ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रचारमा नआएको ठुली दह

२१ मंसिर २०७५, शुक्रबार
२१ मंसिर २०७५, शुक्रबार

अग्लो पहाडको टुप्पोमा घना लोकाली जंगल । जंगलको बिचमा कञ्चन जलाशय अनि त्यही जलायशको छेउमा ठुलो चौर । लाग्छ, यो भन्दा सुन्दर, शान्त र मनोरम स्थल अन्त कतै छैन ।
जताततै हरियो कार्पेट बिछ्याएझैं लाग्ने प्राकृतिक वातावरण । स्थल हो रुकुम मुसीकोटको ठुली दह क्षेत्र । आवश्यक प्रचार–प्रसार हुन नसक्दा प्रकृतीको अनुपम उपहार यस क्षेत्रकाबारे सबैलाई जानकारी हुन सकेको छैन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ७ साँखमा पर्ने ठुली दह क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ, धार्मिक मान्यताले पनि यो क्षेत्रलाई तपोभूमि मान्ने गरेको स्थानीयहरू बताउँछन् ।
घना जंगलको बिचमा लगभग चारहजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्र समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको छ । मध्यपहाडी लोकमार्ग हुँदै रुकुम पश्चिमको मुसीकोट र पूर्वको रुकुमकोटबाट सजिलै साँखगाउँसम्म पुगेपछि लगभग एक घण्टा जति करिब तिन किलोमिटर उकालो चढेपछि ठुली दह पुगिन्छ । यहाँ पुगेपछि एक घण्टाको उकालोको थकाई त हराएर जान्छ नै यति सुन्दर स्थलमा घुम्न पाएकोमा मन चंगापनि हुन्छ । सदरमुकाम मुसीकोट देखि नजिकै भएर पनि प्रचारप्रसार नभएको र विकासमा समेत पछाडी परेको यस स्थानलाई आवश्यक विकास र बिस्तार गरि पर्यटकको आवागमनलाई बढवा दिनमाग गर्छन् स्थानीय पुर्णबहादुर बुढा । ‘यो हामी साँखबासीका लागि महत्वपूर्ण स्थान हो । हामी हाम्रा कुरा देवता उत्पति भएको स्थलको रूपमा यस स्थानमा आएर हरेक पूजा गर्छौ ।’ उनले भने, ‘अब यो ठाउँलाई सबैमा झचिनाउन आवश्यक छ । त्यसका लागि यहाँसम्म आउने सडक निर्माण गर्नु पहलिो आवश्यकता हो ।’
दहको छेउमा रहेको ठूलो चौरलाई क्रिकेट मैदानका लागि विकास गर्न भनेर आर्थिक बर्ष ०७३÷०७४ मा संसद विकास कोषबाट १० लाख विनियोजन गरिएको वडा नं. ७ का वडा अध्यक्ष हिमबहादुर पाण्डेले जानकारी दिए । तर, उक्त रकमले यस स्थानमा कुनै विकास भएको भने पाइँदैन । साँखगाउँसम्म आएको मध्यपहाडी लोकमार्गको छेउबाट चक्सारी सम्म करिब एक किलोमिटर सडकको ट्रयाक खोल्ने काम भैसकेको भने बाँकी दुई किलोमिटर सडक निर्माण गरी दह स्थलसम्म नै गाडी पु¥याउने गरी काम थाल्न योजना बनाएर लाग्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ । ‘यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आवागमनलाई बढाउन सडक पाहिलो आवश्यकता हो ।’ उनले भने, ‘यसका लागि नगरपालिका मार्फत यस योजनामाग गरेर सडक निर्माणलाई अगाडी बढाउँछौं ।’
लेकाली क्षेत्र भएकाले बाह्रै महिना चिसो हुने ठुलीदह क्षेत्र घुमघामका लागि भदौंदेखि कार्तिकको पहिलो सातासम्म र वसन्तीयाम अर्थात् चैत देखी जेठसम्मको मौसम सबभन्दा उपयुक्त हुने स्थानीयहरू बताउँछन् । बर्षायाममा आकाशे पानीका कारण भरिलो देखिने ठुली दह अरू बेला भने केही घट्ने गरेको छ । यसका लागि सानीभेरीबाट लिफ्ट मार्फत पानी जम्मा गरेर साँखगाउँका खेतमा सिंचाई पनिगर्ने बृहत योजना समेत स्थानीय सरकारको रहेको वडा अध्यक्ष पाण्डेको भनाइ छ । उनका अनुसार यो योजना सम्पन्न गर्न भने करिब दश करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस ठाउँमा ठुली दहसँगै वरीपरी अरू सा–साना सहायक दहहरू पनि रहेका छन् । सडक र अन्य भौतिक विकासलाई अगाडी बढाउन सके र प्रचारमा ल्याउन सके भिजिट नेपाल–२०२० का लागि रुकुम मुसीकोटको ठुली दह क्षेत्र पनि एउटा गन्तव्य हुनसक्छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?