ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

बुटबल, २१ बैशाख । बुटवल उपमहानगरपालिका ९ स्थित इटाभट्री लाईनमा सन्चालित अधिकांस टुर्स एण्ड ट्राभल्सका शााखा कार्यालयका नाममा विना दर्ता सन्चालन भएको पाईएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याललको नेतृत्वमा पर्यटन डिभीजन कार्यालय भैरहवा, घरेलु तथा साना उद्योग कार्यालय भैरहवा, बुटवल उप–महानगरपालिका श्रम तथा रोजगार कार्यालय बुटवल, सहित प्रहरी प्रशासनको संयुक्त अनुगमनमा ट्राभल्स एजेन्टहरू अधिकांस विना दर्ता सञ्चालन भैरहेको पाइएको हो ।

अनुगमनका क्रममा बुटवलको इटाभट्टी लाईनमा नेपाल बाट भारतका बिभिन्न स्थान यात्रु पु¥याउने नाममा सन्चालित बस सेवाका ट्राभल्स एजेन्सीका कार्यालयहरू मनोमानी रूपमा इजाजत बिना खोलीएको पाईएको थियो । जसका कारण राज्यलाई समेत लाखौ रूपैयाँ राजश्व गुमेको जनाइएको छ ।

बुटवल बाहिर बिभीन्न जिल्लाहरूमा केन्दीय कार्यालय रहेको भन्दै शाखा कार्यालय सन्चालन गर्ने बारे नेपाल सरकार स्थानीय सरकार सम्बन्धित निकायहरूमा अनुमती नलिएकन सन्चालनमा रहेका ११ बटा टुर्स एण्ड ट्राभल्सहरूलाई जनही २० हजारका दरले कारवाही गरिएको हो । यसरी कारवाहीमा परेका ट्राभल्सका सन्चालकहरूलाई ३ दिन भित्र दर्ता अनुमती लिएरमात्र कार्यालय सन्चालन गर्न सुझाउँदै अनुगमन समितीका संयोजक रामचन्द्र अर्यालले आउने दिनमा बिना अनुमती सन्चालन गरेको पाईए कारवाही गरिने बताएका थिए ।

कारवाहीमा पर्नेहरूमा न्यु सुपा देउराली टुर्स एण्ड ट्राभल्स प्रा.ली, श्री सुभ साईत टुर्स एण्ड ट्राभल्स, अप्सन लुम्बिनी टुर्स एण्ड ट्राभल्स, जनसगरमाथा टुर्स एण्ड ट्राभल्स, नमस्ते बिहानी टुर्स एण्ड ट्राभल्स, न्यु सागर एण्ड सगरमाथा टुर्स एण्ड ट्राभल्स, सुपा देउराली टुर्स एण्ड ट्राभल्स प्राली, लुम्बिनी हिमालय टुर्स एण्ड ट्राभल्स, दुर्गैश्वरी ट्राभल्स प्रालि, खलंगा एण्ड सुपादेउराली टुर्स एण्ड ट्राभल्स, दर्शन लुम्बिनी यातायात प्राली, रुद्रावती टुर्स एण्ड ट्राभल्सलाई जनही २० हजारका दरले कारवाही गरीएको हो ।

ट्राभल्सहरूले सन्चालन अनुमती ल्याएर मात्र सन्चालन गर्नुपर्नेमा त्यस्तो नगरेकाले पहिलोचोटी जरीवाना गरिएको आउँदा दिनमा दर्ता बिना सन्चालन गरेको पाईए कार्यालय बन्द समेत गर्न सकिने अनुगमन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?