ट्रेंडिंग:

>> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने
सम्पादकीय

कहिले ब्युँझिने प्रादेशिक अस्पताल ?

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

करिव ११५ बर्षको इतिहास बोकेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशकै आस्था र विश्वासको धरोहर हो । पछिल्लोसमय प्रदेश सरकारले यो अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रूपमा अघि बढाउँदै पूर्वाधार निर्माणका क्षेत्रमा धेरै सुधारका काम गर्दै आएको छ । यो अस्पतालप्रति लुम्बिनी प्रदेशका हजारौं विरामीहरूको आस्था छ । त्यही भएर दैनिक एकजार पाँचसय बढी विरामीले सेवा लिईरहेका छन । अस्पतालको सेवा विस्तार हुँदैगर्दा सेवाकै बिषयमा भने सेवाग्राहीको उत्तिकै गुनासो छ ।

पछिल्लोसमय अस्पतालले सेवालाई विश्वसनीय बनाउने प्रयास गरेको छ तर अस्पतालप्रति अझैपनि सेवाग्राहीको गुनासो कम भन्दा झनै बढ्दो छ । अहिलेको अवस्थामा विरामीले गुणस्तरीय सेवा चाहन्छन तर अस्पतालमा उही पुरानै प्रवृत्तिको समस्या देखिने गरेको गुनासो छ । चिकित्सकीय सेवाको गुनासोमाथि अस्पतालभित्र जाँदा बाहिरै देखिने फोहरजन्य समस्याले अस्पताललाई गिज्याईरहेको छ । सामान्य बिषयमा ध्यान दिने हो भने सुधारका धेरै गुञ्जाईस छन । जस्तो अस्पतालको शौचालयको सुधारका लागि धेरै बजेट आवश्यक पर्दैन ।

शौचालयभित्र जान सकिने अवस्था छैन । धेरै शौचालयमा पानीको प्रवन्ध छैन । हामीले सामान्य शौचालयसमेत सफा राख्न सक्दैनौं भने अरू धेरै कुराको अपेक्षा कसरी गर्ने ? केही महिना अघि उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीले यस बिषयमा अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको थियो तर अझै सुधार हुन सकेको छैन । पछिल्लोपटक भने अस्पतालको सिटी मेसिनबाट विकिरण चुहावट भएको सार्वजनिक भएपछि आम सेवाग्राहीको स्वास्थ्यमा यसले पार्ने असरका बिषयमा चिन्ता थपिएको छ । सिटी मेसिन राख्ने स्थानको पूर्वाधार निर्माणमा लापरवाही गर्दा विकिरण लिक भएको चिकित्सकहरूको दाबी छ । अस्पतालमा आउने सयौं विरामीको स्वास्थ्यमा असर पर्ने यो गभीर बिषयमा यति धेरै लापरवाही किन ? अस्पताल प्रशासनले जवाफ दिनुपर्दछ । अस्पतालकै चिकित्सकहरूले यस बिषयमा पटकपटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराईएको बताएपनि मर्मतमा ढिलासुस्ती हुनु विरामीको स्वास्थ्यमाथिकै लापरवाही हो भन्दा अत्युक्ति हुँदैन ।

अस्पतालमा सिटी सेवा सुरु गर्दा एउटा मुख्य ढोकामा दुई एमएमभन्दा मोटो लिडको च्यादर राखिएको भएपनि पछिल्लो समय पश्चिमतर्फ नयाँ ढोका बनाउँदा कमसल च्यादरको प्रयोग भएकोले समस्या आएको बताइएको छ । नयाँ ढोकामा डेढ एमएमभन्दा पातलो लिडको प्रयोग गरिंदा विकिरण चुहावट भएर बिरामी कुरुवा र चिकित्सकहरूको कक्षभन्दा बाहिरसम्म आएको छ । यो लापरवाही नभएर के हो ? अस्पतालकै मर्मत इन्चार्जले नयाँ ढोकामा डेढ एमएमभन्दा पातलो लिडको च्यादर प्रयोग भएकोे समस्या देखिएको स्वीकार गरेका छन ।

गलत काम भएको रहेछ भन्ने यो ज्वलन्त प्रमाण हो । नाङ्गो आँखाले देख्न नसकिने हँुदा सामान्य बिरामीहरू यसबारे अनभिज्ञ रहेका छन । अस्पतालका चिकित्सकहरूले यसबारे प्रशासनलाई जानकारी गराएको भएपनि मर्मतमा ध्यान नदिएको गुनासो उनीहरूको छ । ढिलै भएपनि अस्पताल प्रशासनको यो बिषयमा ध्यानाकर्षण होस् । अस्पतालमा सेवा लिन आउने विरामी मात्रै होइन, चिकित्सकहरूले प्रयोग गर्ने शौचालयमा पानी नआउने, दुर्गन्धित र नियमित सफा नगर्ने समस्याप्रति अस्पताल प्रशासनको ध्यानाकर्षण होस् ।

अस्पताल प्रशासनले आर्थिक समस्या देखाएर यो बिषयलाई नजरअन्दाज गर्नुहुँदैन । अस्पतालले तत्काल समाधान गर्न सकिने बिषयमा ढिलासुस्ती गर्दा सेवाग्राहीको स्वास्थ्यमै असर पुग्नु चाहिँ राम्रो होइन । आशा गरौं हालैमात्र अस्पतालले नयाँ सञ्चालक समिति पाएको छ । नयाँ नेतृत्व सहितको सञ्चालक समितिले सेवाग्राहीका गुनासो तत्काल समाधान गर्नेतर्फ पहल गरोस् । यो अस्पताललाई जसरी प्रदेश सरकारले लुम्बिनी प्रदेशकै गौरवको अस्पताल बनाउने प्रतिवद्धता गरेको छ, त्यसमा अस्पताल प्रशासन र सञ्चालक समितिको नयाँ नेतृत्वले होस्टेमा हैंसे गरोस् । सेवाग्राहीका गुनासो कम हुँदै जाउन् । हामी सवै मिलेर अस्पताललाई ब्युँझाउने प्रयास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np