ट्रेंडिंग:

>> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल

साना हतियारले बढाउँदै ठूला अपराध

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

खुल्ला सीमाको फाईदा उठाउँदै छिमेकी मुलुक भारतबाट सहजै आउने साना हतियार सिमावर्ती तराईका जिल्लामा प्रमुख सुरक्षा चुनौति बनेको छ । गृह मन्त्रालयले केही महिना अघि गरेको सुरक्षा सम्बन्धी आन्तरिक बैठकमा साना हतियार नेपालका लागि चुनौति वन्ने अवस्था देखिएको ‘ब्रिफिङ’ गरिएको थियो । नेपालका नागरिकहरूमा पनि साना हतियार मोह बढिरहेको छ । बेला बेलामा पक्राउ पर्ने यस्ता हतियारले नेपालको सुरक्षामा थ्रेट गरिरहेको छ । सुरक्षा चुनौतिका रुपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने नेपाल आफ्नै नागरिकवाट सुरक्षित नहुने विभिन्न घटनाक्रमले पुष्टी गरेको छ । गुल्मी प्रशासनले त्यही भएर नै घर घरमा रहेका हतियार अनिवार्यरुपमा प्रशासनमा दर्ता गर्न निर्देशन दिएको छ । निश्चितरुपमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको पहिलो र प्रमुख दायित्व हो । पछिल्लोसमय सरकारले शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबी गरे पनि मुलुकभित्र हुने आपराधिक घटना र पक्राउ परेका हात–हतियारका आधारमा तराई मधेश मात्र होइन समग्र मुलुककै शान्ति सुरक्षा सन्तोषजनक छैन भन्ने पुष्टी भैरहेको छ । एक हजार आठ किलोमिटर खुला सिमा रहेको भारत नेपाल सिमानामा चुस्त र दुरुस्त सुरक्षा प्रबन्धको पनि अभाव छ । तराईमा मात्र होइन राजधानीलगायत मुलुकका प्रायःभागमा हतियार र विस्फोटक पदार्थ पक्राउ पर्नुले मुलुक हतियार र विस्फोटक पदार्थले नै गाँजिएको पुष्टि हुन्छ । बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, कपिलवस्तु, बाँके लगायतका तराईका जिल्ला हतियार चुनौतिका रुपमा देखिएको प्रहरी र अनुसन्धानको रिपोर्ट छ । भर्खरै पक्राउ परेका हतियार र अभियुक्तको अनुपात मुलुकको सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिँदै आएको पुष्टि हुन्छ । हतियारकोे पहुँच मुलुकभरि नै बढ्दै आएको छ । हतियारको यो पहुँचले नागरिकमा त्रास बढ्नुका साथै अस्थिरता पनि बढाउन सक्छ । यसले अन्तर्राष्ट्रिय अपराधी र आतङ्कवादीलाई आकर्षित गर्न पनि सक्छ ।

कपिलवस्तुमा गत साता भारतीय नागरिकको हत्यामा यस्तै साना हतियारको प्रयोग भएको देखिएको छ । भारतमा हत्याका घटना गर्न नसके नेपाल आएर आपराधीक कृयाकलाप गर्ने गिरोह सल्बलाएको छ । यतिखेर गुण्डागर्दी, लुटपाट गर्ने, दुव्र्यसनीहरूको सहज पहुँचभित्र हतियार रहेको छ । यस्तै हतियारका बलमा चन्दा असुली, ग्याङ फाइट लगायतका काम हुँदै आएको देखिएको छ । सङ्क्रमणकालको व्यवस्थापन र शान्ति सुरक्षा काबुभन्दा बाहिर जानुको प्रमुख कारक यी हतियार नै होइनन् भन्ने मान्नु घातक हुनसक्छ । तसर्थ यो अवस्थामा हतियारले सङ्क्रमणकालमात्र होइन दीर्घकालिन शान्ति सुव्यवस्थामा प्रतिकूलता निम्त्याउने हुँदा हतियार भित्रिने स्रोत पत्ता लगाई पूर्णरुपले निषेध गरिनुपर्छ । अर्कोतर्फ भित्रिइसकेका हतियारलाई प्रकृयासंगत बैध वनाउनु जरुरी छ । होइन भने मुलुकका लागि अवैध साना हतियार जहिले र जतिवेला पनि सुरक्षा चुनौति हुनेछन । भारतसंग सिमा जोडिएका तराईका जिल्ला त्यसै त आपराधिक गतिविधिमा चर्चित छन । छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार कपिलवस्तुमा आपराधिक मनोबृत्ति भएकाहरूले राख्ने र पैसाकै लागि अपराधका घटनासम्म गर्न पछि नपर्ने देखिएको छ । सुरक्षा चुनौतिका रुपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने यो नेपालका लागि सदैव चुनौति बनिरहने भएकोले नेपाल सरकारमात्रै होइन स्थानीय प्रशासनको पनि गंभीर ध्यानाकर्षण जरुरी छ । तसर्थ यो अवस्थामा हतियारले दीर्घकालिन शान्ति सुव्यवस्थामा प्रतिकूलता निम्त्याउने हुँदा हतियार भित्रिने स्रोत पत्ता लगाई पूर्णरुपले निषेध गरिनुपर्छ । अर्कोतर्फ भित्रिइसकेका हतियारलाई प्रकृयासंगत बैध वनाउनु जरुरी छ । होइन भने मुलुकका लागि अवैध साना हतियार जहिले र जतिवेला पनि सुरक्षा चुनौति हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np