ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

खेलकुदको पर्यायावाची बनेको छ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी । फुटबलको राष्ट्रिय प्रतियोगितादेखि बक्सिङ, क्रिकेटदेखी कब्बडी देशभर प्रतियोगिता गरेको छ एकेडेमीले । हरेक वर्ग र समूहलाई समेटेर स्वास्थ्य रहने गरि विविध खेलकुद विधाका गतिविधिहरू चलाउँदै आएको छ । जेठ ३ गते स्वर्गिय मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसर पारेर हाफ म्याराथनको समेत तयारी रहेको छ । यसैबिषयमा एकेडेमीको उदेश्य, अगामी योजना र कामका बारेमा एकेडेमीको केन्द्रिय अध्यक्ष ध्रुव आचार्यसँग बुटवल टुडेअनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश ।

मदन भण्डारी स्र्पोटस एकेडेमी खासमा कस्तो संस्था हो ?
मदन भण्डारी स्र्पोट्स एकेडेमी साझा मन्चको रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर समग्र खेलकुदको विकास र खेलाडीहरूको निम्ति खेल क्षेत्रबाट ब्यवसायिक खेलाडी बनाउनुपर्छ भन्ने उदेश्यका साथ यो एकेडेमीलाई साझा मन्चको रूपमा सबै खेलाडीहरूलाई जमघट गर्न सबै खेलाडीहरू खेलविधालाई सम्बोधन गर्न सक्ने खालको हिसाबले यो दर्ता गरेर अघि बढेका हौ । हामी सबैजना यसमा सहकार्य गरेर आफनो सक्रिय खेलकुद जिवनहरू, खेलकुद क्रियाकलापहरू मार्फत सहभागिता जनाई गतिविधिहरू गर्न सक्ने अवस्था छ ।

नेपालमा सरकारबाट खेल पूर्वाधार र गतिविधि अहिले पर्याप्त मान्न सकिन्छ ?
खेलकुदको क्षेत्रमा सरकारको पोलिसी नै सही छैन । एउटा खेलाडीले खेल खेलिसकेपछि खेलले स्वाधिन अर्थतन्त्र र स्वाभिमानी नेपाल बनाउनका निम्ति अहम भुमिका निर्वाह गर्छ । भन्ने पोलिसी सरकारले बुझेको छैन । खेल पर्यटन अन्तरगत गएर हेर्दा हामीले यहा भौतिक संरचनाहरू निमार्णमा जोड दिनुपर्ने हुन्छ । राष्टिय र अन्तराष्टिय खेलकुद गतिविधि हुने गरि पूर्वाधार बनाउन सक्ने र सरकारबाट त्यही किसिमको पोलिसी बनाउन सकेमात्र स्वाधिन अर्थतन्त्र र स्वाभिमानी नेपाल निमार्णमा ठुलो भुमिका रहन्थ्यो तर त्यस्तो बजेट कहिले पनि छुटिएको देखिदैन । अहिलेको बजेट प्रतियोगिताका लागि समेत पर्याप्त देखिदैन । प्रतियोगिता बिना खेलाडीहरू रहने सम्भावना पनि रहदैन । खेल क्षेत्रलाई उत्कृष्ट बनाउन खेलपुर्वाधार र प्रतियोगिताको निरन्तरतामा जोड दिन जरुरी छ । युद्धको कला युद्धको मैदानबाट सिक्ने भएको हुदा खेलाडी स्वयं फिल्डमा प्रतिस्प्रर्धी भएर जादा उसले आफुलाई धेरै सिक्ने अवसर पाउछ । प्रशिक्षकबाट राम्रो फिडब्याक समेत पाउछ । खेल सामग्री, खेल प्रतिस्प्रर्धा हुने गरि प्रतियोगितामा बजेटको निरन्तरता जरुरी रहन्छ । तर अहिलेसम्म आएका खेलकुदमन्त्रीबाट त्यो किसिमको दृष्टिकोण तयार गरेर आफनो योजना क्याबिनेटमा लगेर राख्ने अवस्था पनि छैन ।

एकेडेमी देशभर विभिन्न विधागत खेलकुद गतिविधि अघि बढाएको छ । यसबाट खेलाडीहरूले प्लेटफर्म पाएको छ तर अन्तर्राष्ट्रिय स्तरमा पुग्न पर्याप्त हुन्छ त ?
खेलकुदका प्रतियोगिताका निम्ती अभ्यास गर्ने मैदान जरुरी छ । यो वाडस्तरमा हुनुपर्छ । वडाबाट नै यसमा पहल जरुरी रहन्छ । स्थानिय सरकार यसमा पहल गर्नुपर्छ । यसका साथै प्रदेश सरकार ठुलाठुला सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरका रंगशालाहरू सात प्रदेशमा नै निमार्ण गर्ने अवस्था भएमा राम्रो खेलाडी उत्पादन गर्न सक्छौ । राम्रो खेलाडी उत्पादन गर्न अधिकतम खेल प्रतियोगिता हुनुपर्छ । जसका लागि आर्थिक मुख्य हो । सरकारबाट खेलाडीहरूलाई सन्तुष्ट हुने गरि लगानी गरेको अवस्था छैन । खेलाडीलाई ब्यवसायीक हुने र परिवार, जिवनशैली संरक्षण हुने खालको योजना र पुरस्कारदेखि सम्मानका कार्यक्रम ल्याउन सकेको छैन । खेलकुदबाट अन्तराष्टियस्तरमा देशलाई धेरै दिनेसक्ने सम्भावना रहेको छ । क्रिकेटदेखी महिला फुटबल, एथ्लेटिक्स, बास्केटबलसम्मका खेलाडीहरू जन्मिएका छन । यो अवस्था रहेपनि यसलाई उपलब्धिमुलक बनाउन प्रशिक्षकको अभाव छ । सरकारबाट सहि ठाउमा सहि प्रशिक्षक पठाउन सकेको छैन । अर्कोतर्फ प्रशिक्षकहरू खेलकुद अभ्यास गर्ने खेलाडी उत्पादन गर्नेतर्फ ध्यान दिएको छैन । खेलकुद खासमा विद्यालयस्तरबाट नै निशुल्क र अनिवार्य गराउन सके अझ राम्रो हुन्छ । रुचि अनुसार, उनिहरूको जिन अनुसारको भुगोललाई अध्ययन गरेर खेलकुद अघि बढाउनुपर्छ ।
रूपन्देहीबाट केन्द्रिय नेतृत्व गरिरहँदा खेल गतिविधिमा धेरै परिवर्तन ल्याउन सफल हुनुभएको छ, यसका लागि कसरी अघि बढ्नुभयो ?
मदन भण्डारी एकेडेमीले सबै खेलकुदका विधालाई समेट्ने काम गरेको छ । अझ ठुलो राशी नै राखेर खेल कार्यक्रम गर्दा त्यसले खेलाडीलाई ब्यवसायीक बनाउन मद्यत मिल्ने देखिन्छ । हामीले ठुलठुला पुरस्कार घोषणा गरिरहदा र त्यो पुरस्कार हामीले खेलाडीहरूलाई दिईरहदा खेरी प्रोत्साहन र हौसला मिल्ने र धेरै खेलाडीको आर्कषणको केन्द्र बन्छ । क्लबले खेलाडीहरूलाई अनुबन्ध गरेर प्रतियोगितामा सहभागी हुदा खर्च पनि नउठ्ने अवस्थामा रहेको बेला हामीले पुरस्कार राशी ठुलो राख्दा खेल जितेपछि टिमलाई खर्च उठ्ने र हौसला मिल्छ । खेलप्रति खेलाडीहरूको आर्कषण बढ्छ । खेल खेलेपछि कमाउन सकिन्छ भन्ने आत्मविश्वास जगाउन सकेका छौ । प्रतियोगिता आयोजना गर्दा अन्तर माबि, स्थानियस्तर, अन्तर कलेज, क्लब स्तरीय प्रतियोगिताहरू हरेक खेलकुदका विधाहरूमा देशभर गर्दै आएका छौ ।

बुटवलमा हाफ म्याराथन गर्दै हुुनुहुन्छ ? यसको तयारी के भैरहेको छ, के उद्देश्यका साथ कार्यक्रम गर्दै हुनुहुन्छ ?
हामीले गतसाल अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा प्रथम मदन भण्डारी स्मृति हाफ म्याराथन च्याम्पियनसिप जुन हामीले गरेका थियौं । यसको निरन्तरता दिने गरि यो वर्ष गर्दै छौं । त्यसबेला सोही दिन ओलम्पिक कमिटी लगायतका प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा म्याराथन एकैपटक भयो । मिडियामा समेत यसबारेमा विवाद हुने गरि समाचार आए । खेलाडीका निम्ति कार्यक्रम अघि बढाईएको र खेलकुदको विकासका निम्ति खेलाईएको थियो । जुन सिधा रूपमा देश र समाजमा भातृत्वको विकासका रूपमा रहेको थियो । एउटै उद्येश्य बोकेका दुई संस्थाहरू प्रतिस्प्रर्धा गर्न नहुने सोचका साथ यो वर्ष जेठ ३ गते मदन भण्डारी ज्युको स्मृतिमा बुटवलमा गर्न लागेको हौ । त्यसबेला हाफ म्याराथन गरेका थियो । यसपटक खुला हाफ म्याराथन मात्र नभई त्यसमा थप १० किलोमिटर क्याम्पस लेभल, १० किलोमिटर खुला महिला, ५ किलोमिटर खुला, महिला, समेत गरि १०० मिटर दौड प्रतियोगिता १० वर्षको उमेर समुहमा राखिएको छ । यसैगरि जेष्ठ नागरिकहरूलाई वाकाथनमार्फत जोड्न लागेका छौ । यतिधेरै विधामा जोड्नुको अर्थ बालकदेखी जेष्ठ नागरिकसम्म खेलकुदका मन्च एकठाउमा राख्नुपर्छ । उहाहरूलाई संगसंगै हिडाएर संगसंगै बुझाएर मात्र खेलकुदको विकास हुन्छ । घरबाट खेल खेल्न छोराछोरी हिडेपछि बुबाआमालाई चिन्ताको विषय हुने गरेको अवस्था देखिन्छ । यसले खेल विकासमा बाधा बनेको अवस्थामा चिर्नका लागि बालक देखि जेष्ठ नागरिकसम्मलाई समेटेर एकै स्थानमा राखेर कार्यक्रम गर्न लागेको हो । यसमा पुरस्कार राशी समेत राम्रो ब्यवस्था रहेको छ ।

मदन भण्डारी एकेडेमीले खेलकुदमा आफनो छुट्टै पहिचान बनाएको छ । यति धेरै कार्यक्रम गर्न आर्थिक श्रोत महवपूर्ण हुन्छ त्यो कसरी जुटाउनुहुन्छ ?
आयोजकको ईच्छाशक्ति ठुलो कुरा हुन्छ । आयोजकले अलि बढी खेलकुदको क्षेत्रमा खेलाडीको हकहितको निम्ति र राज्यको अलमल गरेको बेला हामीले बाटो देखाउन जरुरी हुन्छ । आम नागरिकको दायित्वलाई बुझेर हामीले यसमा काम गरेका छौ । केवल सरकारी क्षेत्रलाई हारगुहार गरेर सबै जिवन सिध्याउन पर्दैन हामी नागरिकहरू, संघसंस्थाहरू सक्रिय भएमा खेलकुदको क्षेत्रमा धेरै खेलाडीहरूलाई संरक्षण र उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण एकेडेमीले दिन सफल भएको छ । कुनै पनि खेल संस्था, क्लबहरूले प्रतियोगिताहरू आयोजना गरेपछि त्यहाबाट नतिजा आएपनि खेलाडीहरू राष्टिय खेलाडीसम्म पुग्ने वातावरण सृजन ागर्न सफल भएका छौ । केपि ओली कपमा खेल्ने एकजना खेलाडी अन्तराष्टिय टिममा पर्न सफल भएका छन । क्षमता भएपनि ओझेलमा परेका खेलाडीलाई उजागर गर्न हामी सफल भएका छौ । श्रोतको कुरा गर्दा ईच्छाशक्ति जाहेर गर्दा सबै क्षेत्रबाट सहयोग मिलेको छ । स्थानिय निकाय, प्रदेश खेलकुद परिषद लुम्बिनी, ब्यवसायिक संघसंस्थाहरूबाट सहयोग मिलेको छ ।
अन्त्यमा,
देशभरी नै मदन भण्डारी स्पोट्स एकेडेमीले खेलकुदको क्षेत्रमा, खेलाडीको हकहितको पक्षमा, राष्टियताको पक्षमा समाज रूपान्तरणको पक्षमा स्वाभिमानी र स्वाधिन नेपाल निमार्ण गर्नको निम्ति स्वाधिन अर्थतन्त्रसहितको स्वाभिमानी नेपाल खेलकुदबाट परिकल्पना गरेको मदन भण्डारी स्र्पोटस एकेडेमीले खेलकुदबाट नै समृद्धि हासिल गर्न सकिन्छ । समृद्धिको आधार एउटा अभिन्न अंग खेलकुद पनि बन्छ भन्ने उदेश्यका साथ एकेडेमीले यो अभियानहरू अगाडी बढाईरहदाखेरी यहाहरूले जुन किसिमबाट आर्थिक, नैतिक र भौतिक रूपमा देशभरीबाट सहयोग गर्नुहुने दर्शक, शुभेच्छुकबाट सहयोग मिलेको छ । हामीलाई अघि बढ्न सधै यो साथको आशा गर्दै सहयोग मिल्ने अपेक्षा गरेको छु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?