ट्रेंडिंग:

>> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल

पढ्दै, सिक्दै, रमाउँदै

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

सल्यान, १५ बैशाख । छत्रेश्वरी गाउँपालिका वडा नं ३ स्थित गोरखनाथ आधारभूत विद्यालयका भाषा शिक्षक सरिता योगीको अनुभवमा बालमैत्री बसाई व्यवस्थापन संगै पाँच तत्वमा आधारित पढाई पद्धती लागू भएपछि विद्यालयमा विद्यार्थी संख्या बढ्दो छ । विगतमा प्रारम्भीक कक्षामा विद्यार्थीलाई अक्षर चिनाउन उनले धेरै संघर्ष गर्नुपयो । तर पनि अपेक्षाकृत सफलता पाउन सकिएन । तर विद्यालयमा साक्षरता कार्यक्रम लागू भएपछि प्रत्यक्ष अनुभूति हुनेगरी धेरै परिवर्तन भएको छ । निजी विद्यालयबाट समेत विद्यार्थी आफ्नो विद्यालयमा फर्किएको साक्षरता कार्यक्रम लागू भएका विद्यालयका शिक्षकहरू बताउँछन् ।

पछिल्लो पटक स्थानीय तहहरूको आफ्नो ५० प्रतिशत साझेदारी हुनेगरी जिल्लाका ६८ वटा सामुदायीक विद्यालयहरूमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । रुम टु रिड (पढ्नका लागि कोठा) र स्थानीय तहहरूको साझेदारी एवम दलित विकास सल्यानको स्थानिय सहजीकरणमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

अहिले सल्यान स्थित श्रीनगरमा साक्षरता कार्यक्रम लागू भएका विद्यालयका भाषा शिक्षकहरूलाई कक्षा १ को पुनर्ताजकी तालिम सञ्चालन भइरहेको छ । यही बैशाख ९ देखी १२ सम्म एकिकृत पाठ्यक्रममा आधारित भएर नेपाली विषयको पठन सीपका तत्वहरू बारे कक्षा २ को लागि अभिमुखीकरण गरिएको थियो । विहिबारबाट सुरु भएको कक्षा १ को लागि पुनर्ताजकी तालिम १५, बैशाख सम्म सञ्चालन हुने छ । कक्षा १ को पुनर्ताजकी तालिममा छत्रेश्वरी गाउँपालिकाका ६ वटा विद्यालयका भाषा शिक्षकहरू सहभागि छन् । यस्तै बागचौर नगरपालिकाका ९, त्रिवेणी गापाका ६ रदार्मा गापाका ३ विद्यालयका भाषा शिक्षकहरू सहभागि छन् । तालिममा सहभागि शिक्षकहरू विद्यालयमा प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालय कार्यक्रमले विद्यार्थीको पठनसीप र पढ्ने बानीको विकासका लागि टेवा प्रदान गरिरहेको बताउँछन् । शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोगले विद्यालयमा साक्षर वातावरण सिर्जना गर्न मद्दत पुगेको छ ।

तालिम प्राप्त गरेपछि आफुमा पेशागत सीप विकास भएको तथा ध्वनी सचेतीकरण, अक्षर चिनारी, शव्द भण्डार, पठन प्रवाह र बोध गरेर पढाईका ५ तत्वहरू समेटी कक्षा शिक्षण गरिरहेको भाषा शिक्षकहरू बताउँछन् । विहिबारको तालिम कार्यक्रममा आफ्नो अनुभव साट्दै शिक्षकहरू विमला केसी, गिता केसी, रूपा वली, गिता डाँगी, शोभाराम वली लगाएतले विद्यार्थी इमान्दार, अनुशासीत बनेको उल्लेख गरेका थिए ।

यद्यपी कतिपय विद्यालयमा भौतिक पूर्वाधारको अभाव, विद्यालय भन्दा टाढा घर भएका विद्यार्थी वर्षायाम र जाडोयाममा कम विद्यालय उपस्थित हुने गरेको, शैक्षिक सामग्री व्यवस्थापनमा समस्या आएको उनीहरूको भनाई थियो । सृजनात्मक रूपमा शिक्षणका लागि आफुहरूले घरमा नाच्ने, गाउने सिकेर आउने गरेको शिक्षकहरूको भनाई छ । तालिम कार्यक्रममा पुगेका छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले साक्षरता कार्यक्रमको सकारात्मक परिणाम आएको उल्लेख गर्दै विशेष गरेर शिक्षा क्षेत्रको विकासमा आफुहरूले प्राथमिकताको साथ काम गरिरहेको बताए । साक्षरता कार्यक्रमका कारण वालवालिकाको आनीवानी, व्यवहार र पठन सीपको समेत विकास भई उनीहरूले राम्रो संस्कार सिकेको अनुभुति गरिएको भन्दै विद्यालयमा भौतिक सुधारको कामलाई पनि ध्यान दिएर अघि बढ्ने बताए । श्रीनगरमा जारी तालिममा विद्यार्थी सिकाई परिक्षणको परिणाम सार्वजनिक र समिक्षा भएको छ भने आगामी कार्ययोजना निर्माण कार्य पनि भइरहेको छ । साक्षरता कार्यक्रम लागू भएको एक वर्षपछि ६८ विद्यालयका ६२७ जना विद्यार्थीमा गरिएको सिकाई परिक्षणमा करिव ९५ प्रतिशतले शुद्धसंग अक्षर पढेका थिए, ८० प्रतिशतले शुद्ध संग शब्द पढ्न सकेका थिए भने ७५ प्रतिशतमा राम्रो पठनबोध भएको पाइएको थियो ।

यस्तै साक्षरता कार्यक्रम लागू नभएका जिल्लाका ११ विद्यालयका ५१ विद्यार्थीमा पनि सिकाई परिक्षण गरिएको थियो । जसको नतीजा अनुसार ६४ प्रतिशतले राम्रो संग अक्षर चिन्न सकेका थिए । तर ती विद्यार्थीमा शब्द चिन्न समस्या देखियो । १३ प्रतिशतले मात्रै राम्रो संग शब्द चिन्न सकेका थिए, ३१ प्रतिशतले राम्रो संग पाठ पढ्न सकेका थिए भने २५ प्रतिशतमा राम्रो पठनबोध भएको पाइएको थियो । रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेल, दलित विकास समाजका साक्षरता कार्यक्रम जिल्ला संयोजक टेकराज शाही लगाएतले तालिममा अभिमुखिकरण गरिरहेका छन् ।

प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने सिप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रूपमा विकास गर्नु साक्षरता कार्यक्रमको मूल उद्देश्य रहेको छ । यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत साक्षरता तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरू भइरहेको वरिष्ठ कार्यक्रम अधिकृत पोख्रेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np