ट्रेंडिंग:

>> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट
सन्दर्भः मजदुर दिवस

नेता मञ्चमा, मजदुर मेलोमा

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

बुटवल, १९ बैशाख । रामलखन चौधरी दैनिक मजदुरी गर्ने आफना भिनाजुसँग बुटवल आएको १० वर्ष पुगेछ । दैनिक आफूले कमाएको पैसाले घरमा बुढी आमा, श्रीमती र तीन सन्तानको लालन पालनका लागि खर्च गर्ने गर्दछन् । उमेरले ३६ वर्ष पुगेका चौधरीलाई आफूले दैनिक काम नगर्ने हो भने परिवाको मुखमा माड लाग्दैन । उनी भन्छन्–‘गाँउमा बस्नलाई सानो घर छ मात्रै छ बाँकी परिवारका न्यूनतम आवश्यकताका लागि मैले घाम पानी नभनि काम गरिरहेको छु ।’

चौधरी यहाँ आफ्ना दिदी भिनाजुसँग बसेर दैनिक घर बनाउने काम गरिरहेका छन् । भिनाजुले कामको ठेक्का लिनु हुन्छ म उहाँसँगै मिस्त्रीको रूपमा काम गर्छु । यसरी दैनिक रूपमा काम गर्दा पनि आवश्यकता पुरा गर्न सकस छ । विहानै ८ बजे बाट साँझ ५ बजे सम्म काम गर्दा पनि उही सामान्य आवश्यकता पुरा भएको छ ।

उनीसँगै भेटिएका बुटवल रानीगञ्जका सागर परियारले पनि यसरी घर बनाउने काम गर्न थालेको ६ वर्ष भएछ । उनी भन्छन् पढ्ने बेलामा पढिएन अहिले राम्रो काम खोजेर कहाँ पाउनु जे सकिन्छ त्यहि गर्नुको विकल्प छैन । समयले सबैसँगै परिवारको जिम्मेवारीले थिचेको छ ।
विदेश गएर पैसा कमााउने रहर पनि थियो त्यो पुरा भएन । आज भन्दा पाँच वर्ष अगाडि कतार जानका लागि ऋण खोजेर आफनै मान्छेलाई एक लाख रुपिया बुझाए पछि त्यो काम भएन भने पैसा पनि दिएन । त्यो श्रृण तिर्न कति सकस भयो । त्यस पछि विदेशको मोह छाडेर यहि नै काम गर्नुपर्छ भन्ने सोंचेर मन लगाएर नै यहि काम गरिरहेको छु । धेरै धन सम्पति कमाउन नसके पनि सामान्य जिवन बितेको छ । मेरो श्रीमती पनि मसँगै काम गर्ने भएकाले पनि दुईछा बच्चालाई पढाउन सकेका छौ । हामीले दैनिक १५ सय कमाउछौ श्रीमान र श्रीमतीले गरेर । केही घर खर्च हुन्छ केही थोरै बचत पनि छ ।

कुरा गरिरहेका सागरलाई मजदुर दिवस बारे भने अनविज्ञ छन् । खै के हो यो थाहा छैन । यस्ता सरकारले भन्ने कुरा पछि लाग्ने हो भने त काम गर्न पनि पाईदैन । हक अधिकार भन्ने कुरा सबै सम्पन्न मानिसहरूका लागि हो । यो विषयमा जानकारी नभएकै राम्रो छ उनी भन्छन् यस्ता विषयमा जान्नी हुनी हो भने गरिरहेको काम पनि फुस्किन्छ त्यसैले यो बारे थाहा छैन । भए पनि हामी गरिवहरूले के गर्न सक्छौ र यहि साहुले बालुवा ईट्टा बोक्ने काम नदिएर के गर्ने कसरी खाने ?

सैनमैनागरपािलकाका लखना थारुले स्थानिय फर्निचरका लामो समय देखि काम गरेका छन् । उनी त्यहाँ हेड मिस्त्रीका रूपमा रहेर काम गर्छन । उनले त्यहाँ ग्रहाकको चहान अनुसारका फर्निचरका सामानहरू निर्माण गर्ने गरेको लामो समय भएको तर पनि उनले चित्त बुझ्ने पारिश्रमिक पाएका छैनन । उनी भन्छन् कम तलव भए पनि काम गरिररहेको छु आफनो परिवारसँगै छु यहाँ भए पछि घरको काममा पनि मेरो सहयोग छ । यहाँ त मैले जस्तो भन्यौ त्यस्तै फर्निचरका सामान बनाउन सक्छु । जति राम्रा र धेरै निर्मााण गर्न सक्यौ त्यति पैसा पाउछु । थारु भन्छन् अहिले अवस्था यस्तो छ कि हक अधिकार खोज्ने हो भने काम गर्न पनि दिँदैनन अनि घरका बाल बच्चाका बिच्चली हुन्छ त्यो भन्दा चुपचाप चित्त बुझाउनु नै बेस हुन्छ । यहाँ साहुलाई मन नपर्दा दिनमा जा भने जान पर्छ । त्यस्ता दिवस र अधिकार त कहाँ पाउन कहाँ देख्नु ।

दिवस मनाउन थालेको लामो समय भए पनि यस्ता दैनिक मजदुर गर्नेहरूलाई नत आराम ८ घन्टा नत मनोरञ्जन नत घर परिवार चाहना पुरा गर्ने प्रसस्त आम्दानीको बाटो छ । यहाँ दैनिक काम गर्ने हजारौं मजदुरलाई यस्ता दिवसले कहिल्यै छुदैन । सधै दिवस नारामा सिमित छ । बास्तविक मजदुरी गर्नेहरूका समस्याहरू सधै उस्तै देखिन्छन् । दिवसका अवसरमा हुने कार्यक्रमहरू पनि हुनेखाने वर्ग नै देखिन्छन् । वास्तविक मजदुरको नाम मात्रै हो उनीहरूलाई दिवसले कहिल्यै छुन सकेको छैन । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरूले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रूपमा सार्वजनिक विदा दिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?