ट्रेंडिंग:

>> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’

अमृतलाललाई तेल मिलको रस

२०३३ सालमा यहि नजिकै रहेको ठाडो खोलामा बाढी आउँदा नोक्सानी व्यहोर्नु प¥यो । करिब १२ देखि १५ बोरा तोरी बाढीले बगायो । त्यस पछि हामीले अहिलेको ठाउँमा मिल स्थापना गरेर सञ्चालन गरेको हो ।
१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल, १५ बैशाख । अमृतलाल श्रेष्ठ तेल व्यवसायी हुन । लामो समयदेखि बुटवल बजारलाई केन्द्र विन्दु बनाएर उनले व्यवसाय गरिरहेका छन् । उमेरले नेटो काटी सक्दा पनि उनलाई व्यवसायको रसले छाडेको छैन । पुस्ता हस्तान्तरण गर्ने ठूलो धोको राखेका श्रेष्ठलाई छोरा यहि काम धानोस् भन्ने छ । तर के हुन्छ भन्ने अवस्था अझै बनिसकेको छैन ।

गुल्मीको वामीटक्सारमा जन्मिएका श्रेष्ठ २०२३ सालबाट पुरानो बुटवलमा (बटौली) बस्दै आएका हुन् । पहिलो व्यवसायको रूपमा कपडा पसल सञ्चालन गरेका उनी सफल हुन नसकेपछि तेल मिलको व्यवशाय शुरु गरेको बताउँछन् । उनी भन्छिन्, त्यसबेला यो बटौली बजारमा यति भिडभाड हुन्थ्यो कि बाटो हिँडनै गाह्रो । त्यति धेरै व्यापारी र पहाडबाट सामान बेच्न र किन्न आउनेको लाईन । अहिले सम्झदा नि सपना जस्तो लाग्छ । यी बाटा राती दिन कति बेला पनि खाली नै हुँदैन थियो । यहाँ भारतिय व्यापारीको दबदबा थियो । उनीहरूले त्यसबेला यति धेरै कमाएकी कुनै मुल्याकन नै छैन । त्यसबेला हामीले पनि कपडाको व्यवसाय त्यति राम्रो नभएपछि बहिनी जवाईको सहकार्यमा तेल मिल खोलेका हौ । पारी बाटोमा नै थियो पसल र मिल ।

त्यहाँ किन्न आउनेको संख्या बढी हुन्छ भन्ने अनुमानले हामीले बाटो छेउमा मिल शुरु गरेका थियांै । शुरुवात राम्रै थियो । तर २०३३ सालमा यहि नजिकै रहेको ठाडो खोलामा बाढी आउदा नोक्सानी व्यहोर्नु प¥यो । करिब १२ देखि १५ बोरा तोरी बाढीले बगायो । त्यस पछि हामीले अहिलेको ठाँउमा मिल स्थापना गरेर सञ्चालन गरेको हो । यहाँ आए पछि हामीले समयको मागसँगै गहुँ, मकै, दाल, बेसार लयागतका खाद्यान्न पनि मिस्ने मेसिन स्थापना गरेर मिल सन्चालनमा ल्याएका छांै ।

२०३१ सालमा पाल्पाकी बसन्ती श्रेष्ठसँग लगनगाठो बाँधेका अमृतका ४ छोरी र १ छोरा छन् । सबै छोरीहरू विहे भएर आफनो जिम्मेवारीमा रहेको बताउने उनले यहि मिल नै सन्तान हुर्काउने बढाउने, पढाउने र रहर पुरा गर्ने बलियो माध्यम भएको बताए । यसैबाट जोडेको सम्पतिमा अहिले पनि सबै रमाएको कारणले पनि मिल विना आफू अपुरो महसुस गर्छु उनले भने ।

विगत सम्झदै अमृत भन्छन्, त्यसबेला यहाँको चहल पहल भीड त अहिले सपना जस्तो लाग्छ । यति धेरै मान्छे थामेको ठाउँ हो यो साना साना टिनका छाना भएका घर, बाटा भरी बंगुर, कुखुरा । त्यस माथि किनमेलका लागि आउने पहाडका मानिस, बेच्न आउने भारतिय व्यापारी हुलका हुल । पहाडका मानिसले टिनभरी घिउ ल्याएर बेच्ने यहाँबाट नुन, तेल मसला कपडा किनेर जान्थे । यहाँ आउने मानिसहरू बाहुनको घरमा बास बसे ध्यू भात खाने गुरुङ्ग मगर, नेवारकोमा बास बसे मासु भात खाने दिने चलन थियो । सद्भावका हिसाव अत्यन्त सहयोगी समाज थियो त्यसबेला । सरसफाईमा कम ध्यान हुने भएकाले पनि गर्मी बढे पछि हैजा आउँछ भनेर हामी पनि पहाड जाने चलन थियो । अहिले लाग्छ सरसफाईकै कारणले रोग लाग्दो रहेछ । रोगका कारण अकालमा ज्यान गुमाउनेहरू पनि धेरै नै थिए ।

श्रेष्ठ भन्छिन्, त्यसबेला मैले १० हजार रुपियाँमा दुईवटा मिल किनेको थिएँ । अहिले त दुई लाख पर्छ त्यसको मुल्य । त्यसबेला सबै सस्तो थियो । मैले ४० रुपियाँ लिटर तेल बेचेको थिए । तोरी एक क्वीन्टलको २५ सय रुपियाँमा थियो । एक क्वीन्टल तोरीको ४५ /४६ लिटर तेल आउँदथ्यो। त्यसबेलामा पाईने तोरी अत्यत्न रसिलो हुने गर्दथ्यो । मानिसले आफनै घरमा उत्पादन भएको मल मात्रै प्रयोग गर्दथे तर अहिले समय फरक भएको छ । सोंचे जस्तो तोरी छैन । विभिन्न रासायनिक मल प्रयोग गरेर देख्दा राम्रो मात्रको तोरी आउँछ । त्यहि पनि कम मात्रामा तोरी किन्न पनि दौडधुपको अवस्था छ ।

त्यसबेला मिलले कस्तो तेल बेचेको छ भनेर चेक गर्न कर्मचारी आउने चलन थियो तौल घटबढ छ कि कस्तो छ भनेर मिलमा आएर तेल बोतलमा राखेर लैजाने गर्दथे । ६ महिना पछि त्यसको रिजल्ट दिने प्रचलन थियो । मेरो मिलको टोल १ नम्बर भनेर घोषणा भएको थियो यो कुरा २०४० साल तिरको हो । त्यसबेलामा हामीले सामान स्टक राख्न पाउदैन थिएम सरकारले घरमा छापा मार्ने चलन थियो । अनुगमनका लागि राजा आफै आउने प्रचलन थियो । राजा र प्रजा बीचमा प्रत्यक्ष भेट कुरा कानीको वातावरण थियो त्यसबेला । हामी पनि स्वास्थ्य तेल बेच्नु पर्छ भनेर काम गर्ने गर्दथ्यांै । एक पटक आएका ग्राहक नदोहोरिएको कमै थिए । त्यसबेला पहाड तिरका व्यापारीहरूले एक हजार लिटर देखि एकै पटकमा २५ सय लिटर सम्म तेल खरिद गरेर लैजान्थे । तेल पेल्न भन्दै कपिलबस्तुका विभिन्न ठाउँ रूपन्देहीका गाउँ गाउँबाट आउनेको संख्या खुब थियो । उनी हिँडेर आउने रात भरी तेल पेल्ने यहि बास बसेर विहानै तेल बोकेर जाने गर्दथिए । आजभोली कहाँ पाउनु त्यस्तो । ठाउँ ठाउँमा मिल छन् तर कच्चा पदार्थ तोरी कम छ । २५ सयको तोरी १२ हजार पुगेको छ ४० रुपियाँको एक लिटर तेल ३ सय पुगेको छ ।

तर करिब १० वर्ष अधिबाट बजारमा पोकाका तेलहरूले बजार पाउन थालेको हो । त्यो जहाँ लैजान पनि सजिलो जति जहाँ पनि पाउने यसले लामो समय रहन पाएन आजभोली फेरि मानिसहरू मिलमा नै पेलेको तेल खान थालेका छन् । पोका तेलबाट मानिसमा विभिन्न खालका रोगहरू लागेको अनुमान गर्दे मिलमा तेल किन्नेको संख्या फेरि क्रमशः बढेको छ । यो मेरो मात्र भनाई नभएर हरेक मिलहरूको भनाइ हो भन्छन श्रेष्ठ । तर पनि धेरै बिरामी भएका सुत्केरीलाई लगाउन साना बच्चालाई लगाउन भन्दै धेरै आउँछन् । à माया के सीउमेर ढल्कदै गरेका अमृतलाई छोराले यहि व्यवसाय धानोस र देश मै बसोस भन्ने छ । उनी यहि कुरा आफनो छोरा बारम्बार सुनाउने गरेको बताउँछन् । आफनै देशमा रमाउन सक्नु पनि ठुलो खुशी हो भन्छन् श्रेष्ठ त्यसैले मैले मेरो छोरा देशमै बसेर यहि व्यवसाय गरोस् भन्ने चहाना मन भरी छ उनको तर पनि समयले कता लैजान्छ सबै जिम्मा भगवानलाई छाडेका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np