ट्रेंडिंग:

>> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते
सम्पादकीय

भन्सारको कडाईमाथि खुला सिमाको रजाई

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

करिव एक महिनायता भैरहवा भन्सार कार्यालयमार्फत एकसय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिनुपर्ने नियमले भारतीय सिमावर्ती बजार सुनसान भएको मात्र छैन, नेपाली उपभोक्ताको भीड सिमा क्षेत्रमा हराएको छ । यसले नेपाली सिमावर्ती बजार गुल्जार बन्ने उद्योगी व्यवसायीको दावी छ । यो दावी गरिरहँदा एक महिनाको बीचमा नेपाली बजारमा उपभोक्ताको कति प्रभाव पर्यो ? त्यो हेर्ने हो भने खासै सन्तोष मान्ने अवस्था नदेखिएको स्वयं उद्योगी व्यवसायीको भनाई छ ।

नेपाली बजारमा चहलपहल किन बढ्न सकेन ? यसका पछि धेरै कारण छन । पहिलो कारण खुला सिमा हो । जबसम्म नेपाल भारतबीचको सिमाना खुल्ला रहन्छ तबसम्म नेपाली बजार गुल्जार हुने अवस्था नै रहँदैन । अर्थात नेपाल तस्करीको केन्द्र बन्ने देखिएको छ । खुला सिमाना भएको कारण छिमेकी भारतको त कुरै छाडौं, नेपाल तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरूको समेत आश्रयस्थल बन्दै आएको विगतका धेरै घटनाहरु साक्षी छन । सहज आवागमन, विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदारता प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् ।

हामीकहाँ हुने अपराधहरूमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरूको तस्करी आदि प्रमुख छन् । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरूसमेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुँदै आएका छन् । नेपालीको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ । केही दिन अघि नेपालबाट भारततर्फ हुँदै गरेको दुई किलो सुन तस्करी पछिल्लो एक उदाहरण हो । त्यसो त सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । यो निकै अघिदेखि हुँदै आएको हो ।

पञ्चायती शासनकालमा सत्तासीनहरूकै संरक्षण र संलग्नतामा सुन तस्करी हुने गरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात् पनि थुप्रै नेता र सरकारी अधिकारीहरू सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुनकाण्ड’ हरू चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन, बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरू नै संलग्न हुन थाले । निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अपनाउँछ । तर आधुनिक प्रविधिले सम्भावित अपराधको पहिचान गर्न र त्यस्ता अपराधबाट जोगिन सक्ने सम्भावनाहरू पनि पहिल्याउँदै गएको अवस्थामा यति धेरै परिमाणको सुन समातियो । र, बुटवलकै केही व्यापारी अहिले अनुसन्धानको क्रममा छन ।

यसमा धेरैको र पहुँचवालाको संलग्नता, सहयोग र समर्थन हुनसक्छ । स्थल मार्गबाट यति ठूलो परिमाणमा सुन तस्करी गर्ने आँट त सामान्य व्यक्तिले गर्नै सक्दैन । यसैले यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीहरूलाई दण्डित गर्नैपर्छ । सोझासिधा जनता जसले दुई किलो चिनी र चियापत्ती अनि बनियान किन्न दुईपैसा सस्तो हुन्छ कि भन्ने आशमा भारतको सिमावर्ती बजार जान्छन, उनीहरुलाई रोकेर के गर्नु ? करोडौं मूल्यको बस्तुहरु निर्वाध तस्करी भैरहेको छ । अहिले भन्सारमा कडाई भएपछि खुला सिमाको प्रयोग गर्दै तस्करी गर्नेहरु मौलाउँदै गएका छन । सानातिना उपभोक्ताबाट भन्सार असूलीको बहानामा करोडौं मूल्यका तस्करीका सामान छोड्ने काम भैरहेको छ । यसबाट सरकारलाई राजस्वमा असर पर्नुका साथै सिमा क्षेत्रका अपराधीक प्रबृत्तिका तत्वहरु मोटाउने काम भैरहेको छ ।

अर्को जटिलता के छ भने खुला तस्करीको जालो तोड्न त्यति संभव छैन । बारम्बार यस प्रकारका काममा प्रहरी प्रशासनको नाम समेत जोडिने गरेको हुँदा सरकारले भन्सार राजस्व बढाउने हो भने एकसय बढीको सामानमा भन्सारमा कडाई होइन कि अवैध तस्करी नियन्त्रण गरोस् । जबसम्म तस्करी नियन्त्रण हुँदैन तबसम्म भन्सारमा कडाई गर्नुको सार्थकता हुँदैन । सरकारले निर्धारण गरेको राजस्व लक्ष्यमा बढोत्तरी होइन गिरावट आउने छ । तसर्थ यस विषयमा सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?