ट्रेंडिंग:

>> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते

परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

लमही (बुटवल टुडे), १९ बैशाख । लालपूर्जा नभएको ऐलानी बस्तिमा खरका झुपडीहरू, कत्तिबेला आगोले गाउँ नै सखाप पार्छ भन्ने त्रासै–त्रासमा माटोका भाँडाहरू बनाएर दैनिक गुजारा गर्ने नागरिकहरू पछिल्लो समयमा अवस्था फेरिएको छ । दिनभर माटाका भाँडा बनाएर उत्पादनले बजार नपाएपछि बिहान–साँझ खाने छाक टार्न समेत हम्मे हम्मे दर्दनाक र कहालिलाग्दो बस्तिका वासिन्दाहरूको अवस्था संघसंस्था र सरकारका निकायहरूको ध्यानाकर्षण पछि भने स्वरूप फेरिएको स्थानीयहरू आफैले बताएका छन् ।

गढवा–३ को खैराखालमा रहेको थारु कुमाल वस्तिमा सहकर्मि समाज, फियान नेपाल, खाद्य अधिकार सञ्जाल र स्थानीय सरकारको नजर परेपछि पुरै वस्तिले रूप फेरेको र आफूहरूको जिवनस्तर समेत वदलिएको स्थानीय अगुवा –चुन्नुराम थारु कुमालले बताए ।

आजभन्दा बाह्रबर्ष अगाडि हाम्रो गाउँमा सबैका खरले छाएका छाना थिए, आगलागी हुने डरले रातमा निद्रा पर्देनथ्यो । दिनभर माटोका भाँडा बनाउने हामीहरूका भाँडा बिक्री नभएर साझ–विहान छाक टार्न गाह्रो हुन्थ्यो । १२ बर्ष अघिबाट फियान नेपाल र सहकर्मी समाज तथा दक्षिण देउखुरी अधिकार मञ्च जस्ता संस्थाहरू हाम्रो गाउँको अवस्था देखेर सरकारका निकायहरूसंग खाद्य अधिकारका सवालमा वहस पैरवी समन्वय र सहकार्य गर्दै गएपछि सरकारका निकायहरूको पनि ध्यान पुग्यो । अहिले गाउँका सबैले पक्कि घर बनाउन सफल भएका छन् भने हरेकका घर घरमा मोटरसाईकिल समेत छन् । गाउँ खोला कटानको उच्च जोखिममा थियो । सरकारले तटबन्धन गरेपछि बर्षातको समयमा ढुक्क निदाउन पाएका छौं । गाउँका गल्लीहरू पनि कतै पक्कि भएका छन् भने कतै पक्किनाली बनेर सडक ग्राभेल समेत भएका छन् । हामीले बनाएका माटाका भाँडाहरू पनि देशका बिभिन्न स्थानमा बिक्न थालेका छन् । अहिले हाम्रो जिविकोपार्जनमा निकै सुधार भएको छ–स्थानीय सामाजिक अगुवा दामु थारु कुमालले भने ।

अहिले युवा जनशक्ति बिदेश जाने लहर फैलियो । हामी बिदेश जान नपरोस भन्ने चाहान्छौं । युवाशक्तिलाई पनि पुख्र्यौली पेशाप्रति जागरुक बनाउन सरकारको ध्यान अझै जानु पर्यो–लखनऊ विश्वविद्यालयमा बिएस्सी एजी अध्ययनरत सोही गाउँका स्थानीय छविलाल थारुकुमालले भने ।

कूल ५५ घरधुरी रहेको गढवा–३ खैराखालका समुदायको मुख्य पेशा नै माटाका भाँडाहरू बनाउने रहेको छ । उनिहरूले उत्पादन गर्ने गरेका माटाका भाँडाहरू बिक्री गर्न गाउँमै ७ कोठाको गोदाम पर्यटन बिकास डिभिजन कार्यालय नेपालगंजको ६४ लाख ९२ हजारको अनुदानबाट तयार भएको छ भने बिक्रीगर्ने समन्वय गर्न एउटा समूह बनाइएको छ । फियान नेपालको प्राबिधिक सहयोमा सञ्चालित खैरा खाद्य अधिकार समूहले माटाका भाँडाहरू उत्पादन र प्रबर्धन गर्न पटक पटक सरकारका निकायहरूको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारहरूलाई अगाडि बढाएको फियान लुम्बिनीका संयोजक सुरेश गौतमले कार्यक्रममा जानकारी दिए। कूल ५५ घरधुरीको बसोवास रहेको खैराखाल थारुकुमाल बस्तिका ३३ घरधुरीले माटाका भाँडाहरू बनाउने पेशा अंगाल्दै आएको बताउँछन् ।

यसअघि सहकर्मी समाज, दक्षिण देउखुरी अधिकार मञ्च र स्थानीय सरकारले पनि माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेशाप्रति स्थानीयको ध्यान गएको स्थानीयहरू बताउँछन् । वडा कार्यालयको सिफारिसमा गतवर्ष पर्यटन विकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर, प्रदर्शनी कक्ष (सो रुम), भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने बिद्युतिय मसिन र २ थान माटो पेल्ने मसिन उपलब्ध गराएको उनीहरू बताउछन । अब हामीले उत्पादन गरेका भाँडाहरू बिक्री गर्न पिकअप् भ्यान र मसिनहरू चलाउन प्राबिधिक तालिम आबश्यक छ–स्थानीय अगुवा थारु कुमालले भने । यसैबिच खाद्य अधिकारका बिषयमा १२ बर्षको लगातार वहस पैरवि पश्चात् फियान नेपालले मंगलवार एक कार्यक्रमको आयोजना गरी खैरा खाद्य अधिकार समूहको सवाल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?