ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

(सम्पादकीय) अनुगमन टोली नै असुरक्षित

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

सरकारी नीति फितलो भयो भने तरकारी बेच्नेहरूले पनि देश हल्लाउँछन् । संघीय राजधानी काठमाडौँको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमा त्यस्तै भयो । उत्पादक किसानले बेच्ने मूल्यभन्दा तेब्बर बढी मूल्य लिएर बेचिएको प्रमाणित भएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोलीले विल विजक माग गर्दै कारबाही प्रक्रिया थालेको थियो । तर, तरकारीमा बिचौलियाको भूमिका खेल्नेहरूले अबरोध गरे । धम्क्याए । तनावको स्थिति उत्पन्न भएपछि कालिमाटी बजार विकास समितिको भवनमा अनुगमन टोली थुनिनुप¥यो । अन्त्यमा बाक्लो मात्रामा प्रहरी परिचालन भएपछिमात्रै ब्यापारीले अनुगमन टोलीलाई बाहिर निस्किन दिएका थिए । अनुगमनमा बिजबिजक नभएका दुई ट्रक तरकारी जफत गरिएको छ । अनुगमन टोलीलाई धम्क्याउने बिचौलियाको नेतृत्व गर्ने कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको छ । समस्या सुल्टाउनको लागि मन्त्री मातृका यादव पनि पुग्नु प¥यो । बिहान ३ बजे नै अनुगमनमा टोली पुगेको थियो । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
तरकारीमा सिण्डिकेट प्रणाली हटाउने कुरा सरकारको तर्फबाट बारम्बार उठेको छ । सिण्डिकेट हटाउन नसक्दाको यो परिणाम हो । त्यसो त सिण्डिकेट हटाएको भनिएको यातायात क्षेत्रमा पनि घुमाउरो ढंगले सिण्डिकेट चालु नै छ । बैंकका खाता रोकिए पनि यातायात समिति खारेज भएको छैन । उसकै रेटमा उसका टिकट किन्न यात्रुहरू बाध्य छन् । खारेज गरिएको भनिएको संस्था त ब्युँतिदै छ भने हातै नहालिएको तरकारी बजारमा सिण्डिकेट लागू हुनु आश्चर्यको बिषय हैन । हालका आपूर्ति मन्त्री मातृका यादवले खाद्यबस्तुको नाममा अखाद्य बेचेको प्रमाणसहित कारोबारियालाई कारबाहीको सिफारिस गर्दा रातारात पत्लुंग माथि स्याहार्दै छुटाउन पुगेका थिए । कालो ब्यापार गर्नेहरूको मुट्ठीभित्र माखोजस्तै थुनिएकाहरू नेपालमा मन्त्री बनेका छन् । तस्करीमा नामुद मानिएकाहरू यहाँ सांसद चुनिन्छन् । चोर उचक्काहरू सरकारबाट पुरस्कृत हुन्छन् । नीति बनाउने जिम्मेवारीमा पुगेका नेताहरू नै नैतिकहीन भएपछि अराजकता बढ्नु पनि आश्चर्यको कुरा हुँदैन ।
सिण्डिकेट एक दुई चिजमामात्र छैन । हरेक उपभोग्य बस्तुमा छ । अहिले त सरकारले अनावश्यक कर थोपरिदिनाले बजार भाउमा ब्यापारीहरूको मनोपोली (एकाधिकार) चलिरहेको छ । हरेक बस्तुमा बेहिसाव मूल्य बढेको छ । कुनै पनि बस्तु किन्दा विल दिइँदैन । यहाँसम्म कि लामो दुरीमा यात्रा गर्दा यात्रुले बसको टिकटसम्म पाउँदैनन् । कर बढाइँदा एउटा निहुँ बनेको छ । गणतान्त्रिक प्रणालीमा जनताले सुबिधा पाउलान्, न्याय पाउलान्, अराजकता नहोला, जनता सुरक्षित भएको महशुस गर्लान् भन्ने ठाउँमा ठीक उल्टो भएको छ । हरेक कुरामा असुरक्षा झेल्नु परेको छ । चरम महँगीको सामना गर्नु परेको छ । करको भारीले थिचिनु परेको छ । यहि नै अवस्था विद्यमान रहने हो भने कुनै पनि बेला गणतन्त्रको धज्जी उड्छ । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखानजस्तै जनतालाई अहिले त्यो अवस्थामा पुराइँदै छ । जनताले कति साथ दिने ? किन साथ दिने ? केको लागि साथ दिने ? सरकारमा बस्नेहरूले यो कुरालाई अब आत्मसात गर्नैपर्छ । आफूलाई सच्याउनु पर्छ । बेथितिलाई सुधार गर्नुपर्छ । त्यतातर्फ सोँच्न अब ढिला गरिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?