ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बुटवल, ३१ बैशाख । रुपन्देहीका रेष्टुरेन्ट तथा होटल ब्यवसायीहरुलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम शुरु भएको छ । रुपन्देही उद्योग संघको समन्वय ईन्स्योर परियोजनाको आर्थिक सहयोगमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ब्यवसायीहरुलाई १६ दिने (९६ घण्टा) फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिईएको हो ।

तालिमको उद्घाटन गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले क्षमता विकासका ब्यक्तिगत र संस्थागत रुपमा तालिम आवश्यक पर्ने बताए । पाहुनालाई मुस्कानसहितको सेवा पर्यटन ब्यवसायमा पहिलो र महत्वपूर्ण कला भएको उनले बताए । अहिलेको अवस्थामा धेरै प्राविधिक उत्पादन गर्ने विद्यालयहरुबाट उत्पादित जनशक्ति पलायनको अवस्था रहेको भन्दै उनले ब्यवसाय धरासायी बन्दै गएको बेला तालिममार्फत जनशक्ति उत्पादन गर्न मद्यत मिलेको दाबी गरे । ‘तालिम स्वरोजगार बन्ने खुड्किलो हो ।’— उनले भने । संघको समन्वयमा विगतबाट नै हस्पिटालिटि, अटोमोबाईल्स, सिभिल लगायत धेरै क्षेत्रमा संस्थागत रुपमा तालिममार्फत क्षमता विकास गर्दै आएको उनले बताए ।

कार्यक्रममा आयोजक रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले शिक्षा र सीप सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । घरपछिको दोस्रो घर होटल भएको भन्दै यहाँ आउने पाहुनालाई दिईने स्वागत सत्कारको महत्व रहने उनले बताए । तालिममा सिकेका अक्षरस ब्यवहारमा पालना गर्न सकेमात्र प्रभावकारी बन्ने उनले बताए । तालिम एउटा अवसरका रुपमा लिनुपर्ने भन्दै उनले बुटवललाई टुरिजमको हबका रुपमा विकास गर्न तालिमहरुबाट थप मद्दत मिल्ने बताए । आफ्नो ठाउको बारे परिचय दिनसक्ने, पर्यटकिय गन्त्ब्यहरु जानकारी दिनसक्ने, अध्ययन जरुरी पर्ने उनले बताए ।

कार्यक्रममा संघका तालिम संयोजक तथा सहकोषाध्यक्ष माधव ढकालले ‘अतिथि देव भव’ पर्यटन ब्यवसायको मुलमन्त्रलाई आत्मसात गर्ने ब्यवसायीहरुलाई क्षमता विकास गराउने लक्ष्यसहित तालिमलाई जोड दिदै आएको बताए । तालिममा पाहुनाहरुलाई सत्कार गर्ने, मीठो बोल्ने र मुस्कान सहितको सेवालाई जोड दिईने उनले बताए । ठूलो रकम तिर्नुपर्ने तालिमलाई दातासंस्थाहरुको सहयोगमा निशुल्क ब्यवस्था गरिएको उनले बताए । ब्यवसायीहरुको माग अनुसार बारिस्टा, हाउस किपिङ लगायतका थप तालिमलाई जोड दिदै जाने उनले बताए । जिल्लालाई नै नमुना सेवामुलक पहिचान दिने गरि अघि बढाईएको उनले बताए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) कामदारहरुको लागि थप सीप तालिम कार्यक्रम अन्तरगत डाईनामिक टेक्निकल एजुकेन तथा भोकेसनल ट्रेनिङ प्रालिको प्राविधिक सहयोगमा तालिम दिईएको उनले बताए ।

कार्यक्रममा पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम भट्टराई, सीप विकास ईकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल, संघका महासचिव अर्जुन थापा, ट्रेनिङ प्रालिका म्यानेजिङ डाईरेक्टर अरुणराज मैनाली, संघका तिलोत्तमा शाखा अध्यक्ष मीन तिवारीले सेवाग्राहीसंग गर्ने व्यवहारलाई पर्यटन ब्यवसायमा महत्व राख्ने भन्दै यही क्षमता विकासमा तालिम दिईएको बताए । मुख्य प्रशिक्षक मिना राना, प्रशिक्षक अजय गौतमले सहजिकरण गर्ने तालिममा रुपन्देहीका दुई दर्जन ब्यवसायीहरु सहभागि रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?