तानी गर्ने वातावरण पनि मिलाउनु पर्ने अवस्था रहेको अनुगमन टोलीको ठहर छ ।

‘एक वर्षसम्म पनि अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन । डाक्टर तथा कर्मचारीले ६ महिनादेखि तलब नपाएको अवस्था रहेछ । स्वास्थ्यकर्मीको दरबन्दी पनि पर्याप्त छैन । डायलासिस मेसिन छ, समस्या आउँदा मर्मत गर्ने जनशक्ति छैन । अनि कसरी हुन्छ, यस्तो अवस्थामा चुस्तदुरुस्त सेवा प्रवाह गर्न कठिन हुन्छ’ मानवअधिकार समाजका सदस्य न्यौपानले भने, ‘जिम्मेवार ठाउँमा बसेर पदीय दायित्व वहन गर्नुपर्छ । सकेसम्म छिटो नभए पनि महिनामा १ पटक भए पनि अस्पताल विकास समितिको बैठक बसेको हुनुपर्ने हो । दिनदिनै स्वास्थ्य सेवा प्रवाहमा नयाँ चुनौतिहरु आइरहन्छन् । ती समस्या स्वास्थ्यकर्मी वा कर्मचारीले कसलाई समस्या सुनाउने भन्ने कुराको पनि ठेगान छैन । अस्पताल प्रशासनमा भइरहेको राजनीतिकरणलाई अन्त्य गरेर अस्पताल विकास समितिलाई सक्रिय नबनाउँदासम्म सेवा प्रवाहमा सुधार हुँदैन जस्तो देखिन्छ । यसबारे सबैले चासो लिनुपर्छ ।’

नागरिकको अपेक्षाअनुसार सेवा दिन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट हेमराज शर्माले बताए । राप्ती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा विगतभन्दा सुधार हुँदै गएको भएपनि अझै धेरै काम हुन नसकेको उनले स्वीकारेका छन् ।

‘भीड व्यवस्थापनका लागि टोकन सिस्टम लागू गरेका छौं । अस्पतालको सबै क्षेत्रमा जनशक्ति अभाव छ । बिरामी तथा बिरामीका आफन्तहरु टिकट लिंदा भिडभाड नगरेरै लाइनबद्ध भएर बसिदिए पनि त भिडभाड कम देखिन्छ तर त्यसो गर्नुहुन्न’ उनले भने, ‘रातको समयमा रेस्पोन्स हुँदैन भन्ने गुनासो छ । त्यो केही हदसम्म सत्य पनि हो । किन भने डाक्टरको दरबन्दी पर्याप्त छैन । एउटा डाक्टरले दिनरात कसरी हेर्न सक्छ ? आइसियु कक्ष तयार छ तर जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकेका छैनौं । समस्या अनेक छन्, यसको समाधान कसरी गर्ने भन्ने नै चुनौति रहेको छ ।’

यहाँको अवस्थाअनुसार २ सय बेडको स्तरोन्नती आवश्यक छ । अस्पतालमा अहिले ५० शैयाको दरबन्दी छ, तर त्यसअनुसारका डाक्टर छैनन् । त्यसमाथि पनि बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालले ७४ बेडको सेवा प्रवाह गरिरहेको डाक्टर शर्माले जानकारी दिए । सोमवार अनुगमनका क्रममा सरोकारवालाहरुसँग डाक्टर शर्माले अस्पतालको तर्फबाट यी समस्याहरु राखेका थिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीको चाप अत्यधिक हुने गरेको छ । अस्पतालमा दैनिक चार सय बढी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम लगायतका ठाउँबाट उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीको चाप बढ्दै गएको अवस्थामा सेवा सुधारमा भने समस्या देखिएको छ । अस्पतालमा जनशक्तिको अभाव, आवश्यक पूर्वाधारको अभाव लगायतका कारण सेवा सुधारमा समस्या देखिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सरकार फेरबदलको असर अस्पतालको व्यवस्थापनमा पर्ने गरेको तर्क गरे । उनले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष सरकारले पठाउने भएका कारणले सरकार छिटोछिटो परिवर्तन हुँदा समस्या हुने गरेको बताए । उनले पछिल्लो समय करिब १ वर्षदेखि अस्पतालको बैठक समेत नियमित हुन नसकेको जानकारी गराए । स्थानीय सरकारले गर्नुपर्ने सहजीकरणमा आफुहरु सदैव सकारात्मक रहेको स्पष्ट पारेका छन् ।

नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्त, सचिव नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्ष बसन्तराज भट्ट र सदस्य निर्मला गौतम, मानवअधिकार समाजको तर्फबाट जिल्ला सदस्य श्रीमन न्यौपाने तथा स्तम्भकार समाजको तर्फबाट नारायणप्रसाद भण्डारी, मानवअधिकार तथा शान्ति समाजको तर्फबाट निवर्तमान केन्द्रीय उपसभापति सुशील बस्नेतगायतले अस्पतालको सेवा प्रवाहबारे अनुगमन, निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?