ट्रेंडिंग:

>> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ?

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

दाङ, १९ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छ्न । सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा परिरहेको गम्भीर असर कम गर्न सबै पक्ष जिम्मेवारी पुर्बक काम गर्नुपर्ने बेला आएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयले आज घोराहीमा आयोजना गरेको सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि अन्तरक्रियामा मन्त्रालयका सचिव डा. देवकोटाले वर्तमान अवस्थामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न सबै पक्षले गम्भीरतापूर्वक नियन्त्रण गर्ने काममा खटिनुपर्ने, सुर्तीजन्य पदार्थको पहुँच कम गर्न ध्यान दिनुपर्ने र हरेक व्यक्तिमा सचेतना बढाउने काममा जुट्नुपर्ने बताए ।

उनले दाङमा सुर्तीजन्य पदार्थको अवस्था बारे जानकारी लिई नियमन गर्न मिडियाको समन्वयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई अपिल पनि गरे नेपालमा जनस्वास्थ्य ऐन २०७५, नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन नियमावली २०६८, नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ रहेको हुँदा ती नीति, नियम, कानूनको पालना गर्न गराउन सबैले पहल कदमी लिनुपर्नेमा जोड दिईएको हुँदा सो अनुसार काम गर्नु आजको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयन नीतिगत व्यवस्थाका बारेमा मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र र सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कानुनी व्यवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका उपसचिव कानून तर्फका गोपीकृष्ण रेग्मीले प्रस्तुति राखेका थिए । सो अवसरमा, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि जिल्ला स्तरीय अनुगमन समिति बनाएर काम गर्ने प्रतिद्धता जनाइन ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि नीति बनाउँदै स्वस्थ नागरिक बनाउन पहिलो प्राथमिकता बनाएर काम गर्न अग्रसर हुने बताएका थिए । कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्षद्वय सन्तोष सुवेदी, बसुन्धरा गौतम, महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासन, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेलगायतले जिल्लामा सुर्तीजन्य पदार्थका प्रयोग कम गर्न र सजचेतना फैलाउने काममा गर्न सकिने योगदानका बारेमा चर्चा गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सबैको साझा प्रतिवद्धता जरुरी रहेको बताए ।

कार्यक्रमको उद्देश्य बारे स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले जानकारी गराएको कार्यक्रमको सहजीकरण वामदेव शर्माले गरेका थिए । स्टेप्स सर्भे २०१९ को प्रतिवेदन अनुसार नेपालका करिव २९ प्रतिशत व्यक्तिहरु सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेका छन् ।

जसमध्ये धुम्रपान सेवन प्रयोगकर्ता १७ प्रतिशत रहेका छन् भने धुम्रपान बाहेकका सुर्तीजन्य पदार्थ प्रयोगकर्ता १८ प्रतिशत रहेका छन् । राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ का अनुसार नेपालमा वार्षिक करिव ३४ हजार मानिसको मृत्यु धुम्रपान सेवनका कारण मात्र हुने गरेको छ । सुर्तीजन्य पदार्थमा वर्षेनी १० अर्ब रुपैयाँ बढी खर्च हुने गरेको तथ्यांक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?