ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

खुकुरी नाचले पाहुनाको स्वागत

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

पञ्चेबाजाको मधुर संगित । पाहुनाको स्वागतमा लहरै लागेका स्थानीय । साथमा केही अर्धबैशे व्यक्तिहरू हातमा खुकुरी लिएर बाजाको तालमा नाचिरेहका छन् । पहुनाको पुरा ध्यान भने त्यसैैतर्फ केन्द्रित छ । तर, यहाँका लागि भने यो नयाँ होइन । गाउँमा आउने बिशेष पाहुनाको स्वागत गर्न पञ्चेबाजाको तालमा खुकुरी नाच नाच्नु सिस्ने गाउँपालिका–३, पोखराको परम्परा नै हो ।
गाउँमा हुने विभिन्न सामाजिक संस्कारहरू विवाह, बर्तबन्ध, मेला, पर्बका साथै गाउँमा आउने पाहुनाको स्वागत गर्न पुरा गाउँ नै जुट्छ । स्वागतमा गुजिञ्छ पञ्चेबाजा, नाचिन्छ खुकुरी नाच ।
स्थानीय रामबहादुर केसीका अनुसार दशैंको महाअष्टमीमा माई भगवतीको मन्दिरमा बली दिन प्रयोग गरिएका हतियार गौतम कुलाका पुजित हतियार हुन् । तिनै हतियार दशैं घरबाट निकालेर गाउँमा हुने विभिन्न महत्वपूर्ण जमघटहरूमा नाच आयोजना गरी पाहुनाको स्वागत गर्नु यहाँको मौलिक चलन हो ।
‘हामी बाजा बजाएर, खुकरी नचाउँदै पाहुनाको स्वागत गर्छौं ।’ केसी भन्छन् ‘यसलाई हाम्रो भाषामा फरौटे नाच भन्ने गरिन्छ ।’

भगवती माताको पूजा गरिएका हतियार नचाए अनिष्ट हुँदैन र गाउँमा कुनै पनि खालको भुत–प्रेतको बास हँुदैन । साथै, गाउँमा शान्ति हुन्छ भन्ने मान्यताका साथ यो नाच नाच्ने गरेको यहाँका स्थानिय बताउँछन् । दशैंपछि बिशेषगरी माघे सक्रान्तिका दिन यो नाच नाचेर रमाईलो गरिन्छ । साथै बिवाह गरेर छोरी अन्माउँदा र भित्र्याउँदा केटी पक्षकाहरुको स्वागतका लागी यो नाच अनिवार्य नाचिने गरेको सिस्ने गाउँपालिका–३ का पृथ्बीबहादुर खत्री, ७० बताउँछन् । आफू ३० बर्षको उमेरदेखि नाच्न थालेको बताउने खत्रीसंगै गाउँका अरु तीन जना पनि यो नाचका लागि चिनिएका छन् । यी तिनजना मध्ये एक जना कोही गाउँमा नहुँदा गाउँकै अरु पुराना मान्छेहरुले नाचमा साथ दिन्छन् ।
दाहिने हातमा खुकुरी र देब्रे हातमा त्यसैको दाब समाएर बाजाको तालमा निकै होसियारीपूर्वक नाच्नुपर्ने यो नाचले गाउँमा हुने यस्ता रमाईला जमघटमा सहभागी हुने जो कोहिलाई पनि मोहित पार्छ । पहिलोपटक यो नाच हेर्नेलाई त झन् यसले अच्चम्मित पनि बनाउँछ । बाटोमा हुदाँ लहरै हिँडेकाहरुको अगाडि पाईला चाल्दै खुकुरी घुमाउँदै नाचिन्छ भने जमघट हँदा जमघटको बिचमा यो नाच नाचिन्छ । यो नाचबाट प्रभावित हुनेले नाच्नेको शिरमा पैसा पनि राखिदिन्छन् ।
यसरी खुकुरी नाच नाचि सकेपछि उक्त खुकुरी र तरबार पुनः दशैं घरमा नै लगेर राखिन्छ । स्थानीयका अनुसार उक्त हतियारहरु दशैंमा बली काट्न र नाच्नमा बाहेक अरु कुनै पनि काममा प्रयोग गर्न पाइँदैन । साथै ती हतियार चलाउन दशैं घरका पुजारीको अनुमति लिनु अनिवार्य छ । परम्परादेखि नै यसरी नाच्दै आएको यो नाचको लामो ईतिहास भएपनि पछिल्लो पुस्ताले भने यसको संरक्षणमा ध्यान नदिँदा परम्परागत खुकुरी (फरौटे) नाच लोप हुने खतरा पनि बढेको छ ।

गाउँमा आयोजना गरिएको एउटा कार्यक्रममा आएका पाहुनाको स्वागतका लागि हातमा खुकुरी लिएर नाच्दै रुकुम सिस्ने गाउँपालिका–३ का स्थानीय ।तस्वीरः बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?