ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

बौद्धधर्मावलम्बीको ३ महिने वर्षावास शुरु

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

मनोज पौडेल
बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सुरु भएकोछ । ३ महिने वर्षावासको सुरुवात अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थविर लुम्बिनी स्थित नव मैंत्री महाविहारमा बसेर गरेका छन् । उनीसंगै उनका शिष्य भिक्षु प्रिय रतन, वक्कुल र श्रामनेर स्वर्ण र उत्तर पनि वर्षावास बसेका छन् ।
वर्षावास बस्न निम्तो दिन श्रीलंकाबाट उपासक प्रदिपथी हेमचन्द्रा, नलिन उसहान्था, ईन्द्रजीत मिगदेनिया र आरपी अतुलरमिकोन लुम्बिनी आएका छन् । उनीहरुले महाविहारमा वस आराधाना पुजा गरेर भिक्षुलाई ३ महिने वर्षावास वस्न निम्तो दिए । उनीहरुको निम्तो स्विकार गर्दै सबै भिक्षु र श्रामनेरले वर्षावास बसेका छन् ।
बुद्ध धर्ममा असार देखि असोज पुर्णिमा ३ महिना सम्मलाई वर्षावास भनिन्छ । बुद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व भएकोले श्रीलंकाबाट यहा आई वर्षावासको निम्तो गरिएको हो ।
‘बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षावासका निम्तो दिन सकियो भने जीवनकै महत्वपुर्ण पुण्य आर्जन हुन्छ’, श्रीलंकन उपासक नलिन उसहान्थाले भने ‘त्यही भएर साता बढी विदा लिएर यह आाएका हौं ।’ ‘आफु वर्षा बस्न सकिदैन्’ उनले भने । ‘त्यही भएर आफना तर्फबाट भिक्षुलाई वर्षावास बस्न आग्रह गरेको हौं उनले थपे । ‘उहाहरुले सहर्ष स्विकार गर्नु भएकामा जीवनकै निक्कै खसी क्षण बनेछ’ उनले भने ।
वर्षा याममा हुने वर्षावास बस्नाले आफुले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका प्रमुख पुरातत्व अधिकृत कृष्णबहादुर केसीले बताए । वर्षाबास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेकोछ । वर्षाबासका बेला सॉझ–विहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पुजाआजा गरिन्छ । वर्षावासका बेला विहान एक छाक खाना खाने गर्दछन् । सके सम्म स्थानीय बासिन्दासंग भिक्षा मागेर खाने गर्दछन् ।
‘विश्व शान्तिको उद्गमस्थलमा आउन पाउदा आफु शान्तिको अनुभूति गरेकोे छु’ श्रीलंकन उपासक प्रदिपथी हेमचन्द्राले भने ‘यस्तो शान्तिको प्रेरणाको स्रोत रहेको ठाउमा सबै शान्तिकामी जनताको भ्रमणीय स्थल हो ।’ ३ महिना पछि फेरी उनी श्रीलंकन उपासका आएर भिक्षुलाई चिवर (पहलो वस्त्र) दान गर्छन् । त्यसपछि वर्षावास पुरा हुन्छ । ३ महिना सम्मको चर्तुप्रत्य उपासक उपासिकले नै भिक्षुलाई दिन्छन् । चर्तुप्रत्य भन्नाले वर्षावासका बेला चाहिने चीवर(पहेलोबस्त्र) खाने कुरा, ओढने ओछयाउने बस्त्र र औषधीमुलोको सबै खर्च उनले व्यर्होछन् । १२ महिना बौद्धधर्मावलम्बीहरु धर्मदेशना गर्दै हिड्थे । तर वर्षाका बेला ३ महिना चराहरु पनि आफनै गु“डमा बस्छन् कतै जादैनन् मगध नरेश विम्सारले भगवान गौतम बुद्धलाई भने तपाईहरु पनि एकग्र भएर पुजाआजा गर्दै बस्न प¥यौं । वर्षामा हिड्न पनि गाहैं, हिडदा किरा फट्याङग्रा मर्ने हुदा हत्याको भागीदार भईने हुदा नहिड्दा नै राम्रो भन्ने सुझाव धेरैतिरबाट आएकाले भगवान गौतम बुद्ध वर्षावास बस्थ थलेको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले बताए । ३ महिना पछि फेरी श्रीलंकन उपासकहरु आएर भिक्षुलाई चिवर (पहलो वस्त्र) दान गर्छन् । त्यसलाई कठिन उत्सव भनिन्छ । राम्रोसंग वर्षावास वस्नेलाई अखिल नेपाल भिक्षु महासंघले निर्णय गरि त्यो चिवर प्रदान गर्छ । त्यसपछि वर्षावास पुरा हुन्छ ।
बुद्ध धर्मका थेरबादी संप्रदायले वर्षावास बस्छन् । लुम्विनीको राजकिय थाई विहारमा ११ भिक्ष्ँु र म्यानमारको गोल्डेन टेम्पलमा २ जना भिक्षु वर्षावास बसेका छन् । त्यस्तै श्रीलंका विहारमा १ भिक्षु र महाबोधी सोसाईटीमा २ भिक्षु वर्षावास बसेका छन् । कपिलवस्तुको तिलौराकोटमा ४ र निग्रोधाराममा ५ थाई भिक्षु वर्षावास बसेका छन् । लुम्बिनी र कपिलवस्तुमा गरि विभिन्न ४ मुलुकका २७ भिक्षु भिक्षुणी वर्षावास बसेका छन् । वर्षावास बस्नु अघि मायादेवी मन्दिरमा गई भिक्षु भिक्षुणीले पुजाआजा गरेका थिए ।
असार पुर्णिमा बौद्धधर्ममा निक्कै महत्वपुर्ण दिनका रुपमा रहेकोछ । उक्त दिन राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको र उक्त दिनै २९ वर्षको उमेरमा दरवार त्याग गरि ज्ञान प्राप्तिकालागि निस्केका थिए । उक्त दिनबाट राजदरवार आसपास धान रोप्ने मंगलोत्सव गरिन्थ्यो । असार पुर्णिमामै पहिलो धर्मक्रम देशना सारनाथमा बुद्धले गर्नु भएको थियो भने राजकुमार सिद्धार्थका पुत्र राहुलको जन्म पनि त्यही दिन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?