ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित !

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

आज अंग्रेजी महिना मईको १ तारिख । हरेक बर्ष मई १ को दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । विगतका बर्षहरूमा जस्तै यो बर्षपनि आज श्रमिक दिवस मनाउने औपचारिकता पूरा गरिदैछ । १९ औ शताब्दी अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा ‘हे मार्केट काण्ड’ भएको सम्झनामा मई १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको हो । इतिहासमा उल्लेख गरिए अनुसार यो दिन श्रमिकहरूले दैनिकरूपमा ८ घण्टा काम गर्न आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोष श्रमिकको ज्यान गएको घटनाको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो । आज नेपालका साथै विश्वभरी नै विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । श्रमिक दिवस मनाईरहँदा र श्रमिक अधिकारको कुरा गरिरहँदा अझैपनि श्रमिक अधिकारको सवाल कामभन्दा कुरा भाषणमै सीमित छ । यद्यपि पछिल्लोसमय नेपाली श्रमिक आन्दोलनबाट नीतिगत रूपमा धेरै उपलब्धि प्राप्त भएका छन् तर कानुन कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ । श्रमिक आन्दोलनबाट कानुनीरूपमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बिषयमा भने अहिले ढिलाई भैरहेको छ । निश्चितरूपमा फेरिएको विश्व बजारमा अनौपचारिक र स्वरोजगारको क्षेत्र धेरै ठूलो भएको छ । नेपालमा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटने योजना सुरु भएको छ । यसले श्रमिकको हितमा दिर्घकालीन फाईदा पुयाउँछ भन्दा अत्युक्ति हुँदैन ।

नेपालमा अझैपनि श्रमिकको सम्मान हुन सकेको छैन । श्रमिकलाई दोश्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्ने गरिएको छ । श्रमको सम्मानमात्रै होइन समान ज्याला समेत नपाउने अवस्था छ । श्रमिकमाथि विभेद कायमै छ । तरपनि हामी औपचारिकताकै लागि श्रम दिवस मनाउँछौं । अर्को दुःखद कुरा के छ भने दैनिक २५ सयको हाराहारीमा नेपाली युवा श्रमिक विदेश पलायन हुन बाध्य भैरहेको छ । उनीहरूलाई रोक्नेतर्फ सरकारको खासै पहल देखिदैन । न त कुनै योजना छ जसले नेपालको श्रमलाई बिदेश जानबाट रोक्न सकोस् । फगत श्रमिक दिवस मनाउने र औपचारिकता पूरा गर्ने काम मात्रै भएको छ । नेपालमा न श्रम बजार छ न त संभावना छ । रोजगारीको अभावमा नेपालका युवा श्रमिक खाडीको तातो रापमा रोटी सेकिएझै सेकिन विवस छन । यद्यपि नेपालमा श्रमिकको पक्षमा केही आशा जगाउने काम भएको छ । विदेशमा दुर्घटनामा परेर कामै गर्न नसक्ने अवस्था भयो भने नेपाल फर्केपछि नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम बाँचुन्जेल पेन्सनका रूपमा पाउने व्यवस्था छ । यो श्रमिकका लागि आशा जगाउने कार्यक्रम हो । तर, अझैपनि धेरै काम गर्नु बाँकी छ । वैदेशिक रोजगारका नाममा हुने ठगीबाट अझैपनि हजारौं नेपाली श्रमिक पीडित छन । ठगी नियन्त्रण गर्न तीन तहका सरकार, राजनीतिक दल, वैदेशिक रोजगार व्यवसायी, सचेत नागरिक, स्वयं विदेश जाने श्रमिकबीच एकअर्कामा समन्वय जरुरी छ । अव सरकारले मलेसिया र खाडीको विकल्प खोज्नुपर्छ । यो आवश्यक पनि छ । ती देशमा हाम्रा श्रमिकले न्यूनतम मानव अधिकारबाट समेत वञ्चित हुनु परिरहेको छ । थोरै पारिश्रमिकबाट कठोर श्रम गर्नु परेको छ । तसर्थ आज श्रमिक दिवसकै दिनदेखि नेपाल सरकारले विदेश श्रममा जान बाध्य नेपाली श्रमिकको हक अधिकार स्थापित गर्ने सन्दर्भमा सोँच्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?