ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन

महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

बुटवल, २५ वैशाख ।

चर्चित महेन्द्रनगर जग्गा घोटाला प्रकरणमा नगर विकास समितिका चारैजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर भएका छन्। साथै उनीहरू नगर विकासको जग्गा प्रक्रिया पूरा नगरी अनुचित लेनदेन, सम्पर्क र दबाबका आधारमा जग्गा व्यक्तिका नाममा सार्ने मुख्य कर्मचारीहरु पनि दोषी ठहर भएका छन्।

तर जग्गा प्राप्त गर्ने व्यक्तिहरुलाई भने विशेष अदालतले सफाइ दिएको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्त कायम गरेका अरु धेरै कर्मचारीलाई पनि अदालतले निर्दोष ठहर गरेको छ।

अख्तियारले २०७९ वैशाख ११ र कात्तिक २ गते गरी चारवटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गतेदेखि लगातार सुनुवाइ गरी सोमबार फैसला सुनाएको हो।

अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र कान्तुराम पनेरुलाई प्रत्येक मुद्दामा २ वर्ष कैद सजाय सुनाइएको छ।

त्यस्तै उनीहरुबाट जरिवाना पनि असुल गर्ने निर्णय अदालतले गरेको छ। जग्गा घोटालाका अभियुक्तहरू चन्द्रप्रसाद चौधरी, पुष्पराज भट्ट, मोहनदेव भट्ट र तुलादत्त जोशीलाई पनि भ्रष्टाचार मुद्दा ठहर गरी प्रत्येक मुद्दामा डेढ वर्ष कैद तथा जरिवानाको फैसला विशेष अदालतले सुनाएको छ।

गैरकानुनी तवरले दर्ता तथा नामसारी गरिएको जग्गा सबै जफत हुने फैसला पनि अदालतले गरेको छ।

फैसलाको पूर्ण पाठ आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?