ट्रेंडिंग:

>> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते

अधिकार र कर्तव्यका कुरा(सम्पादकीय)

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

सरकारले नागरिकहरूको वैयक्तिक गोपनियता जोगाउने गरी नयाँ विधेयक ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको विधेयकमा जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार तथा चरित्र अनितिक्रम्य अधिकार रहने कुरा उल्लेख गरिएको छ । यसरी नै परिवारको गोपनीयता, प्रजनन स्वास्थ्य गोपनीयता, नागरिकको निजी आवास, डेरा अपार्टमेन्ट, रात बिताउने गरी बसेको होटल, लज लगायतमा अनुमति बिना प्रवेश र खानतलासीको अधिकार नहुने व्यवस्था पनि अघि सारिएको छ । प्रस्तावित विधेयकअनुसार व्यक्तिको लिखत तथा पत्राचार गोप्य रहनेछन् । शैक्षिक योग्यताका प्रमाणपत्र, चिकित्सा अवस्था, बैंक खाता, डेविट तथा क्रेडिट कार्डको विवरण पनि गोप्य रहनेछन् । यस्तै, जैविक तथा आनुवांशिक विवरण, ल्याप्चे, सहीछाप पनि गोप्य अधिकारमा पर्ने भएका छन् । विधेयकले अनुमति बिना व्यक्तिको निजी जीवनमा असर पुग्ने तथा बेइज्जत हुने कुनै पनि सूचना सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेको छ । यतिमात्र हैन, नागरिकको रोजगारी, व्यवसाय तथा कारोबारका विवरण, राजनीतिक आवद्धता, निर्वाचन सम्बन्धी विवरण पनि गोप्य रहने छन् । वैयक्तिक गोपनीयताको कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
यो विधेयकले नागरिकलाई आफ्ना दैनिकी कार्य अघि बढाउन निश्चितै अधिकारहरू प्राप्त हुनेछ । लोकतन्त्रको प्रत्याभूति भएको महशुस गर्नेछन् । लोकतन्त्रमा नागरिकलाई यी अधिकार दिइनु पथ्र्यो । ढिलै भए पनि जनताले अधिकार प्राप्त गर्ने भएका छन् । आजसम्म सरकारी निकायबाट गरिने ढिला सुस्ती, घुसखोरी, कमिशनखोरीलाई यसले निश्चितै नियन्त्रण गर्नेछ भन्ने आशा राख्न सकिन्छ । सरकारी निकायबाट जतिबेला पनि नागरिकमाथि गरिने टर्चर, खासगरी प्रहरी निकायबाट हुने गरेका ज्यादतीले नागरिकलाई आतंकित तुल्याएको थियो । नागरिकको सम्मान गर्ने, तपाईंसम्म पनि नभन्ने चलनले घर गरेको थियो । अनुशासित परिपाटी नै बसेको छैन । अब त्यसमा सुधार हुन सक्छ । कसैले पनि कसैमाथि दुब्र्यवहार गर्न रोक लाग्न सक्छ । नागरिक सबै समान हुन्छन्, सबैलाई सबैले सम्मान गर्नुपर्छ भन्ने भावना जगाउन र गोपनीयतालाई चुस्त राख्न यो विधेयकले भूमिका खेल्न सक्छ ।
यसरी हेर्दा नागरिकलाई ब्यक्तिगत स्वतन्त्रता पर्याप्त मात्रामा दिइएको देखिन्छ । तर, यसले अर्को समस्या निम्ताउने सम्भावना बढ्न जान्छ । कसैका बैंक खाता नै सरकारले थाहा पाउन सकेन भने त्यसले कालो धन थुपार्नेहरूलाई फाइदा पुग्न जान्छ । देशमा आर्थिक क्राइसिस बढ्छ । नक्कली कारोबार बढ्न जान्छ । भ्रष्टाचारलाई बढावा दिन्छ । कसैलाई पक्राउ नै गर्न नपाएपछि लागू औषध सेवन गर्ने, होटेलहरूमा केटाकेटीहरूले छाडा व्यवहार गर्ने, तस्करी गर्नेहरू मौलाउन सक्छन् । अझै नेपालमा मानिसले अधिकार बढी खोज्ने तर, कर्तब्यको पालना गर्न नजान्ने परिपाटी छ । गाईको दुध खान जान्ने, तर, गाई पाल्न नजान्ने, कुकुर पाल्ने, तर, चोकमा ल्याएर आची गराउने, गाडी किन्न सक्ने, तर, गाडी अरूको निबासमा ल्याएर खडा गरिदिने, जथाभाबी हर्न बजाउने जस्ता प्रबृत्ति विद्यमान छन् । यसलाई निश्चित लिकमा हिँडाउन पनि सरकारले कतिपय कदम चाल्नु आवश्यक छ । अधिकारका साथै कर्तब्यको पालना भएन भने त्यो अधिकार बलियाका लागि हतियार र निर्धाका लागि यातना बन्न पुग्छ भन्ने कुरा पनि बुझ्नु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?