ट्रेंडिंग:

>> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि

तापमान बृद्धिको बढ्दो चुनौती

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

यो बर्ष तराईमा मात्र होइन पहाड र हिमाली भेगमा बस्ने नेपालीले गर्मीको महसुस गरे । तराईमा यो बर्षको गर्मीले ४५ डिग्रीको रेकर्ड कायम ग¥यो । बुटवलमा ४४ डिग्रीसम्म तापमान पुग्यो । धेरैको आशय थियो– बुटवलमा यतिधेरै गर्मी पहिलोपटक महसुस भयो । नेपालका बुटवल, पहाड र हिमालमा मात्र होइन गर्मीको महसुस विश्वभरी नै भएको छ । विश्वभर बढ्दो तापमानको चिन्ताबीच तापमान नियन्त्रणको चुनौति देखिएको छ । हरेक बर्ष गर्मी यही अवस्थामा रहने र देखिने हो भने निश्चितरुपमा मानव जीवनका लागि अति जोखिम हुनेछ । मानव जीवनका लागि बढ्दो तापमान चुनौति भएको छ । विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदैछ । औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनाएको विर्सन सकिदैन । अहिलेपनि जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बनेको छ । त्यसले फाल्ने दूषित धुवाँ नै विश्व तापमान बनाउने मूल कारण हो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन् । प्राकृतिक चक्रमा अवरोध छ । त्यसको प्रत्यक्ष यो बर्ष नेपालका सवै क्षेत्रमा देखापरेको छ ।

वातावरणबीदहरुले विश्व तापमान वृद्धिको क्रमसँगै सन. २०५० सम्म संसारभरिका ५० वटा हिमाली विश्वसम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन । यो अवस्था निम्तिनुमा विश्वव्यापी रूपमा तापक्रमको वृद्धि हो । यसले गर्दा हिमाली क्षेत्रका हिउँ पग्लिने क्रमले तीव्रता पाउन थालेको छ । अहिले नै नेपालका मूख्य हिमाली क्षेत्रमा हिउँ जम्न छाडेको छ । जोमसोममा गर्मी बढेको छ । मुक्तिनाथको तापक्रम केही दिन अघि ३० डिग्री मापन भएको थियो जुन मानव सभ्यताका लागि गंभीर चुनौति हो । एक प्रतिवेदनका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अस्टे«लियासहित सबै महादेशका विभिन्न ५० वटा प्रमुख हिमाली निकुञ्ज वरिपरिका हिउँ तथा हिमनदी उच्च गतिमा पग्लिने क्रम छ । जसका कारण यो बर्षदेखि बढ्दो तापमानको भयावह स्थिति सिर्जना हुँदै गएको देखिएको छ । निश्चितरुपमा अहिले विश्व तापक्रम वृद्धिको विश्वव्यापी समस्याबाट पृथ्वीको कुनैपनि महादेश अछुतो रहन सक्ने देखिँदैन । हिमनदीमा विश्वका धनी राष्ट्रले औद्योगिक विकासका नाममा उत्सर्जन गरेका कार्बनडाइअक्साइड लगायतका विषाक्त ग्याँसको दुष्प्रभावबाट प्रभावित छन् । यस अर्थमा विश्वका कम विकसित तथा अल्पविकसित राष्ट्रहरू बिना अपराध दण्डको भागीदार भइरहेको अवस्था छ । जोखिम आउँदै गरेपछि जोगिनु बुद्धिमत्तापूर्ण सजगता हो । तसर्थ यस स्थितिबाट मुक्ति पाउन विश्वव्यापी रूपमा सहकार्य तथा समन्वय गरिनु अति महत्वपूर्ण छ । विश्व तापक्रम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकता दिएर सबै राष्ट्रले सामूहिक हितका निम्ति अग्रसर हुनुको कुनै विकल्प अव देखिँदैन । विश्व पर्यावरण अनुकूलका वातावरणमैत्री औद्योगिक विकासलाई प्रश्रय दिने नीति औद्योगिक राष्ट्रले अख्तियार गर्नु जरुरी भइसकेको छ । चिन्ताको अर्को कुरा के छ भने आउँदो वर्षमा विश्व तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुनसक्ने आशंका गरिँदै छ र यसबाट उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने बाताबरणबीदहरुको चिन्ता छ । विश्व तापमान बृद्धिबाट पार पाउने एउटै उपाय तापक्रम वृद्धिमा नियन्त्रण नै हो । तर, ठूला देशहरु तापमान नियन्त्रणमा सहमत छैनन् । यो अवस्थामा वातावरणवीदहरुको तापमान नियन्त्रणको पहल टाउको दुखाईको बिषय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?